बिहीबार, चैत १५, २०८०

हरेक २० मा एक फ्रान्सेली छात्रा बलात्कृत भएको खुलासा

नेपाल प्लस२०७७ असोज २६ गते २०:३४

फ्रान्सका हरेक २० छात्रामध्ये एक जना यौन हिंसाको शिकार हुने गरेका छन् । सोमवार सार्वजनिक भएको एक सर्वेक्षणले यो तथ्य उल्लेख गरेको हो ।

सर्वेक्षणले पत्ता लगाए अनुसार २० जना छात्रामध्ये एक जना यसअघि नै बलात्कारको शिकार भइसकेका छन् । दस मध्ये एक जना यौन हिंसा, विशेष गरि “सामूहिक प्रभाव” वा मदिराको कारणले हिंसामा परेको उल्लेख छ ।

यो उच्च शिक्षामा यौन र लिंगमा आधारित हिंसाको अध्ययन अबजरभेटोरी भन्ने संस्थाले गरेको थियो । सन् २०१९ को मे महिनामा घटनाको सिमाको आँकलन गर्ने उद्देश्यले यो अध्ययन शुरु गरिएको थियो ।

अप्रिल र डिसेम्बर २०१९ मा ५० वटा विश्वविध्यालयमा उच्च शिक्षा अध्ययन गर्ने किशोरीहरुलाई अनलाइनमार्फत प्रश्नावली बितरण गरिएको थियो । तिनबाट १० हजार तिन सय ८१ वटा प्रतिउत्तर प्राप्त थिए । यस्तो प्रश्नावली जवाफ ७६ प्रतिशत महिलाबाट आएको थियो ।

यो कसरि अध्ययन र सर्वेक्षण गर्ने भनेर पेशागत ब्यक्तित्वहरुले डिजाईन गरेका थिए । यो विध्यार्थीको पहलभन्दा माथिल्लो स्तरको थियो । सर्वेक्षण गरिएका मध्ये २० मा एक छात्राले त आफू बलात्कारको शिकार भएको हाकाहाकीनै बताएका थिए । यसले पाँच प्रतिशत किशोरीहरु यस्तो बलात्कारमा परेको तथ्य खुल्छ ।

त्यस्तै, हरेक १० मा एक किशोरी (११प्रतिशत) यौन शोषणको शिकार भएकि हुन्छिन् । अचम्म लाग्दो के छ भने यो अध्ययनका अनुसार पाँच प्रतिशत छात्रपनि यौन हिंसाको शिकार हुने गरेका छन् । यसको २० प्रतिशत सामूहिक प्रभाव पर्ने गरेको छ । दण्डहिनता १८ प्रतिशत, मदिराको अत्यधिक सेवनले १८ प्रतिशत र ज्ञान र शिक्षाको अभावलेपनि १८ प्रतिशत यौन हिंशाको शिकार हुने गरेको सर्वेक्षणको नतिजामा  छ । ति शिकार भएका र नजिकका साथीभाईको प्रभावलेपनि यस्तो समस्यामा पर्ने गरेका हुन् ।

यस्तो शारिरिक यौन शोषण प्राय साँझको बेला वा स्कूल, क्याम्पसको छुट्टी परेको बेला र सप्ताहन्तमा बढि हुने गरेको अध्ययनले देखाएको छ । बलात्कारको यस्तो घटना ५६ प्रतिश्त यस्तै बेला हुने गरेको छ । बलात्कार यौन हिंसा बढिमा विध्यार्थीहरुबाटै हुने गरेको रिपोर्टमा उल्लेख छ ।

(ए एफपी, फँस न्युज २४ सहित नेपालप्लस)

तपाइँको प्रतिक्रिया

फेसबुक