शुक्रबार, कार्तिक १४, २०७७

डा. केसी प्रकरण : प्रचण्ड-ओली प्रदेशको लडाइमा, देउवा लाज छोप्दै हैरान

थानेश्वर सापकोटा२०७७ असोज १९ गते १६:४८

साँच्चै भन्ने हो भने राजनीति भन्दा निर्लज्ज र निच कुरा दुनियाँमा अर्को केहि नहुने रहेछ ! जबकि शास्त्रहरुमा नीतिमध्येकै उचो र गरिमामय भनेर ‘राजनीति’लाई व्याख्या गरिएको छ । या शास्त्र गलत छन् या अहिले नेपालको राजानिती झनै निर्लज्ज हुँदै गइरहेको छ । ‘जनताद्वारा जनताका लागि’ पहरेदार भनिएका खड्ग प्रसाद ओली, पुष्पकमल दाहाल र शेर बहादुर देउवाहरु आफ्नो नग्नता छोप्न देश चिथोरिरहेका छन ।

कुरा सुरु गरौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सभापति एवं भुतपूर्व प्रधानमन्त्री देउवाको ‘फ्रेस’ अपील रहेछ डा. “गोबिन्द केसीका मागमा देशले ऐक्यबद्धता जनाएको छ, पूरा गर्नुस् । चिकित्सा शिक्षामा सुधारदेखि कोरोना बिरुद्ध प्रभावकारी कदम उठाउनुपर्ने लगायतका उहाँका मागहरु केवल एक ब्यक्तिका मात्र होइनन, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिङ्गो देशले भावनात्मक ऐक्यबद्धता जनाएका मागहरु हुन ।

जनताद्वारा जनताका लागि’ पहरेदार भनिएका खड्ग प्रसाद ओली, पुष्पकमल दाहाल र शेर बहादुर देउवाहरु आफ्नो नग्नता छोप्न देश चिथोरीरहेका छन ।

जनभावना अनुरुपका माग र आवाजको सुनुवाइ गर्नु सरकारको कर्तब्य हो”- देउवा आफ्नो अपीलमा गर्जिएका छन् । कुरो सोह्रै आना सहि हो । जनआवाजमा राज्यको सुनुवाई हुनै पर्दछ । तर लाजको गंगा यहिँबाट बग्न शुरु गर्दछ । नेपालको राज्यसत्तामा २०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा बढि सत्ताधारी बन्न आएको नेपाली कांग्रेसकै पालामा सबैभन्दा बढि ‘धोकाधडी’ राजनीति सुरु भएको रहेछ । डा. गोबिन्द केसीका मागमा भन्नुहोस् वा शिक्षा जगत, चिकित्सा क्षेत्र, शिक्षक र चिकित्सकका हकमा— सबैभन्दा बढि माग पुरा गरिदिने बाचा गरेकै कांग्रेसले रहेछ ।

डा. केसीका हकमा संयोग के छ भने केसीले बसेका पछिल्ला १८ अनसनमध्ये ७ वटामा नेपाली कांग्रेसकै सरकार थियो । केसीको ५, ६, ७ नम्बरका अनसनमा शुशिल कोइराला प्रधानमन्त्री थिए भने ११, १२, १३ र १४ नम्बरका अनसनमा शेरबहादुर देउवा स्वयं प्रधानमन्त्री थिए । तर, ‘चुच्चे ढुङ्गो उहि टुंगो’ भने झैं केसीको माग र उनको आवाज त जहींका तहीं छ । देशको स्वास्थ्य शिक्षालाई माफियाबाट मुक्त गराउन र धामी बसालेर रोग निको गराउन खोज्ने ति कमजोर जनतासम्म राज्यको स्वास्थ्य सेवा पुर्याउन २२ दिन देखि अनशनरत डा. केसी को आफ्नै स्वास्थ्य खतरामा छ- माग उनै छन् । तर सुनुवाई गर्ने निकाएको ओली सरकार कुन प्रदेशको राजाधानी कहाँँ राख्ने भन्ने लडाईँमा छ, प्रतिपक्षले कुर्सी भाँचेका छन् । गणतन्त्रका उखर्माउला दिन सुरु भएको देखिएको छ । देउवाको अपील डा. केसीका मागमा समर्थन जनाउन र उनको प्राण रक्षा भन्दा पनि देउवाको दाउ आफ्नो लाज छोप्ने प्रकृयामा उद्दत छ । लाज कसरी छोप्ला र यो इत्रुको अपिलले । यदि उनी स्वयं प्रधानमन्त्री भएका बेला ‘मेडिकल माफियाको’ प्रभावमा नपरेर जनता र देशका पक्षमा उभिन सकेको भए आज आफ्नै लाज छोप्न हम्मे हुने थिएन ।

