शुक्रबार, चैत १६, २०८०

गद्दाफीबाट रकम लिएको आरोपमा फ्रान्सका पूर्व राष्ट्रपती न्यायिक अनुसन्धानमा

नेपाल प्लस२०७७ असोज ३० गते १८:४१

लिबियाको ‘अपराधिक संस्था’ बाट मोटो रकम लिएको र अपराधिक संस्थालाई सहयोग गरेको आरोपमा फ्रान्सका पूर्व राष्ट्रपती निकोला सार्कोजीमाथि न्यायिक अनुसन्धान शुरु भएको छ ।

फ्रान्सेली वन्यायाधिशहरूले पूर्व राष्ट्रपति निकोला सार्कोजीलाई शुक्रबार “आपराधिक संघ” को औपचारिक अनुसन्धानको लागि बयान लिएका छन् । किनभने उनले लिबियाका पूर्व शक्तिशाली राज्यप्रमुख मुअम्मर गद्दाफीको अभियानको लागि पैसा खर्च गरे भन्ने आरोप छ ।

अभियोजकहरूले लिवियाका पूर्व नेता मुअम्मर गद्दाफीले सार्कोजी राष्ट्रपतीको उमेदवार हुँदा सन् २००७ मा उनलाई गोप्य रूपमा ५० लाख करोड डलर दिएका थिए भन्ने आरोपमा अनुसन्धान गरेका हुन् । ति आरोपहरू पहिलोपटक २०११ मा स्वर्गिय गद्दाफीका छोरा सैफ अल इस्लामले लगाएका थिए । त्यसपछि यो विषयमा फ्रान्समा मुद्दा भएलगत्तै अनुसन्धान शुरु भएको थियो ।

सार्कोजीमा आफ्नो स्वार्थका लागि बित्तिय कोष दुरुपयोग गरेको, निस्क्रिय भ्रस्टाचार गरेको तथा राज्यको बदनाम गरेको आरोप लगाइएको छ ।

फ्रान्समा सार्कोजीलाई “औपचारिक अनुसन्धान” अन्तर्गत राखिएको छ । न्यायाधिशहरुले गलत कार्यको पर्याप्त प्रमाण फेला पारेको सार्वजनिक भएको छ । त्यसैले यो अनुसन्धान अझै अगाडि बढ्ने देखिन्छ ।

यो घटना सन् २०१६ मा झनै चर्कियो । किनभने त्यो बेला फ्रान्को लेबनानी बब्यापारी जिवाद ताकिदनिनले सार्कोजीका प्रमुख र विश्वासपात्र, राष्ट्रपतिय निर्वाचन अभियानका निर्देशक क्लाउड गे अन्टलाई तिन वटा सुटकेस भरि पैसाका मुठा भरेर दिएको उल्लेख गरिदिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक