बिहीबार, चैत १५, २०८०

पेरिसका आइसियु बेडहरु अर्को हप्ताबाट भरिने, राष्ट्रपतिमाथि तिब्र दबाब

नेपाल प्लस२०७७ असोज ३० गते १६:५५

फ्रान्सको राजधानी पेरिसका अस्पतालहरुमा रहेका आकस्मिक सेवाका बिस्तारा (आइसियु बेड) हरु अर्को हप्तादेखि भरिने चेतावनी चिकित्सकहरुले दिएका छन् । यो चेतावनी पब्लिक हस्पिटल ग्रुपले राष्ट्रपती एमानुयल माख्रोंलाई सिधै दिएका हुन् । यो चेतावनी पाएपछि राष्ट्रपती माख्रों चर्को दबाबमा परेको फ्रान्सेली मिडियाहरुले उल्लेख गरेका छन् ।

कोरोना भाईरस संक्रमण रोक्न तत्कालै विशेष उपाय नपनाए स्थिति भयावह हुने र त्यो पेरिसका अस्पतालले धान्नै नसक्ने उनीहरुले स्पष्ठ पारेका हुन् ।

मातिन हिर्क भन्ने पब्लिक अस्पताल (एपी एच पी) हरुको समूहले पेरिस र यसको आसपासका अस्पतालका आइसियु बेडहरु अर्को हप्ता ९० प्रतिशत भरिने उल्लेख गरेका हुन् ।
ल अपरिजियाँ दैनिक अखबारका अनुसार यो ए पी एच पी समूहले पेरिस र यसको वरिपरिका ३९ वटा ठूला अस्पतालहरुको ब्यवस्थापन गर्छ ।

“अक्टोबरको २४ सम्म आइसियुमा आठ सय देखि एक हजार विरामी हुने छन् । त्यो भनेको अहिलेको हाम्रो क्षमता अनुसार ७० देखि ९० प्रतिशत भरिनु हो ।” एपी एच पीले भनेको छ । यहि चेतावनीपछि राष्ट्रपती माख्रोंले कर्फ्यु लगाउने र सुरक्षाका अन्य कडा नियम सार्वजनिक गरेको मेडियाहरुले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक