बिहीबार, वैशाख १३, २०८१

द्वन्दमा मारिएका प्रहरीका वालवाच्चा पढाउन पूर्व प्रहरी महानिरिक्षक खरेलद्वारा ११ लाखको कोष स्थापना

नेपाल प्लस२०७७ असोज ३० गते १०:४१

पूर्व प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलले नेपाल प्रहरिका सन्ततिका लागि ११ लाख रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको एक कार्यक्रममा उनले उक्त रकमको छात्रवृत्ति घोषणा गरेका हुन् ।

अमर प्रहरीका सन्तानको शिक्षाका निम्ति एक छात्रा र एक छात्रलाई जनही ३० हजारका दरले वार्षिक रुपमा छात्रवृत्ति दिनेगरी प्रहरी प्रधान कार्यालयसँग खरेलले सम्झौता पनि गरेका छन् । यो छात्रवृत्ति कर्तब्य पालनाका क्रमममा विरगति प्राप्त गर्ने जवान, हवलदार, सहायक निरिक्षक तथा नायव निरिक्षकका सन्तानलाई प्रदान गरिने छ । ‘अच्युत-मिना अमर प्रहरी पुरस्कार’ नाम दिइएको उक्त कोषका लागि पूर्व प्रहरी महानिरीक्षक खरेलले प्रतिवर्ष छात्रवृत्ती अन्तर्गत ६० हजार र सम्मानपत्र तयार गर्न ४ हजार गरि ६४ हजार रुपैयाँ प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराउने छन् ।

खरेल नेपाल प्रहरी संगठनसँग व्यक्तिगत सम्झौता गरी छात्रवृत्ती कोषको स्थापना गर्ने पहिलो व्यक्ति हुन् । यसलाई मृत्‍युपर्यन्त निरन्तरता दिईरहने जनाइएको छ । “हामीले यसलाई निरन्त जारी राख्ने छौं” खरेलका सुपुत्र डा आयुष खरेलले भने ।
यस अघि पूर्व प्रहरी महानिरिक्षक खरेलले नेपाल प्रहरीका चारै क्षेत्रीय स्कुलमा विभिन्न कालखण्ड र विभिन्न पदमा रहँदा प्रहरी जवान र हवलदारका गरिव तथा जेहन्दार सन्तानलाई अक्षयकोष उपलब्ध गराएका थिए । उनले आफ्नो मासिक पेन्सन ८ हजार ५ सय ११ रुपैयाँ पनि सिपाही, हवलदारका गरिव एवम् जेहन्दार सन्तानलाई प्रत्येक महिना छात्रवृत्ती स्वरुप प्रदान गर्ने भएका छन् ।

३१ वर्ष प्रहरी सेवामा बिताएका खरेलले नेपालप्लस सँगको कुराकानीमा भने-“प्रहरी संगठनका कारण मैले जुन मान, सम्मान र प्रतिष्ठा प्राप्त गरें त्यस हिसाबले यो नगण्य हो । यसलाई आर्थिक पक्ष भन्दापनि प्रहरी संगठन प्रतिको मेरो लगाव र सम्मान हो” ।

माओबादी जनयुद्द उत्कर्षमा रहेका बेला प्रहरी महानीरिक्षक बनेका खरेल नेपाल प्रहरिकै ईतिहासमा निडर र स्पष्ठ वक्ताको रुपमा चिनिन्छन् । प्रहरी भित्रका बेथिती र राजनैतीक चलखेलका बिरुद्धमा खुलेर बोल्ने गरेका खरेलको आत्मकथा समेत प्रकाशित भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारी वहन गर्ने क्रममा शहादत प्राप्त गर्ने सबै प्रहरीप्रति उच्च सम्मान रहेको बताए । उनले भने- “त्यसरी शहादत प्राप्त गरेका शहिद प्रहरिका सन्तानको उज्ज्वल भविश्यका लागि पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेलले देखाएको तदारुकता र सहयोग सर्‍हानिय छ । अन्य प्रहरी अधिकारी समेत यस्ता कार्यमा सामेल हुने आशा गरेको छु” ।

तपाइँको प्रतिक्रिया