सोमबार, कार्तिक १०, २०७७

चितवनमा थिङ काँइलाको आतंक

अच्युतकृष्ण खरेल२०७७ असोज २५ गते १६:३७

                   पूर्व प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेल

२०२९ सालमा जिल्ला प्रहरी प्रमुखको हैसियतमा मेरो चितवन सरुवा भयो । त्यो बेला म प्रहरी निरिक्षक थिएँ । जिल्ला प्रहरी प्रमुखमा निरिक्षक रहने चलन थियो । म चितवन सरुवा हुनुभन्दा पहिले नै राष्ट्रिय निकुन्जको अवधारणा सुरु भइसकेको थियो । राष्ट्रिय निकुन्ज र वनको कुरा तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र सरकारले हेरिबक्सिन्थ्यो । कानुनमा जे भए पनि निकुन्जको रेखदेख सरकारबाटै हुन्थ्यो । त्यो किनपनि भने दूर्लभ वन्यजन्तु र अग्राख जस्ता काठको चोरी शिकारी बढिरहेको थियो । कस्तोसम्म थियो भने ‘बघिनीको दुध खायो भने त्यो दुध खाने मानिसको हिम्मत र आँट बढ्छ’ भन्थे । बघिनीको दुध जहाँँ पायो त्यहिँ पाइने कुरा थिएन । मलाई याद छ- बघिनीको दुध पाउडर जस्तो हुँदो रहेछ । मलाई नरशमशेर जर्साबले देखाउनु भएको थियो ।

बघिनीको दुध खायो भने त्यो दुध खाने मानिसको हिम्मत र आँट बढ्छ’ भन्थे । बघिनीको दुध जहाँँ पायो त्यहिँ पाइने कुरा थिएन । मलाई याद छ- बघिनीको दुध पाउडर जस्तो हुँदो रहेछ । मलाई नरशमशेर जर्साबले देखाउनु भएको थियो ।

अर्को, गैंडा पनि त्यत्तिकै महत्वपूर्ण । गैंडाको खाग छाला सम्म संसारभर तस्करी हुने । बिभिन्न बैज्ञानिक सन्दर्भमा प्रयोग हुने भएकोले त्यो ताका बाघ भन्दा तस्करको आँखामा गैंडा बढि परेको थियो । बधि शिकार यसैको भएको थियो । त्यसैले वन, निकुन्ज र दरवारको यसलाई हेर्ने दृष्‍टिकोण फरक भयो । म त्यहाँ गएको केहि समय पछि के थाह भयो भने गैंडाको चोरि शिकारी खुब हुँदो रहेछ । ति चोरले गैंडा मार्थे। खाग निकालेर भाग्ने । गैंडाको मासु पनि त्यतिकै पवित्र मानिँदो रहेछ । मरेको गैंडा गाड्नुपर्‍यो । गाड्नुभन्दा गाउँलेलाई दियो भने उनिहरुले सुकुटी बनाउने रहेछन् । त्यो सुकुटी निकुन्जका कर्णेल साबले दिएर मैले पनि खाएको छु । छाला चाहिँ निकुन्जले राख्ने रहेछ । छाला पनि कस्तो भने मुड्की जस्तो एकदम बाक्लो ।

यसरि लगातार गैंडा मारिएपछी बुझ्दै जाँदा के थाहा भो भने एक जना थिङ काँईलो भन्ने मानिस गैंडा चोरि शिकारीको नाइके रहेछ । त्यसलाई सहयोग गर्ने हाँगाबिंगा बाहिर हुँदा यसो भएको रहेछ । हुन त यसको छुट्टै पाटो छ । यस्तो दुर्लभ वन्यजन्तु मारिईरहनु भनेको त निकै ‘गम्भिर’ कुरा भयो । एउटा यो जन्तुको अस्तित्व नै खतरामा पर्ने भयो । अर्को हामी अन्तर्राष्ट्रिय जगतमा बद्नाम हुने भयौं ।

