शुक्रबार, वैशाख १४, २०८१

शर्माको खण्डन

नेपालप्लस२०७७ असोज १६ गते १५:४३

गत भदौ २८ गते नेपालप्लसमा प्रकाशित “विध्यार्थी बिचल्ली बनाउने डन अब अवैतनिक वाणिज्यदूत” शिर्षकको समाचार पूर्णत: निराधार रहेको र चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित छ । समाचारमा डन शब्दको प्रयग गरिनु आँफैमा पूर्वाग्रही हो । अष्ट्रेलिया जस्तो मुलुकमा कुनै पनि नक्कली संस्था खडा गरेर भिषा प्राप्त गर्न सम्भव छैन । त्यसैले विद्यार्थी ठग्यो भन्नु सरासर कपोलकल्पित हो । र हामीले अष्ट्रेलियामा शैक्षिक भेला गरेर कुनै पनि मन्त्रीलाई बोलाएका छैनौं ।

यसका साथै हामीले नेपाल र अष्ट्रेलियामा गरेका बिभिन्न सामाजिक कामहरुको फेहरिस्त पनि यहाँले हेर्न सक्नु हुने छ । म अष्ट्रेलियाको कानुन अनुसार आप्नो पेशा गर्दै आएको छु । यस्तोमा मेरो नाम जोडेर आएको उक्त समाचारको म खण्डन गर्दछु ।
सन्जिव शर्मा
एक्स्पर्ट फाउण्डेसन, सिड्नी

(हामी हाम्रो रिपोर्ट सत्यतथ्य भएकोमा अडिग छौं- नेपालप्लस)

तपाइँको प्रतिक्रिया

फेसबुक