शुक्रबार, चैत १६, २०८०

ओली अब रक्षा मन्त्रीपनि, रक्षामन्त्री पोखरेल घटुवामा; ‘बालुवाटार जमिन कान्डका नाइके पौडेल अर्थमन्त्री’

नेपालप्लस२०७७ असोज २८ गते १५:१५

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जमिन कान्डका विवादास्पद नेता बिष्णु पौडेललाई अर्थमन्त्री जिम्मेवारी दिएका छन् भने रक्षा मन्त्री इश्वर पोखरेल घटुवामा पारेर प्रधानमन्त्री कार्यालयको जिम्मा दिएका छन् ।

नयाँ मन्त्रिपरिषद्‍मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए ।

नयाँ हेरफेर अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ ।

यस्तै, सहरी विकासको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । यो मन्त्रालय भौतिक पर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्वाङले सम्हालेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक