शुक्रबार, वैशाख १४, २०८१

रोनाल्डोलाई पनि छोडेन कोरोनाले

नेपालप्लस न्यूज डेस्क२०७७ असोज २८ गते १०:३३

पोर्चुगिज फूटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना भाइरसले समातेको पुष्टि भएको छ ।

मंगलबार बेलुकी वक्तव्य जारी गर्दै पोर्चुगिज फूटबल फेडेरेशनले रोनाल्डोलाई रुघाखोकी, ज्वरो, छाती दुख्ने जस्ता कुनै लक्षण नदेखिएको तर नियमित परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको बताएको छ ।

इटालीको चर्चित क्लब जुभेन्ट्सका फरवार्ड रोनाल्डो गएको आइतबार एम्बापे लगायतको विश्व फूटबल कप विजेता फ्रान्सको टिमसँग फूटबल खेलेका थिए । आउने बुधबार स्विडेनसँग नेशनल लिगका लागि खेल्ने नियमित तालिका थियो ।

कोरोना संक्रमणको पुष्टि हुनुअघि रोनाल्डोले पोर्चुगिज नेशनल टिमका खेलाडीसँग सँगै बसेर दिउसोको खाना खाएका थिए । अरु खेलाडीसँग उभिएर फोटो पनि खिचेका थिए । संक्रमित भएसँगै उनलाई एक्लै कोठामा राखियो। पोर्चुगिज टेलीभिजनहरुले बरण्डाबाट अरु खेलाडीलाई हौसला दिन हात हल्लाइरहेको भिडियो प्रसारण गरिरहेका छन् ।

कोरोना संक्रमणबाट मुक्त नहुँदासम्म उनी आइसोलेसनमा बस्नेछन् । आउने १० दिनसम्म उनका सबै खेलका कार्यक्रमहरु रद्द गरिएकोछ ।

तपाइँको प्रतिक्रिया