शुक्रबार, वैशाख १४, २०८१

पेरिसको शताब्दियौं पुरानो ‘बुक्विनिट्स’ संस्कृती ध्वस्त हुने खतरामा

नेपालप्लस२०७७ असोज २१ गते १४:३७

पेरिसलाई विश्वको सुन्दर शहर बनाउनुमा किताबहरुकोपनि उत्तिकै भूमिका छ । शताब्दियौं पुराना किताब खोज्ने, संग्रह गर्ने, तिनलाई बिक्रि गर्ने र पाठकमा पढ्ने बानी बसालिदिने यो ‘बुक्विनिट्स’ संस्कृती अहिले धराशायी हुन लागेको छ । पेरिस शहरको भित्रभित्रै भएर बग्ने सेन नदी किनारमा यस्ता पुराना पुस्तकका सयौं पसल थिए । कोरोना भाईरसको संक्रमणपछि अहिले यि किताब पसलहरु बन्द छन् । फाट्ट फुट्ट खुलेकामापनि पढैया पुग्दैनन् । पुराना पुस्तकको संग्रह गर्नेहरुको संख्यापनि छैन ।

कोरोनाको संक्रमण अघिको अवस्था बेग्लै थियो । विश्वभरिबाट पुराना किताब पढ्ने, संग्रह गर्ने र फ्रान्स लगायत युरोपकै पुरानो ईतिहाँस, संक्रिति र भूगोल बुझ्न रुचाउनेहरुको यो नदी किनारका किताब पसलहरुमा बाक्लो भिड लाग्थ्यो । तर कोरोनाको संक्रमणले पर्यटन उध्योगलाई धराशी पारिदिएपछि यि पुस्तकहरुको भविष्यपनि धराशायी बनेको छ ।

पेरिसको यो किताब पसलहरु शताब्दीयौं पुरानो परम्पराको हिस्सा बनेर बसिरहे । फ्रान्सेली राजधानीको चिनारी पनि हो यो । तर पेरिसको ऐतिहासिक नदी किनारे पुस्तक विक्रेताहरू जसलाई ‘बुक्विनिट्स’ भनेर चिनिन्छन् तिनको वर्तमाननै धराशायी हुन लागेको छ । पर्यटनमा निर्भर रहेका अन्य धेरै व्यवसायहरू जस्तै कोरोना भाईरसले उनीहरूको आम्दानीमा विनाशकारी रुप लिइसकेको छ ।

यो किनारमा कूल २२७ बुक्विनिट्स छन् जसले पढिसकिएका पुराना पुस्तकहरू बेच्छन् । तिनले कहिलेकाहीँ स्मृति कार्ड (सुभेनियर, पोष्ट कार्ड), उपहारहरुलाई बिक्रिकै लागि सेन नदीको किनारमा लाइन लगाएर सजाउँछन् । तिनको किताब राख्ने हरियो बाक्सा अर्को पहिचान हो । परिचित हरियो बाक्सहरू १९ औं शताब्दीमा स्थापना गरिएको थियो ।

तर पेरिस बुक्विनिट्सको सांस्कृतिक संघका अध्यक्ष रहेका पुस्तक विक्रेता जेरोम कालाइसका अनुसार तिनीहरूको आम्दानीको दुई तिहाई पैसा विदेशबाट वा फ्रान्सको अन्यत्रबाट आएका पर्यटकहरूबाट आउँछ ।

महामारीको बिचमा पर्यटक संख्या डुब्ने क्रममा धेरै बुक्विनिट्सहरू अन्त्यतिर लागिरहेका छन् । तिनले टिक्नकालागि संघर्ष भने गरिरहेका छन् ।

“व्यवसायमा बिल्कुल नकरात्मक असर परेको छ । तीनको आय पहिलेनै सामान्य थियो” उनले रोयटर्ससित भने “हाम्रो आम्दानी अगस्टको मध्यबाट साँच्चै पतन भयो । मैले आज १६ यूरोमा एउटा पुस्तक बिक्री गरें, मेरोलागि आजको दिन गज्जबको बन्यो ।”

“तर थुप्रै छन् जसले सोमवारदेखि शुक्रवारसम्मापनि त्यति पैसाको किताब बेच्दैनन् । त्यसैले यहाँका किताब राख्ने बाक्सा धेरैनै खालि छन् । यो सबै समाप्त भएपछि कसले आएर यि बाक्साहरु खोल्ला र ? ‘ उनले थपे । पर्यटन ब्यवशायमा पूर्णरुपमा निर्भर रहेपनि बुकिनिस्टहरु सरकारी सहयोगको दर्जमा पर्दैनन् । यसलेपनि यो संक्रिति टिक्न मुस्किल देखिएको हो ।

“हामी अन्य छिमेकीका पुस्तक पसले जस्ता होइनौं । हामी बाक्समा किताब बेच्ने बिक्रेता हौं । हामीले पर्यटकिय ब्यवशायलाई जिवन्त राख्न, देश र संक्रिति चिनाउन महत्वपूर्ण भूमिका खेल्यौं । हामी नोर्थदाम गिर्जाघर, मोँमार्त, लुभ्र संग्रालय जस्तै हौं । तैपनि हाम्रो यो योगदान हेरेर सरकारले सहयोग दिएको छैन ” कालाईसले सुनाए ।

तपाइँको प्रतिक्रिया