बिहीबार, वैशाख ६, २०८१

रुपन्देहीका २ हजार ३ सय नेकपा सम्बद्ध व्यवसायीहरुले राजीनामा गरे

नेपाल प्लस२०७७ असोज २० गते १०:३५

तस्वीरः बुटवल टुडे

बुटवल । बुटवलबाट प्रदेश नम्बर ५ को राजधानी जबरजस्ती दाङ सार्न लागिएको विषयमा विरोध गरिरहेका दुई हजार तीन सय नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरुले पत्रकार सम्मेलन गरेर पार्टीबाट राजीनामा गरेको घोषणा गरेका छन् ।

राजीनामा दिनेहरुमा पार्टीको केन्द्रीय विभागमा रहेका र लुम्बिनीकै पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेलेका कार्यकर्ताहरु छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष र सरकारले नै ह्विप जारी गरेर राजधानी अन्यत्र सारेर पार्टीलाई योगदान दिएका हामी व्यवसायीहरुको अपमान गरेकोले राजीनामा दिएको बताए । नेपाल उद्योग परिसँघका प्रदेश संयोजक एजाज आलमले भने, हामीले भौतिक संरचना नै दिएर सघायौँ ।

अहिले हामीलाई धोका दिइयो । म यो विधेयक फिर्ता लिन आग्रह गर्दछु । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराको भनाइ थियो, रुपन्देहीका माननीयहरुलाई मत राख्नै नदिने कस्तो निरंकुशता हो ? निरंकुशता मानेर अब यो पार्टीमा बस्नुको औचित्य छैन ।

तपाइँको प्रतिक्रिया