शुक्रबार, वैशाख ७, २०८१

कोरोनाले गर्दा फ्रान्समा आठ लाखले रोजगारि गुमाउने, खाना माग्नेको संख्यापनि बढ्दो

नेपाल प्लस२०७७ असोज २६ गते २२:४५

कोरोना भाईरस आक्रमणले गर्दा फ्रन्समा आठ लाखको रोजगारि गुम्ने भएको छ । सरकारले कर्मचारीहरुको रोजगारि संरक्षण गर्ने आर्थिक योजना ल्याउँदा ल्याउँदैपनि डिसेम्बरको अन्त्यसम्ममा आठ लाखको जागिर गुम्ने आँकलन गरिएको हो । इन्सीई (आइ एन एस ई ई) का अनुसार फ्रान्समा गरिबीको संख्यापनि बढ्दो छ । सामाजिक संकट गहिरिँदै गर्दा स्वास्थ्य समस्यापनि दोब्बर हुने देखिएको रिपोर्टमा उल्लेख छ ।

इन्सिइको रिपोर्ट अनुसार हरेक दिन फ्रान्समा केहि न केहि मानिस गरिबीतर्फ धकेलिँदै गएका छन् ।

कोरोना भाईरसले स्वास्थ्य समस्या निम्त्याउँदा त्यसले सामाजिक समस्यापनि थप्दै लगेको छ । यो समस्याले महिनौंसम्म सामाजिक समस्या लम्बिने देखिन्छ । समाजिक समस्या बढ्दै जाँदा प्रत्येक दिन खानाकै लागि याचना गर्नेहरुको संख्यापनि बढिरहेको छ । त्यस्तै, बाँच्नकालागि दिईने समाजिक भत्ता (आर एस ए) माग्नेहरुको संख्यामापनि निकै ब्रिद्दि भएको छ ।

“यो चिन्तालाग्दो विषय हो । अहिले नयाँ नयाँ परिवार सामाजिक भत्ताको याचना गर्दै आइरहेका छन् । हामीले बिगतमा यस्तो देखेका थिएनौं । उनीहरु सामाजिक सहयोग माग्न बाध्य भएका छन्” नेशनल सेक्युरिटी अफ सकुर पपुलेयरका हुरिया तेर्बले फँस न्युज २४ सित भने ।

उनका अनुसार मार्च महिनाको मध्यदेखि अगस्टसम्ममा करिब १२ लाख अतिरिक्त मानिसहरुले यस्तो सहयोग मागिसकेका छन् । यो भनेको अघिल्ला वर्षहरुको तुलनामा ५० प्रतिशतले ब्रिद्दि हो । स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार हाल ५० लाख मानिसहरुले खानाकोलागि सहयोग मागेका छन् ।

(फोटो- क्याम्पस फँस)

तपाइँको प्रतिक्रिया

फेसबुक