यो घटना मैले आफ्नो हिसाबले बुझ्दै गएँ । त्यतिबेला गैंडागस्ति शुरु भईसकेको थियो । गैंडागस्तिले थिङ काँईलो भन्ने मान्छे पहिलेपनि पक्रिएर कारागर पुर्याइएपछी भागेको हो भन्ने खुल्यो । हुन त यो केस वन विभागको प्रशासन अन्तर्गतको थियो । उनिहरुले नै अनुसन्धान गरिरहेका थिए । प्रहरिले पनि सहयोग गर्नु पर्छ भन्ने भएपछि हामीले त्यसलाई पक्रिन सहयोग गर्ने भयौं । यस कार्यका लागि मैले असई एक बहादुर रानालाई खटाएँ । गैंडा शिकारीकै रुपमा एक बहादुर राना तीन महिनासम्म जंगलमै बसे । यो निकै चुनौतीपूर्ण थियो । अलिकती तलमाथी परे उनको ज्यान नै खतरामा पर्दथ्यो । त्यसैले यो कार्यलाई निकै गोप्यतापूर्वक हामीले अन्जाम दियौं ।

गैंडाको मासु पनि त्यतिकै पवित्र मानिँदो रहेछ । मरेको गैंडा गाड्नुपर्‍यो । गाड्नुभन्दा गाउँलेलाई दियो भने उनिहरुले सुकुटी बनाउने रहेछन् । त्यो सुकुटी निकुन्जका कर्णेल साबले दिएर मैले पनि खाएको छु । छाला चाहिँ निकुन्जले राख्ने रहेछ । छाला पनि कस्तो भने मुड्की जस्तो एकदम बाक्लो ।

तीन महिना सम्म बिभिन्न तस्कर र गिरोहसँग घुलमिल भएपछि उनी थिङ काँइलोको संपर्कमा पुगे । उ पक्राउ पर्‍यो । हामीले उसलाई पक्रेर वनलाई बुझायौं । उ फेरि पनि भाग्ने सम्भावना थियो । त्यसैले कडा सुरक्षाका बिच ठेड्का हालेर राखियो । वनले सबै कानुनी प्रकृया पूरागरि अदालतमा बुझायो । अदालतले पुर्पक्षका लागि कारागर चलान गर्ने आदेश दियो । तर उ पहिले पनि भागिसकेको र फेरि पनि भाग्न सक्ने हुनाले सावधानी अपनाउन जेलरलाई भनिएको रहेछ । जेल प्रहरीको कार्य क्षेत्र भित्र नपर्ने र जिल्ला प्रशासनले हेर्ने भएकोले हामीले बढि चासो लिने कुरा भएन । पक्रिन मद्दत गर्यौं । उ जेल गयो । यसलाई सामान्य प्रकृयाका रुपमा लियौं हामीले ।

त्यतिबेला महाराजधिराजको हरेक वर्ष क्षेत्रिय भ्रमण हुने गर्दथ्यो । सरकार सवारी हुनु भन्दा पहिलो रात भयंकर पानी पर्‍यो । यती ठूलो पानी पर्‍यो कि काठमाडौंदेखिका आवतजावत सबै बन्द भए । महाराजधिराजको सवारी स्थगित भयो । त्यसै विहान ६ बजे थिङ काँइलो जेलबाट भाग्यो अरे भन्ने खबर आयो । जेल चलान हुनुभन्दा पहिले नै त्यत्रो वार्निङ दिएको कसरी भाग्यो त भन्ने कौतुहल भयो म मा ।

समिक्षालयमा प्रवेश गर्दागर्दै श्री ५ बाट सिडिओप्रति लक्षित गर्दै रिसाएको टाेनमा-‘थिङ काईलाे कसरी जेलबाट भाग्यो ? यो त राम्रो भएन’ ! भनेर सोधिबक्स्यो । रिसाउँदा उहाँका कान राता हुने रहेछन् । पछि सबैकाे साताे उडेकाे थियाे ।

त्यो हाम्रो कार्यक्षेत्र नभए पनि हामीले आफ्नै च्यानलबाट केन्द्रमा रिपोर्ट गर्नुपर्ने भएकोले म आफैं केहि प्रहरी लिएर त्यहाँ गएँ । जेल कस्तो थियो भने बाहिरपट्टी चारैतिर घेरिएको २० फिट अग्लो पर्खाल । त्यसको माथि कुना कुनामा २ वटा बुर्जा । जहाँ चौबिसै घण्टा प्रहरीको पहरा हुन्थ्यो । पर्खाल देखि ५-७ फिटको दुरीमा बन्दिगृह छ जुन १५ फिट जति अग्लो हुँदो हो । घरको सिधै अघि मुख्य गेट । गेटमा प्रहरिको ड्युटी ।

जेलरले के भन्छन भने- ‘रातभरी पानी परेको थियो । बुर्जामा ड्युटी गर्ने पुलिसले पनि बाछिटे पानीका कारण झ्यालहरु बन्द गरेको रहेछ । थिङ काँइलो घरको छतमा चढेछ । त्यसपछि जम्प गरेर बुर्जाको डण्डी समातेर पर्खालको माथि पुगेछ । त्यहिँबाट भागेको रहेछ त्यो’ ।

मैले उनले भनेको काहानी अनुसार घरको र छतको अन्तिम बिन्दु र बुर्जाको दुरी नियाले ७-८ फिट पक्कै छ । म आँफै पनि खेलाडी, भर्खर २२-२३ वर्षको छु । तर जेलरले भने अनुसार घरको छतबाट फुत्त हाम्फालेर बुर्जाको डण्डी समाउन सक्छु जस्तो मलाई लागेन । त्यस्तो बिहानको उज्यालोमा पनि । अझ राती बुर्जाको ढोका बन्द भएपछि जताततै चकमन्न अँध्यारो हुन्छ । एक त पानी परेको रात अनी निष्पट अँध्यारो । मान्छेले ७ फिट परको बुर्जाको डण्डी ठ्याक्कै त्यहाँ छ भनेर कसरि ठम्याउन सक्छ ? मेरो शंका त्यहीँबाट शुरु भयो । जेलरका कुराले म चकित परेँ । मैले सबै कैदीहरुलाई बोलाएर सोधे -“यहाँ सबै भन्दा महसुर र मै हुँ भन्ने को छ” ? चार जनाले हात उठाए, ति सबैलाई घरको छतमा चढ्न लगाएँ ।

त्यतिबेला इन्स्पेक्टरको तलब ४ सय १५ थियो । मलाई जानकारि भए अनुसार डीएसपीको तलब ७ सय ६० रुपैयाँ थियो । मैले त्यो माथिको बुर्जाको झ्याल बन्द गर्न भनेँ । अनी ति मै हुँँ भन्ने कैदीहरुलाई भनेँ- ‘ल तिमीहरु मध्ये कसैले यो छतबाट उफ्रेर बुर्जाको डण्डी समात्न सक्छ भने म त्यसलाई १ हजार रुपैयाँ दिन्छु’ । कसैले हिम्मत गरेन ।

मैले पर्खालको पछाडि गएर हेरेँ । उ त्यहाँबाट भागेको कुनै त्यस्तो चिन्ह देखिन । पर्खाल पहेंलो रंङको थियो । यदि डोरी लगाएर भागेको हो भने पनि खुट्टा घिसारिएको कुनै चिन्ह हुनुपर्ने । माथिबाट हाम्फालेको भए पानी परेको बेला थियो । त्यत्रो माथिबाट हाम्फाल्दा जमिनमा खुट्टा गाडिएको डाम हुनुपर्ने । त्यहाँ त्यस्तो केहि थिएन । सामान्य पदचिन्ह बनाइएको रहेछ । मैले तुरुन्तै एउटा भर्‍र्याङ मगाएर हाम्रो पुलिस केटोलाई ५-६ फिट माथिबाट हाम्फाल्न लगाएँ । उसका खुट्टा गोलिगाँठासम्म गाडिए । मैले फेरि अर्को के गरें भने जेलरले मलाई देखाएको पदचिन्ह जहाँँ थिए त्यसकै छेउबाट एउटालाई हिँड्न लगाएँ । उसका पाइला २-३ इन्च भासिए ।