डा. केसीका हकमा संयोग के छ भने केसीले बसेका पछिल्ला १८ अनसनमध्ये ७ वटामा नेपाली कांग्रेसकै सरकार थियो । केसीको ५, ६, ७ नम्बरका अनसनमा शुशिल कोइराला प्रधानमन्त्री थिए भने ११, १२, १३ र १४ नम्बरका अनसनमा शेरबहादुर देउवा स्वयं प्रधानमन्त्री थिए ।

नेपाली समाज र सामाजिक परिपाटी एक प्रकारले जडसूत्रवादि बनिसकेको छ । आसेपासे गुट र नारामैं रमाइरहने स्वभावमा नेपाली समाज यति अभ्यस्त बनेको छ कि डा. केसी एकजना देखावटी माध्यम मात्रै हुन्, अरुअरु दर्जनौं मुद्धा र सरोकारमा नेपाली समाजका अगुवा भनाउँदाहरु सोचेभन्दा बढि ‘पछुवा’ बनिसकेका छन् ।

२०७४ असोजको पहिलो साता केसी उनै मागका लागि पुन: अनसनका क्रममा थिए । त्यो अनसन टुंग्याउन ओली सरकारकै तर्फबाट सहमती बुँदामा हस्ताक्षर भएको थियो, जहाँ भनिएको छ—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन शुरु गर्नेगरि बजेट तथा अन्य व्यवस्था गरियोस् । कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शिघ्र अघि बढाइयोस् । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–इलाम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

र, अहिले १९ औं चरणको सत्याग्रहमा आइपुग्दा पनि केसी मागको पहिलो बुँदामा यहि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान नै छ । यसकारण पनि यो समाज, राज्यसंयन्त्र र सत्तालाई ‘जडसूत्रबादी’ भन्न मिल्ने देखिन्छ । बोल्नका लागि र भन्नका लागि जे भनिदिए पनि हुन्छ । सामुमा बस्ने १२-१५ जना आसेपासे र हरुवाचरुवाका खातिर जे बोलिदिए पनि हुन्छ । ताली र वाहवाही आइहाल्छ ।

जस्तो— नेपालसम्म जोडिने पानी जहाजकै कुरा गरौं । नेपालमा पूर्व–पश्चिम वा उत्तर–दक्षिण चल्ने रेल्वेकै कुरा गररौं। अथवा, घरघरमा पाइपलाइनको स्विच खिटिक्क अन गर्दा ग्याँस हुर्हुर्ती बल्न थाल्ने कुरै गरौं । समस्या यहि भैदियो कि सहि अर्थमा गान्धीबादी शैली र केवल अरुकै लागि लड्ने र आवाज उठाइरहने गोबिन्द केसीजस्ता पात्रको यहाँ कुनै अर्थ रहेन, कुनै तुक भेटिएन ।

सबैले सुन्ने र बुझ्ने यथार्थ के हो भने एकिकरणपछि पनि एक हुन नसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेलका लागि बालुवाटारको जग्गा (कब्जा) प्रकरण काफी छ । अर्का प्रभाव, पहुँच र दादागिरीमा रहेका नेता राजेन्द्र पाण्डेका लागि मनमोहन अस्पतालको नामैं काफी छ । स्वयम नेकपाका दुइ अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीका लागि दुर्गाप्रसाद प्रसाई (मार्सी प्रसाई) कै नाम काफी छ । प्रसाइको झापा, बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजकै कारण पनि डा. केसीको सत्याग्रह यहाँसम्म तन्किएको हो भन्ने के ओली र दाहाललाई थाहा नहोला र ?

