शुक्रबार, चैत १६, २०८०

युरोपेली नेताहरु आपतकालिन अवस्थामा, कोरोनाको दोस्रो छाल रोक्न कतै कर्फ्यू कतै लडाउन

नेपालप्लस२०७७ असोज ३० गते १६:२६

युरोपेली नेताहरूले यस क्षेत्रमा कोरोना भाइरस संक्रमण बढाएर जनतालाई आतंकमा पारेको आरोप नागरिक तहबाट लागेको छ । यो आरोपपछि फ्रान्सले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । यो घोषणा सँगै भोलि शनिवारदेखि केहि क्षेत्रमा कर्फ्यु आदेश भैसकेको छ । जर्मनीले भाइरसको फैलावट रोक्न थप नियम ल्याएको छ । त्यहाँपनि केहि क्षेत्रमा कर्फ्यु लगाउने बहस चलिरहेको छ । बेलायतमापनि केहि ठाउँमा दोस्रो लकडाउन भैसकेको छ । अझ कति क्षेत्र र कुन खालको लकडाउन गर्ने भन्ने त्यहाँको सरकार, प्रतिपक्षी पार्टीहरुले तिब्र बहस चलाएका छन् । बेलायतमा चिकित्सकहरुले करिब तिन हप्ता लकडान गर्नुपर्ने माग राखेका छन् । यति गर्दा कम्तिमा सात हजार पाँच जनाको ज्यान बचाउन सकिने त्यहाँका चिकित्सकहरुको तर्क छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार युरोपमा सात लाख २० हजार भन्दा बढि कोरोना संक्रमितहरुको पुष्टि भएका छन् ।

युरोपेली नेताहरूले यस क्षेत्रमा करोना भाइरस संक्रमणलाई बढावा दिइरहेको आरोप लागेको छ । त्यसपछि सरकारले संक्रमण रोक्नको लागि व्यापक प्रतिबन्ध गर्ने तयारि गरेको छ । धेरै ठाउँमा बार, डान्सक्लव, कफी शप लगायतका ब्यापारिक केन्द्रहरु बन्द गरिएको छ ।

यो अवस्था अहिले केन्द्रबिन्दुमा पुगेको छ जहाँ पछिल्लो २४ घण्टामा फ्रान्सले सार्वजनिक स्वास्थ्य अवस्थाको आपतकालिन घोषणा गर्‍यो । बेलायत दोस्रो राष्ट्रिय तालाबन्दी नजिक आइरहेको छ । जर्मनीले संक्रमण घटाउने प्रयासमा नयाँ नियमहरूको फेहरिस्त पेश गरेको छ ।

युरोपका अस्पतालहरुमा कोरोनाका विरामीहरुको संख्याले चाप बढिरहेको छ । अहिलेकै दरमा कोरोनाका विरामीहरुको चाप बढ्दै गए कतिपयक् क्षेत्रका अस्पतालले धान्नै नसक्ने चेतावनी चिकित्सकहरुले दिईसकेका छन् ।

प्यानथियोन म्याक्रो इकोनॉमिक्सका प्रमुख अर्थशास्त्री इयान शेफर्डसनले मंगलबार युरोपमा बढ्दो घटनालाई “नियन्त्रण बाहिर” भनेर चित्रित गरेका छन् । फ्रान्सेली सरकारले बुधवार सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गर्‍यो । गत जुन महिनाको तुलनामा फ्रान्समा कोरोनाका विरामी यो हप्ता व्हात्तै बढे । अस्पताल भर्ना हुनेकै संख्या एकै हप्तामा नौ हजारले नाघ्यो । एकै दिन २५ हजार नौ सयसम्म कोरोनाका बिरामी देखिए । यो भनेको यहाँ कोरोनाका विरामीको संख्या एक्कासि सय प्रतिशतले ब्रिद्दि भएको फ्रान्सेली सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । त्यसैले हतारमा सरकारले संकटकाल लगाएको हो । संकटकाल घोषणा गर्नाले स्वास्थ्यकर्मीहरुलाई कोरोनाबिरुद्द लड्न थप शक्ति दिने जनाइएको छ ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले बुधबार घोषणा गरेअनुसार पेरिस लगायत देशका नौ ठूला शहरहरूमा साँझ नौ बजेबाट विहान छ बजेसम्म कर्फ्यू पालना गर्नुपर्ने छ । यो कर्फ्यु भोली शनिवारदेखि लागुहुने छ । यो चार हप्ता सम्म रहने छ । यसको मतलब ति शहरका बासिन्दाहरूलाई यो समयबिच असाधारण परिस्थिति, आपतकलिन अवस्था र विशेष खाले कर्मचारी बाहेक बाहिर निषेध गरिने छ । “हामीले काम गर्नु पर्छ । हामीले भाइरसको फैलावटमा ब्रेक लगाउनु पर्छ ” कर्फ्युबारे बोल्दै माख्रोंले भनेका छन् ।

जर्मनीका चान्सलर एन्जेला मार्केलले बुधवार क्षेत्रीय नेताहरूसँग भेट गरेपछि जर्मनीलेपनि नयाँ नियम घोषणा गरिसकेको छ । जर्मन राज्यहरूले बढ्दो कोरोनाको संक्रमणलाई रोक्नको लागि आफ्नै रणनीति बनाउन सक्दछन् जसले गर्दा एक राज्यबाट अर्को राज्यमा परिस्थिति र अवस्था अनुसार सावधानी अपनाउन सकिन्छ ।

अर्थशास्त्री ग्रेग फुजेसीले एक लाख जनसंख्यामा ३५ प्रतिशतका दरले संक्रमण फैलिए तिनले आफ्नो अनुकूल प्रतिबन्धहरु लगाउन दिनुपर्ने सुझाव दिएका छन् ।

यस अवस्थामा सार्वजनिक स्थानमा बढिमा २५ जना को जमघट र निजी ठाउँहरूमा १५ जनामा सिमित बनाउनुपर्ने सुझावपनि उनको छ । उनले बिहीबार एक नोटमा भने “राज्यले अतिरिक्त मास्क लगाउने आवश्यकताहरू पनि लागू गर्नुपर्दछ । बारर रेस्टुरेन्टहरूमा छिटो बन्द हुने समय लागू गर्नुपर्छ र सार्वजनिक कार्यक्रमहरूमा सहभागीको संख्यामा सीमित गर्नुपर्छ। ”

यदि प्रति एक लाखमा एक सयभन्दा बढि संक्रमित छन् र त्यो एक साता रहेमा सामाजिक जमघट १० जनामा सिमित गर्नुपर्ने र साँझ ११ बजेबाट कर्फ्यु लगाउनुपर्ने सुझावपनि छ । जर्मनीमा भाईरस संक्रमण उच्च भएका हटस्पटहरुमा छुट्टी अनाउन निढेधित गरिने भएको छ । केहि राज्यले त आफ्नो क्षेत्रमा पर्यटकहरुकालागिपनि निढेध गरेका छन् ।

जर्मनीमा संक्रमण यति बढ्दै गइरहेको छ कि शेफर्डसनले भनेका थिए “त्यस देशले कोविडको मुद्दामा नियन्त्रण गुमायो ।” दैनिक नयाँ संक्रमणहरू यस हप्ताको सुरूमा ५,००० माथि पुगेको छ । र रबर्ट कोच इन्स्टिच्यूट (सार्वजनिक स्वास्थ्य संस्था) ले विहीबार ६६३८ नयाँ घटनाहरू रिपोर्ट गरेको छ ।

बेलायत सरकारले यस हप्ताको सुरुमा एक नयाँ कोविड सतर्कता प्रणाली लागू गरेको छ । लिभरपूल शहर र यसका उपनगरीय क्षेत्रहरू “धेरै उच्च” जोखिमको रूपमा तोकिएको छ । तिनलाई कडा स्थानीय तालाबन्दीमा राखिएको छ । यो क्षेत्रका घरपरिवारलाई घर भित्र वा बाहिर मिक्स गर्न अनुमति छैन । त्यहाँ जिम, मनोरञ्जन केन्द्रहरू, पसल र क्यासिनोहरू बन्द छन् । पब र बारहरू पनि बन्द गर्नुपर्दछ भन्ने माग तिब्र छ ।

अब म्यानचेस्टर लगायत उत्तरी इङ्ल्याण्डको अन्य भागहरूमा पनि कडा उपायहरु विस्तार गरिने भएको छ । लण्डन शहरलाईपनि शनिवारदेखि कडा नियन्त्रणमा राखिने अनुमान गरिएको छ । यो शहरलाई उच्च जोखिममा सुचिक्रित गरिने संभावना छ । यो प्रवधान अनुसार नागरिकहरुलाई भेला गर्न बन्देज गर्ने, सुरक्षाका कडा उपायहरु लागू गरिने हो ।

सरकारका वैज्ञानिक सल्लाहकारहरूले दोस्रो राष्ट्रिय तालाबन्दीको पक्षमा वकालत गरेपछि प्रधानमन्त्री जोनसन दबाबमा छन् । उनले यो फैलावट रोक्नको लागि “सर्किट ब्रेकर” अर्थात् अर्थतन्त्रलाई क्षती नपुग्ने उपाय अवलम्वन गर्न खोजेपनि भाइरसको फैलावट रोक्न थप कडा उपाय अपनाउन दबाब परेको छ । विपक्षी मजदुर दलका नेता केयर स्टाररले मंगलबार लकडाउनका लागि आफ्नो समर्थन रहेको बताइसकेका छन् । यसलेपनि उनीमाथि थप दबाब परेको हो ।

ईटालीपनि यो दबाबबाट मुक्त छैन । ईटालीमा सात हजार तिन सय ३२ घटना २४ घण्टामै देखिएको छ । यो भनेको गत मार्चमा देखिएको संक्रमितको दरभन्दा बढि हो । तरपनि बेलायत र फ्रान्समा देखिएको संक्रमित संख्या भन्दा तुलनात्मकरुपमा कम हो, इटालीको ।

(ल मोंद, सिएनबिसी, रोयटर्स, एएफपीको साथमा नेपालप्लस, फोटो- पोलिटिको डट कम) ।

तपाइँको प्रतिक्रिया

फेसबुक