सोमबार, कार्तिक १०, २०७७

राजाको स्वागतमा ठाँट्टिएको जिल्ला पंचायत सदस्यलाई पक्रिँदाको अनौठो अनुभूती

अच्युतकृष्ण खरेल२०७७ कार्तिक १ गते १६:२१

पूर्व आइजिपी अच्युत क्रिष्ण खरेल

भरतपुर जिल्लाको सदरमुकाम भएकोले प्रशासन सहित सम्पूर्ण जिल्ला कार्यालयहरु त्यहिँ नै थिए । अहिले पनि त्यहीँ छन । तर, नारायणघाट बजार जिल्ला भरिकै ब्यापारिक केन्द्र थियो । अहिले विकासको बढ्दो गतिले ब्यापारिक गतिबिधीहरु अन्यत्र पनि छरिएका छन् । उ बेला नारायणघाट नै केन्द्र थियो । नारायणघाटमा बन्दिपुरे नेवार समुदायको बोलवाला थियो । ब्यापार मात्र नभएर राजनैतिक दृष्‍टिले पनि उनिहरु शक्तिशाली थिए । जिल्लाको राजनैतीक र प्रशासनिक पहुँचको त कुरै छोडौं, दरवार सम्मै पहुँच थियो- उनिहरुको ।

हुन त नारायणघाटमा केहि माडवारि समूदाय पनि थियो । तर थोरै मात्रामा । बन्दिपुरेहरुलाई टक्कर दिने खालको अर्को समूदाय नभएकोले उनिहरुको एक हिसाबको साम्राज्य नै थियो त्यहाँ । उनिहरुको पहुँचका कारण सधैंभरी त्यहाँको स्थानिय प्रशासन ओझेलमा परेजस्तो हुने । साना गल्ला ब्यापारी ठगिने खालका कुरा त कति थिए कति । कानुन बिरुद्धकै कुरा भए पनि आफ्नो समूदायको बिपक्षमा एक शब्द नबोल्ने, त्यस्तो थियो त्यहाँ ।

तर त्यहि समुदायका मुक्तिलाल चुके र भिम बहादुर श्रेष्ठ भने अलि फरक थिए । म त्यहाँ बसुन्जेल यि दुबै जनाले कहिल्यै पनि सहिलाई गलत र गलतलाई सहि भनेनन् । त्यतिबेला एक जना जिल्ला पंचायत सदस्य थिए जवाहार श्रेष्ठ भन्ने । मान्छे भलाद्मी थिए । बोलिचाली पनि राम्रो । तर कस्तो रहेछ भने उनी लगायत त्यो समूहमा रहेका केही शक्तिशाली ब्यक्तिहरुले प्रशासनलाई नजरअन्दाज गर्ने प्रवृत्ति । प्रहरी प्रशासनलाई हेप्ने ।

दुर्घटना भएर गाई मरेपछि त्यो कुराको जानकारी सम्वन्धित निकायमा दिनुपर्दथ्यो । तर उनले गाईलाई लगेर नारायणीको भेलमा बगाइदिएछन् । गाई धनीलाई मनग्य पैसा दिएर त्यसको कुरो भित्र भित्रै सामसुम बनाएछन् ।

पहिलो पटक श्री ५ महाराजधिराज विरेन्द्र विरविक्रम शाहदेवको सवारी भारि वर्षाका कारण रद्द भएको थियो । दोस्रो पटक सरकारको सवारी हुनुभन्दा एक महिना जति अगाडि को कुरा- जवाहार श्रेष्ठ आफैंले चलाएको गाडीले नारायणघाटमा एउटा गाइलाई ठक्कर दिएछ । त्यसपछि उनिहरुले गाईलाई तुरुन्तै त्यहि जीपमा हालेर भरतपुर भेटेनरि पुर्याएछन् । त्यहाँ पुगेपछि डाक्टरले गाई त मरिसकेको छ । यसलाई के औषधी गर्ने भनेपछि जुन जीपमा लगेका थिए त्यसैमा फर्किएछन् । दुर्घटना भएर गाई मरेपछि त्यो कुराको जानकारी सम्वन्धित निकायमा दिनुपर्दथ्यो । तर उनले गाईलाई लगेर नारायणीको भेलमा बगाइदिएछन् । गाई धनीलाई मनग्य पैसा दिएर त्यसको कुरो भित्र भित्रै सामसुम बनाएछन् ।