भनाइ छ— थाहा नहुनु अर्कै कुरा हो । तर, थाहा भएरै पनि थाहा नपाएजस्तो गर्नु मुर्खताको पराकाष्ठा हो । नेपाली समाज, राजनीति र वर्गिय घेरालाई ‘मुर्ख’ बनाएँ भन्ठानेर क्रमश आफैं मुर्ख बनिरहनेमा बूढो पुस्ताका देउवा, ओली, दाहाल, कोइराला र आफूलाई पछिल्लो पुस्ता भन्नेमा गगन थापा, घनश्याम भुसालहरु समेत स्वयं ‘महामुर्ख’ बनिने क्रममा छन् ।

यसरी सहि अर्थमा जनताद्धारा र जनताकै लागि बोल्ने, उभिने र ज्यानको पर्वाहै नगरी सत्याग्रहमा बस्ने सत्पात्र नेपाल–नेपाली समाजमा को होला ? केही मात्रामा भएपनि किसुनजी (कृष्णप्रसाद भट्टराई) थिए जो सुराही र ट्यांकाको प्रतिकात्मक जीवन लिएरै बाँचे र, मरे पनि । उनी पनि खानपिन र केही स्त्रीय प्रसङ्गमा उनिएकै थिए । तर गोबिन्द केसी ? यी पात्र अनुपम छन्, कहींकतै खोट देखिँदैन । भेटिदैंन ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेलका लागि बालुवाटारको जग्गा (कब्जा) प्रकरण काफी छ । अर्का प्रभाव, पहुँच र दादागिरीमा रहेका नेता राजेन्द्र पाण्डेका लागि मनमोहन अस्पतालको नामैं काफी छ । स्वयम नेकपाका दुइ अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीका लागि दुर्गाप्रसाद प्रसाई (मार्सी प्रसाई) कै नाम काफी छ । प्रसाइको झापा, बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजकै कारण पनि डा. केसीको सत्याग्रह यहाँसम्म तन्किएको हो भन्ने के ओली र दाहाललाई थाहा नहोला र ?

केसीजस्ता सन्त पुरुषलाई यो हदको दुःख दिने देउवा, ओली, दाहाल र कोइराला प्रवृत्तिबारेमा महाभारतको बिदूर–नितीमा भनिएको छ—‘जो आफू निरन्तर गल्ती गरिरहेर पनि केवल अरुलाई दोष दिन्छ, अनि जो आफैंमा असमर्थ छ तैपनि अरुसँग रिसाइरहन्छ— त्यो महामुर्ख शिवाय अरु केही हुनै सक्दैन ।’

यो घडी एउटै संवेदनशिल प्रश्न र जिज्ञासा सामुमा जोडिएर आएको छ । त्यो हो— सत्याग्रह बसिरहेकै बेलामा  डा.केसीको इहलिला टुंगिएमा के होला ? के यो आवाज दबिएर जाला ? कि टर्कीस मानव अधिकार अभियन्ता ४२ बर्षिया इब्रु टिम्टिकले गत अगष्ट २७ मा टर्कीको अंकारामा २३८ दिनको सत्याग्रहपछि ज्यान गुमाएजस्तै अर्को एउटा ‘रेकर्ड’ मात्रै स्थापित हुने हो ?

यो ‘सरोकार’ जति सामान्य देखिन्छ, त्योभन्दा धेरै गम्भिर पनि छ । आज गोबिन्द केसीले ज्यान गुमाएर यो आवाज आजका लागि बन्द होला । तर यसको हिसाब जन्म–आजन्म मागिनेछ— देउवा, ओली, दाहाल र कोइरालासँग । फैज अहमद फैजको कविताजस्तै— ‘हम देखेंगे’ !

तपाइँको प्रतिक्रिया

फेसबुक