त्यसपछि यो बनावटी हो र थिङ काँइलो नियोजित तरिकाले भगाइएको हो भन्ने कुरामा म ढुक्क भएँ । त्यहाँ कस्तो पद्दति हुने रहेछ भने यदि कुनै कैदी भाग्यो भने सर्जमीन गर्ने, मुचुल्का बनाउने जेलरकै अधिकार हुने रहेछ । तिनले त पर्खाल चढेरै भागेको भनेर मुचुल्कापनि बनाइसकेछन् । मैले जेलर लाई भनें- ‘पर्खाल चढेर भागेको भएपनि वा मूलगेटबाट भागेको भएपनि, जसको ड्युटिमा भागेको छ त्यो दण्डित हुछ । तर तपाईंले जसरि वर्णन गर्नुभो, थिङ काँइलो त्यसरि भागेको होइन, ढोकैबाट भगाइएको हो । यो बारेमा म माथिल्लो अनुसन्धान गराएरै छोड्छु भनेर म सिधै सीडीओकहाँँ गएँ । मुक्ति प्रसाद काफ्लेजी हुनुहुन्थ्यो सीडीओ । मैले सबै कुरा भनेपछि उहाँ आफैँले गएर हेर्नु भो । त्यसपछि जेलरलाई बर्खास्त गर्नुभो ।

त्यसको एक महिना पछि श्री ५ महाराजाधिराज सरकारको सवारी भयो । पञ्चायत कालखण्डमा श्री ५ महाराजधिराजले हरेक वर्ष क्षेत्रीय भ्रमण गर्ने प्रचलन थियोे । त्यहि प्रचलन अनुसार भ्रमण भएको थियो । भ्रमणमा हरेक कार्यालयमा पुग्न सम्भव हुन्नथ्यो । एउटा समिक्षालय बनाइएको हुन्थ्यो । समिक्षालयमा विभिन्न किसिमका चाटहरु राखेर बृफिङ गर्ने चलन थियाे । जिल्लाका सबै कार्यालय प्रमुखहरुले आफ्ना प्रगति विवरण सुनाउँथे ।

समिक्षालयमा प्रवेश गर्दागर्दै श्री ५ बाट सिडिओ प्रति लक्षित गर्दै रिसाएको टाेनमा-‘थिङ काईलाे कसरी जेलबाट भाग्यो ? यो त राम्रो भएन’ ! भनेर सोधिबक्स्यो । रिसाउँदा उहाँका कान राता हुने रहेछन् । पछि सबैकाे साताे उडेकाे थियाे । क्षेत्रीय भमणपछि राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाइ कारवाहि गर्ने प्रचलन अनुसार तक्मा दिनेदेखि बढुवा गर्ने र नसियतदेखि नोकरी खाेसुवासम्म हुन्थ्यो । त्यसैले, भमण हुने समयभन्दा एक वर्ष अगाडिबाटै कर्मचारीहरु सजग, संयमित र मर्यादित हुन्थे । यसले गर्दा क्षेत्रिय प्रमुखहरु सशंकित हुनु स्वभाविक थियो । अझ थिंङ काँइलाको केस ताजा थियो । “अहिले भागेर के हुन्छ र ? त्यो कहाँ पो जाला र ? हामी फेरि पक्रिहाल्छु नि सरकार भनेर मैले जाहेर गरें । माहौल अलि नरम भयो ।

म चितवनबाट सरुवा भएको केहि महिनापछि थिङ काईलाे परासीबाट पक्राउ परेछ । साेधपुछ गर्दा जेलकाे मूल गेटबाटै जेलरकाे मिलिमताेमा भागेकाे खुलासा भएको सुन्दा मलाई खुसिकाे अनुभुत भयो । केरकारमा उसले के भन्यो भने भाग्ने राती जेल भित्रै पार्टी भएको रहेछ- जाँड रक्सी सहितको । जेलरले नै भगाएको रहेछ मूल गेटबाट । तैपनि उ उम्केर जान पाएन । अपराधको सजाय ढिलो चाँडो भोग्नैपर्छ । यो सत्य हो ।

(लेखक पूर्व प्रहरी महानिरिक्षक हुनुहुन्छ । सन् २०१८ मा उहाँको आत्मकथा प्रकाशित भएको छ । आत्मकथामा नसमेटिएका केहि कुराहरु हामीले आफ्नो हिसाबले खोज र अध्ययन गरि पाठकका लागि रुचिकर हुनसक्ने भएकाले लिपिवद्ध गर्ने प्रयास गरेका छौं -नेपालप्लस)।

तपाइँको प्रतिक्रिया

फेसबुक