मतलब के भयो भने उनले प्रशासनलाई बलमिच्याइ गरे । प्रहरी प्रशासनको अस्तित्व स्विकार नगरे जस्तो देखियो । त्यो कुरा मैले २-४ दिन पछी थाहा पाएँ । घटना दुर्घटन जे भए पनि त्यो त पुलिसको अनुसन्धान भित्र पर्दछ । बिना अनुसन्धान त्यो दुर्घटना नै हो भनेर कसरी किटान गर्न सकिन्छ ? त्यसैले यो घटनाको अनुसन्धान हुनुपर्दछ भनेर मैले पक्राउपुर्जी जारी गरें ।

उनिहरुले कानुनविदसँग सरसल्लाह गरेछन् । कानुनविद्हरुले कस्तो सल्लाह दिएछन् भने यस्तो दुर्घटनाको मुद्दा पैंतिस दिन भित्र दायर गरिसकेको हुनुपर्दछ । म्याद नाघेर दायर गरिएको मुद्दालाई अदालतले खारेज गरिदिन्छ । उनिहरुकै सल्लाह अनुसार जवाहार ३५ दिन लुकेर बसेछन । कतै पनि देखिएनन् । प्रहरिको पहुँच भन्दा बाहिर बसे । तर गाई मरेको थियो । त्यो हत्या या दुर्घटना जे भए पनि त्यसका लागि अधिकार प्राप्त संस्थाले अनुसन्धान गर्नुपर्दथ्यो ।

गाई मरेको पैंतिस दिन पुरा भएको थियो । त्यहि बेला श्री ५ महाराजधिराजको सवारी भयो दोस्रो लटमा । उनी जिबिसको सदस्य भएकोले स्वागत समितिमा थिए । सरकारको सवारीको दिन उनी दौरा सुरवाल लगाएर चटक्क परेर निस्के । उनले ३५ दिन नाघेपछि मलाई कसैले पक्रिँदैन भन्ने ठानेछन । फेरि सरकारको स्वागत समितिमा भएको मान्छेलाई कसरी पक्रेला र भन्ने हुनेनै भयो । सरकारको भ्रमण रहुन्जेल स्वागत समितिमा भएको मान्छेलाई पक्राउ गर्दा पोलिटिकल इश्यु मात्रै हुने भएकोले मैले उनलाई पक्रिनँ । बडो ठाँटका साथ घुमे दिनभरी । सरकार हेलिकप्टर चढेर फर्कीबक्स्यो । मैले जिल्ला पंचायतका ढोका ढोकामा प्रहरी तैनाथ गरेको थिएँ । त्यहिबेला उनलाई च्याप्प समातेर थुनें ।

प्रसासनिक मर्यादा समेत नगर्ने । नियमको खिल्ली उडाउने । कस्तो भने पहुँचमा पुगेको मान्छेले यसरि कानुनलाई नटेर्ने, प्रशासनिक मर्यदा नराख्ने हो भने हामीले कसरी सामन्य मान्छेलाई तिमीहरुले कानुन मान्नुपर्छ, प्रशासनको मर्यादा राख्नु पर्छ भन्ने ? मान्छे जतिसुकै ठूलो ओहदामा भएपनि आफ्नो मर्यादामा त बस्नु पर्‍यो नि ! प्रशासनलाई पेल्न खोज्ने, बेवास्ता गर्ने ? मलाई चित्त बुझेन । त्यसैले पक्रेर थुनें । थुनेपछि बयान गराउनु पर्यो । बयानमा उनले ‘दुर्घटना भएको हो, नियोजित होइन’ भने । मैले २४ घण्टा भन्दा थुन्न नपाउने म्याद थप गराउन पर्यो । फेरी जिल्ला पंचायतको मान्छे । केहि तल माथी पर्यो भने हामीलाई गाह्रो बनाउँछन ।

