शनिबार, वैशाख ८, २०८१

ईतिहासकै सबैभन्दा विरामी प्रम ओली, केसीले कहिल्यै अनशन गर्न नपर्ने सुनिस्चितता गर्ने कि नगर्ने ?

नेपालप्लस संवाददाता२०७७ असोज २५ गते १:४५

काठमाडौ- स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २७ दिन देखि अनशनर डा. गोविन्द केसीको अनशन आइतबार रातिदेखि टुंगिएको छ । डा. केसी र शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीबिच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएपछि अनशन टुङ्गिएको जनाइएको छ । शिक्षण अस्पताल महाराजगन्जमा भएको द्विपक्षिय सहमतिपछि यो जानकारी सार्वजनिक भएको हो । केसीको यो १९ औं अनशन हो । उनको यस्तै अनशन तीन साता अघि जुम्लाबाट शुरु भएको थियो ।

सरकारले अपहरण शैलीमा उनलाई काठमाणडौं ल्याएपछि उनले महाराजगन्ज अस्पतालमा अनशनलाई निरन्तर दिएका थिए । तर तीन हप्ता बितिसक्दा पनि सरकार केसीका माग पुरा गर्न अग्रसर भएको थिएन । केसीकै मागलाई लिएर डाक्टरहरुको हड्ताल र ब्यापक जनदवाबपछि सरकारको तर्फबाट वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव मैनालीलाइ तोकिएको थियो । यदि आज सहमति भएका ८ वटै बुँदामा सरकारले ईमान्दारिता देखायो भने नेपालका स्वास्थ्य समस्या धेरै हदसम्म सुल्झिने छन् ।

२०६९ असार २१ मा स्वास्थ्य क्षेत्रको सुधार र आम नागरिकको स्वास्थ्यमा पहुँच लगायतका माग राखेर उनी पहिलो पटक अनशन बसेका थिए । त्यस यता ८ बर्षको अवधिमा उनी १९ पटकसम्म भोकै सुतेका छन् । हरेक अनशन पछि सरकारले उनका माग पुरा गर्ने प्रतिबद्धता जनाएको छ । केसीले आफ्नो पहिलो अनशनमा राखेका माग र अहिलेका मागमा कोभिड–१९ को उचित व्यवस्थापनका लागि पिसिआर परिक्षण बिस्तार गर्नुका साथै कोभिड तथा अन्य रोगको उपचारका लागि आवश्यकता अनुसार सरकारी अस्पतालको क्षमता विस्तार गर्ने माग बाहेक सबै पुराना छन् । पहिलो अनशनका बेला पहिलो नम्बरमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग अहिले पनि उहि छ । जबकी सरकारले १८ पटकसम्म प्रतिबद्धता जनाएर पनि पुरा गरेको छैन ।

 

डाक्टर केसीको पहिलो र दोस्रो अनशनमा बाबुृराम भट्टराई प्रधानमन्त्री थिए । ३ र ४ नम्बरका अनसनमा मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी कार्यकारी । संयोग के छ भने पछिल्ला १८ अनशनमध्ये ७ वटामा नेपाली कांग्रेसकै सरकार थियो । केसीको ५, ६, ७ नम्बरका अनसनमा शुशिल कोइराला प्रधानमन्त्री थिए भने ११, १२, १३ र १४ नम्बरका अनशनमा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । बिगतमा ८ नम्बरको अनशनमा पनि बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली साक्षी थिए भने पछिल्ला १५, १६, १७, १८ र अहिले १९ चरणको अनशनमा पनि केपी ओली नै छन् ।

अनशनको बिगत र मागका बुँदामा कहिल्यै पनि तात्विक भिन्नता रहेको छैन । प्रधानमन्त्री केपी ओलीले शेर बहादुर देउवा, सुशिल कोइराला र खिलराज रेग्मीको तुलनामा डा. केसीको अनशन बढि ‘फेस’ गरेका छन । र यिनै प्रमका पालामा ६ पटकसम्म सहमति पनि भएको छ । तर कहिल्यै पनि सरकारले सहमति पालना गरेको छैन ।

यसपालीको सहमति पनि कार्यान्वयन हुने कुरामा धेरैलाई द्विबिधा छ । नेपालकै ईतिहासमा सबैभन्दा रोगी प्रधानमन्त्री रुपमा चिनिएका केपी ओली हुन् । गतिलो उपचार नपाउनु र सहज उपचार नहुनुको पिडा ओलीलाई जत्तिको अरुलाई कमै थाहा होला । त्यसैले केसीको ८ नम्बरको अनशनमा आफूले बुझे र भोगेको पिडाबाट आम नागरिकलाई जोगाउने ठूलो अवशर थियो ओलीसँग ।

तर ६-६ पटक सम्म सहमति गरेर कार्यन्वयन नगर्नु बहुलट्ठीपन मात्र होइन आम मानिसप्रति गरिएको खतरानाक गद्दारी थियो । तथापी प्रधानमन्त्री ओलीले आफूलाई सदियौंसम्म जिउँदो राख्ने अवशर फेरि पाएका छन् । यसको सदुपयोग यसपाली पक्कै गर्ने छन् । आशा गरौं, प्रधानमन्त्री ओली आफ्नो उमेरको उत्तरार्धमा ‘मेडिकल’ माफियाको जालोबाट बाहिर आउने छन् । सबैले देख्नेगरि इमान्दार प्रधानमन्त्री हुने छन् । अब कहिल्यै पनि डा. गोविन्द केसीले अनशन बस्न नपरोस् ।

तपाइँको प्रतिक्रिया

फेसबुक