शुक्रबार, चैत १६, २०८०

फ्रान्समा २४ घण्टामा १९ हजार कोरोनाका विरामी, अस्पतालले धान्नै नसक्ने चेतावनी

नेपालप्लस२०७७ असोज २४ गते १:२०

फ्रान्समा कोरोना संक्रमितको संख्या अहिलेकै अनुपातमा ब्रिद्दि हुँदै गए केहि सातामै अस्पतालले धान्न नसक्ने चेतावनी चिकित्शकहरुले दिएका छन् ।

कोरोना संक्रमण फैलिएयता फ्रान्समा सबैभन्दा बढि संक्रमित देखिएपछि यस्तो चेतावनी आएको हो । गएको २४ घण्टाभित्रमा फ्रान्समा १९ हजार कोरोना संक्रमितको सूची सार्वजनिक भएको छ । विहिवार सार्वजनिक तथ्यांक अनुसार १८ हजार सात सय ४६ जना कोरोना संक्रमित भएका छन् । अघिल्लो हप्ताभन्दा यो दोब्बर हो ।

शुरुमा कोरोना भाईरसबाट म्रित्यु हुनेको संख्या फ्रान्समा ८० थियो । त्यसपछि ३२ हजार चार सय ४५ पुग्यो । अहिले संक्रमितको संख्या छ लाख ५३ हजार पाँच सय नौ पुगेको छ । यो संख्या रातारात बढ्दो छ ।

त्यसपछि राष्ट्रपती एमानुयल माख्रोंले यसको रोकथामकालागि नयाँ नियमहरुको घोषणा गरेका छन् । कोरोना संक्रमण तिब्र रुपमा फैलिएपछि फ्रान्सको लिल, सँ एतियन, ग्रनोब्ल लगायतका चार शहरमा रेड जोन घोषणा गरिएको छ । त्यहाँ रोकथामका कडा नियम लागू गर्दै बार र रेस्टुरेन्टहरु बन्द गरिएको छ ।

फ्रान्सका टेलिभिजनहरुले अहिलेनै फ्रान्सका अस्पतालहरुको बेड क्षमतामा कोरोना बिरामीको संख्या ४० प्रतिशत पुगिसकेको उल्लेख गरेका छन् । यहि अनुपातमा कोरोनाका विरामीको संख्या बढ्दै गए केहि सातामै अस्पतालले धान्न नसक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।

पेरिस शहरसित सिमा जोडिएका तिन साना शहरलाई उच्च सतर्कता क्षेत्रका रुपमा सूचीक्रित गरिएको छ । त्यहाँ कफी र बारहरु दुई हप्ताकालागि बन्द गर्न भनिएको छ । तर रेस्टुरेन्टहरु भने खुलै छन् ।

विहिवार फ्रान्सेली स्वास्थ्यमन्त्री ओलिभिय भेरँ र अर्थमन्त्री ब्रुनो ल मेयरले कोरोना भाईरस नियन्त्रणकालागि नयाँ नियमहरु सार्वजनिक गरेका छन् । साना ब्यापारीहरुलाई संरक्षण गर्न ५० जनासम्म कर्मचारी रहेका ब्यापारिक संस्थालाई आर्थिक सहयोग दिने घोषणा गरेका छन् । साना ब्यापारीहरुलाइ टिकाउन घर भाडामा छुट दिने घोषणापनि गरेका छन् । साथै कर्मचारेहरुको जागिर जोगाउन केहि आर्थिक सहयोगको घोषणापनि छ ।

त्यहबाहेक सार्वजनिक रुपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, रेस्टुरेन्टहरुमा पन्जा र जेलको प्रयोग अनिवार्य गर्ने र त्यसको अनादार गरिएमा जरिवाना तिराउने लगायतको घोषणा गरेका छन् ।

मेडियाहरुले अहिलेनै अवस्थामा कोरोनाका विरामीहरुको संख्या बढ्दै गए केहि साताबाट फ्रान्सका अस्पतालले धान्न नसक्ने चेतावनी चिकित्सकहरुले दिएको उल्लेख गरेका छन् । यसको लगत्तै स्वास्थ्य मन्त्री भेरँले अति आपतकालिन बाहेक अन्य विरामीको शल्यक्रिया मिति रद्द गर्ने, सार्ने र हालकालागि कोरोना संक्रमित विरामीको लागि ति बेडहरु खाली राख्न निर्देशन दिएका हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक