बिहीबार, वैशाख ६, २०८१

स्वास्थ्य क्षेत्रको नोवेल पुरस्कार ‘हेपाटाईटिस सि’ का तिन आविष्कारकलाई

नेपालप्लस२०७७ असोज १९ गते १८:१६

यस वर्षको स्वास्थ्य क्षेत्रको नोबेल पुरस्कार तीन वैज्ञानिकहरूलाई दिइने भएको छ । हेपेटाइटिस सि बिरूद्ध लड्न निर्णायक योगदान गरेकाले तिनलाई दिएको नोबेल प्राईज कमिटीले प्रेस बिज्ञप्तीमार्फत आज सार्वजनिक गरेको हो । हर्वे जेम्स अल्टेर , माइकल हौटन र चार्ल्स एम राइसले रगतमा हुने हेपाटाइटिस सिको गम्भिर खोजहरू गरि हेपाटाइटिस सी नयाँ भाइरसको पहिचान भएको उल्लेख छ ।

हेपाटाईटिस सि विश्वव्यापी स्वास्थ्य समस्या हो जसले विश्वभरिका मानिसमा सिरोसिस र कलेजोको क्यान्सर निम्त्याउँछ ।

उनीहरूले काम गर्नुअघि हेपाटाइटिस ए र बी भाइरसको खोजमापनि महत्वपूर्ण कदमहरू भएको थियो । तर रक्तवाहित हेपेटाइटिसका धेरैजसो घटनाहरू पत्ता लागेको थिएन । हेपेटाइटिस सी भाइरसको खोजले पुरानो हेपाटाईटिसको बाँकी अध्ययनहरूको कारण पत्ता लगायो । त्यसले रक्त परीक्षण र नयाँ औषधीहरू बनायो जसलेगर्दा लाखौंको ज्यान बचाउन सफल भयो ।

नोबेल पुरस्कार विजेताहरूको हेपाटाइटिस सी भाइरसको खोजीले भाइरल रोगहरूको बिरूद्ध चलिरहेको लडाईमा महत्वपूर्ण उपलब्धि हाँसिल गर्‍यो । उनीहरूको आविष्कारका लागि सम्मान स्वरुप यो नोबेल पुरस्कार दिइएको हो । उनीहरुकै खोजिले गर्दा भाइरसको लागि अत्यधिक संवेदनशील रक्त परिक्षणहरू हाल उपलब्ध भएको बिज्ञप्तीमा उल्लेख छ । यसले विश्वको धेरै भागहरूमा पोस्ट-ट्रान्सफ्यूजन हेपाटाइटिसलाई अनिवार्य रूपमा हटाएको छ । त्यसैले गर्दा विश्वव्यापी स्वास्थ्यमा ठूलो सुधार ल्याएको छ ।

तिनीहरूको खोजले हेपाटाइटिस सिमा निर्देशित एन्टिवाइरल औषधिहरूको द्रुत विकासलाई पनि अनुमति दियो । इतिहासमा पहिलोपटक यो रोग निको पार्न सकिन्छ भन्ने प्रमाणित गरिदियो । विश्वको जनसंख्याबाट हेपेटाइटिस सी भाइरसको उन्मूलनको आशा जगाइरहेको छ । यो लक्ष्य प्राप्त गर्न रगत परीक्षण र विश्वव्यापी एन्टिवाइरल औषधिहरू उपलब्ध गराउन सहयोग पुर्‍याउने अन्तर्राष्ट्रिय प्रयासहरूको उत्तिकै आवश्यक पर्दछ ।

८५ वर्षिय हर्वे जेम्स अल्टेर अमेरिकी मेडिकल शोधकर्ता हुन् । उनी हाल अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ, बेथेस्दामा आबद्द छन् ।

माईकल हौटन बेलायती बैज्ञानिक हुन् । तर उनी हाल क्यानडाको युनिभर्सिटी अफ अल्बेर्टासित आबद्द छन् ।

त्यस्तै, चार्ल्स एम राईस अमेरिकी विषाणुविज्ञ हुन् जसको अनुसन्धानको मुख्य क्षेत्र हेपेटाइटिस सी भाइरस हो । न्युयोर्कको रकफेलर युनिभर्सिटीसित उनको आबद्दता छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक