बिहीबार, चैत १५, २०८०

नेपालमा विकास र व्यवस्थापन : ‘रेल आयो, रेल गयो’

सुरेशचन्द्र कुइेकल२०७७ असोज २७ गते ०:२१

काठमाडौं— असोज पहिलो साता सुरुवातका २ दिन लगातार समाचारका हेडलाइन बने— आयो रेल र गयो रेल ।
जनकपुर–जयनगर रुटमा चल्ने ५ वटा बोगी रहेको रेलका २ सेट झण्डै १ अर्व रुपैंयामा नेपाल सरकारले नै खरिद गरेको हो । राणाकालदेखि संचालनमा रहेको जनकपुर–जयनगर रुटको ६९ किलोमिटर ट्र्याकमा कुद्ने रेलका लागि यति ठूलो होहल्ला र गफ गरियो कि प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको नेपालको रेलवे सपना यहि पो हो कि भन्ने स्थिती उब्जियो ।

भारतको चेन्नइस्थित कोकण रेलवेज कारखानामा बनेका रेल जेनतेन नेपाल त भित्रिए । तर, यसमा न नेपाली कर्मचारी थिए न पार्किङस्थलकै टुंगो थियो । त्यहि भएर अघिल्लो दिन ‘आयो रेल’ भनेर हेडलाइन बनाउने पत्रपत्रिका भोलीपल्टै ‘गयो रेल’ भनेर लेख्न बाध्य भए । कतिसम्म भने यी रेल जनकपुर आएपछि मात्रै नेपालको रेल्वे विभागलाई जानकारी भयो कि हामीसँग रेल हाँक्ने कर्मचारी नै छैनन् ।

भारतको चेन्नइस्थित कोकण रेलवेज कारखानामा बनेका रेल जेनतेन नेपाल त भित्रिए । तर, यसमा न नेपाली कर्मचारी थिए न पार्किङस्थलकै टुंगो थियो । त्यहि भएर अघिल्लो दिन ‘आयो रेल’ भनेर हेडलाइन बनाउने पत्रपत्रिका भोलीपल्टै ‘गयो रेल’ भनेर लेख्न बाध्य भए ।

यहि कारण बल्लतल्ल बिज्ञापन खुल्यो, १२९ जना कर्मचारीको आवश्यकतामा ३२ हजार उम्मेद्धारको आवेदन परेको छ । अब यो राजनीतिक भागबण्डा, नाताबाद–कृपाबाद मिलाएर कति महिनापछि मात्रै कति कर्मचारी दरबन्दिको अन्तिम सूची आउने हो— रेल विभाग स्वयंलाई थाहा छैन ।

यसैबिच, आइसकेको रेल अहिले भारततर्फै फर्किसकेको छ । कतिसम्म भने पार्किङको सुविधा र उपयुक्त मेसो मिलाउन नसकिएकै कारण पनि रेलका २ सेट भारतै फर्किएका हुन् ।

    ‘मेड इन चाइना’

एउटा प्रचलित उखानै छ— मेड इन चाइना, आज छ भोलि छैन । यहि उखानमा जोडिएको नेपालको विकास तथा व्यवस्थापनका हकमा अर्को नमूना छ— चिनियाँ जहाज । सित्तैमा पाएका २ वटा चिनियाँ जहाज ‘हात थाप्नुपर्ने’ शर्तमा जोडिएका ४ वटा जहाज खरिद्नैपर्ने स्थिति आइपरेपछि नेपाल सरकारले सन् २०१४ मा ६ वटा जहाज घर भित्र्याएको थियो । २० वर्षसम्म किस्ता तिर्ने शर्तमा झण्डै २२ करोड चिनियाँ रुपैयाँ (आरएमबी) तिरेर ल्याएका यी जहाजको किस्ता यो महिनाबाट तिर्न सुरु गर्नुपर्ने प्रावधान छ । तर, जहाज ल्याएर थन्क्याएको ५ वर्षमा ‘जहाज थन्किएकै कारण’ झण्डै २ अर्व रुपैंया वायुसेवा निगमलाई घाटा भैसकेको छ । यो बढ्दो घाटाका कारण गत साउन १५ देखि यी चिनिया जहाज ‘अब नउडाउने’ निर्णय समेत भैसकेको छ । अब यी जहाज बेच्ने वा भाडामा लगाउने भन्ने निर्णय भने हुनै बाँकी छ । कतिसम्म भने निगमले यी जहाज किन्दाको किस्ताबन्दि ऋण सम्वत २०९० सम्म तिरिरहनुपर्ने त छँदैछ । अर्कातिर जहाज भित्र्याउँदाको १२ करोड रुपैयाँको भन्सार शुल्क पनि नेपाल सरकारलाई निगमले तिरेकै छैन ।

२० वर्षसम्म किस्ता तिर्ने शर्तमा झण्डै २२ करोड चिनियाँ रुपैयाँ (आरएमबी) तिरेर ल्याएका यी जहाजको किस्ता यो महिनाबाट तिर्न सुरु गर्नुपर्ने प्रावधान छ । तर, जहाज ल्याएर थन्क्याएको ५ वर्षमा ‘जहाज थन्किएकै कारण’ झण्डै २ अर्व रुपैंया वायुसेवा निगमलाई घाटा भैसकेको छ ।

यी जहाज उडाउन नसक्नुमा पनि उहि जनकपुर–जयनगर रेल्वेकै जस्तो कथा छ — पाइलट नहुनु । प्रशिक्षक पाइलट नहुनु । तालिम खर्च एकदमैं महँगो हुनु । क्षमताभन्दा ६० प्रतिशत कम मात्रै यात्रु बोक्न मिल्ने आदि जस्ता कारणहरु रहेका छन् । निगमसँग १८ सिट क्षमताका ‘वाइ १२ ई’ चारवटा र ५८ सिट क्षमताका ‘एमए ६०’ जहाज दुइ वटा छन् । यीमध्ये दुबै क्षमताका १–१ जहाज नेपालले अनुदानमा पाएको हो । यो चिनियाँ जहाजको बिजोग स्थिति देखेरै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ‘जहाज उडाएर नाफा कमाउन नसक्ने र निरन्तर घाटामा जाने हो भने जहाज बेच्न वा ब्यबस्थापन गर्न’ सुझाव दिइसकेको छ ।

  मल खोइ ? खोलाले बगायो

गत असार–साउन याममा नेपालमा युरिया मलको हाहाकार भयो । आउनुपर्ने भनिएको मल ठेकेदारले ल्याइदिएनन् । कृषि मन्त्री घनश्याम भुसालको मार्क्ससबादी चिन्तनले मल प्रकरणमा पनि फेल खायो । अनि सुरु भयो हारगुहार । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बंगालादेशी समकक्षी शेख हसिना बाजेदसँग मलको हारगुहार गरे, पैंचो शर्तमा । पैंचो माग्नु थियो, मागियो पनि । तर, वर्षे धानको याममा अभाव भएर बंगालादेशसँग नेपाल सरकारले पैंचो मागेको त्यहि ५० हजार मेट्रिक टन युरिया मल हिउँदे गहुँखेतीका बेला मात्रै आइपुग्ने भएको छ ।

ढाकास्थित राजदूत डा. बंशीधर मिश्रले दिएको जानकारीमा मल ढुवानीका लागि आवश्यक पर्ने प्रकृया र सेवासर्तसहितको समझदारी पत्र (एमओयु)को अन्तिम ड्राफ्ट आइतबार मात्रै काठमाडौंबाट कृषि मन्त्रालयले ढाका पठाएको छ । ‘बंगालादेश सरकारले पनि किनेर नेपाललाई युरिया मल पैंचो दिन लागेको हो,’राजदूत मिश्रले मिडियामा भनेका छन्—‘नेपालको जस्तै सार्वजनिक खरिद प्रकृया, बोलपत्र आव्हान र कानूनी प्रकृयाहरुका कारण भदौमा आउने भनिएको मल मंसीरमा मात्रै आउदैछ ।’ ‘काफ्को’ नामको दुबइ कार्यालय रहेको कम्पनीमार्फत मल ढुवानी हुने सम्झौता भैसकेको छ ।

राजदूत मिश्रका अनुसार, भैरवहा, बीरगंज र बिराटनगर नाका हुँदै कात्तिक मसान्तदेखि युरिया भित्रिन सुरु हुने र मंसीरभित्रमा तोकिएको सबै मल नेपाल ढुवानी भैसक्ने सम्झौता भएको छ । पैंचोको सर्तअनुसार, आउने ८ महिनाभित्रमा नेपाल सरकारले बंगालादेशलाई मल फिर्ता गरिसक्नुपर्नेछ ।

मालमत्ता आयातनिर्यात र निर्बाध ढुवानी सेवाका कुरामा नाकाबन्दि प्रकरणपछि भारतसँग तर्सिएको नेपालले उत्तरको छिमेकी चीनसँग पनि पारवहन सन्धि गर्यो । अब बेइजिङ र सांघाइको पेट्रोल, ग्याँस काठमाडौंमा तारन्तार आइहाल्छ कि जस्तो गरियो । तर, भौगालिक बिकटता र असहज राजमार्गको अवस्थाका कारण २०७२ सालको भुइँचालो तथा नाकाबन्दिपछि चिनियाँ सहयोगमा आउने भनिएका १२ टेंकर पेट्रोलका ठूला गाडी अझै काठमाडौं आइपुगेका छैनन् । यी टेङ्गर अझै पनि रसुवागढीतिरै अल्मलिएका छन् ।

फेरि कोरोनाको महामारीमा पनि भैदियो यस्तै । चीनतर्फका दुइ मुख्य नाकाहरु तातोपानी (सिन्धुपाल्चोक) र केरुङ(रसुवा) बन्दाबन्दी भएको ९ महिना बितेपछि मात्रै यसबारे मिडियामा हल्लीखल्ली सुरु भयो । केरुङमा १२ सय र खासामा २ सय जति सामानले भरिएका ठूला कन्टेनर अड्केर बसेको थाहा पाएपछि गत असोज तेस्रो सातामा नाका खुल्यो पनि । तर, यहाँ पनि उहि रेलकै जस्तो हालत भयो । असोज २० गतेको पत्रपत्रिकामा समाचार आयो— नाका खुल्यो । फेरि असोज २१ कै पत्रिकाको हेडलाइन बन्यो— फेरि नाका बन्द ।

२०७२ सालको भुइँचालो तथा नाकाबन्दिपछि चिनियाँ सहयोगमा आउने भनिएका १२ टेंकर पेट्रोलका ठूला गाडी अझै काठमाडौं आइपुगेका छैनन् । यी टेङ्गर अझै पनि रसुवागढीतिरै अल्मलिएका छन् ।

गर्नैका लागि हामी पानीजहाज र रेलका कुरा गरिरहेका छौं । तर, नेपाल–नेपालीको हालत के छ भन्दा माथिका केही विकास–व्यवस्थापनका उदाहरण आफैंमा काफी छन्— चुच्चे ढुङ्गो उहि टुङ्गो ।

यस्ता उदाहरण थुप्रै छन् । परराष्ट्र मन्त्रीको सगरमाथा संवाददेखि पर्यटन मन्त्रीको ‘कोरोना–फ्रि’ नेपालसम्म । खानेपानी मन्त्रीको यो दशैंमा मेलम्ची पानीदेखि प्रधानमन्त्री ओलीको घरघरमा ग्याँस पाइप, यसरी हामीसँग सपनाका कुरा त कतिकति । समस्या के भयो भने बिपनाको मैदानमा हाम्रा नेता–राजनेताले हामीलाई कहिल्यै उत्रनै नदिएको अवस्था छ । यसो बिपनाको धरातलमा उत्रिन पाएपनि हामी हाम्रो ‘हैसियत’ थाहा पाउने थियौं कि ? नत्र त उडेको उड्यै भइन्छ सपनाको दुनियाँमा ।

तपाइँको प्रतिक्रिया

फेसबुक