महाराजधिराज सरकारको स्वागत समितिमा भएको मान्छेलाई कसरी पक्रेला र भन्ने हुनेनै भयो । सरकारको भ्रमण रहुन्जेल स्वागत समितिमा भएको मान्छेलाई पक्राउ गर्दा पोलिटिकल इश्यु मात्रै हुने भएकोले मैले उनलाई पक्रिनँ । बडो ठाँटका साथ घुमे दिनभरी । सरकार हेलिकप्टर चढेर फर्कीबक्स्यो । मैले जिल्ला पंचायतका ढोका ढोकामा प्रहरी तैनाथ गरेको थिएँ । त्यहिबेला उनलाई च्याप्प समातेर थुनें ।

न्यायाधिस अस्ट्मन हुनुहुन्थ्यो । उहाँ पहिले मेरो ठूलो बुवासँग काम गर्नु भएको रहेछ । मलाई निकै माया गर्नु हुन्थ्यो । बाल्कृष्ण खरेलको भातिजो भनेपछि मलाई हरेक कुरा सिकाउने । कहिलेकाहिँ मिसिलमा त्रुटी हुँदा वा अरु केहि हुँदा पनि सहयोग गर्ने । माया गर्ने मान्छे ।

एकपटक के भएको छ भने ३६ घण्टामा मिसिल उहाँकहाँ पुगेको देखियो । उहाँले मिसिल फिर्ता गरेर मलाई फोन गर्नु भयो- के गरेको त्यस्तो ? मिसिल मा त २४ घण्टा नाघेको देखिन्छ । ‘मिलाउनुस त्यसलाई’ भन्नुभयो । र मिसिल फर्काइदिनु भएछ । त्यतिसम्म सहयोग गर्ने मान्छे । मेरो ठूलोबुवालाई पनि असाध्यै श्रद्दा गर्ने । अहिले कहाँ त्यस्तो हुन्छ । अहिले त मै जान्ने हुँ भन्छन ।

जवाहारको र उहाँको नाता पर्छ भन्ने मलाई थाहा थिएन । जवाहारलाई लिएर मुद्धा फाँटको सई अदालत गयो । तर श्रीमानले जवाहारको मुद्दाको म्याद नाघेको हुनाले थप्न मिल्दैन भन्नुभएछ । कानुनले म्याद थप्ने अनुमती दिँदैन भनेपछि सई फर्केर आयो श्। रीमानले यस्तो भन्नुभयो भनेर ।

जिल्ला अदालत नजिकै थियो २०० मिटर जतीको दूरिमा । मैले फोन गरेर भनें- “श्रीमान हजुरले म्याद नाघिसकेको भनेर नथप्ने मर्जी भएको रहेछ । हजुरले भनेको कुरा दुर्घाटनाको मुद्धामा हो । तर जवाहारले गाईलाई नारायणीको भेलमा फालेको हो भनेका छन् । त्यो गौहत्या अथवा दुर्घटना हो भन्ने कुरा अनुसन्धानबाट मात्रै थाहा हुने भएकाले अनुसन्धान अगाडी नै यो दूर्घटना हो भन्न त मिलेन । मिसिलमा त अनुसन्धानबाट मात्र देखिने कुरा हो । अनुसन्धान हुनै पाएन भने कसरी सत्य तथ्य थाहा हुन्छ ? यदि हजुरलाई म्याद थप्न गाहो भए मैले जवाहारलाई गौर लौजान्छु ।

त्यतिखेर अन्चल अदालत गौरमा थियो । अनि मैले उहाँलाई भनें- “श्रीमान यदि यहाँबाट म्याद थप भएन भने मैले उनलाई अन्चल अदालत लानु पर्छ । हिँडाएरै पठाउँछु । म त मोटरमा पनि पठाउँदिन यहाँबाट । पुलिस लगाएर हिँडाउँदै पठाउँछु’। त्यसपछि उहाँले कुरा बुझ्नु भयो । ‘मैले त जसरि भएपनि म्याद थप्नुपर्छ । यदि मैले यतिकै छोडें भने उल्टो मलाई कारवाहि हुन्छ । म त अंचल अदालत पठाउँछु’ भनेपछी उहाँले हतपत- ‘भो भो नपठाउनुहोस उता । म म्याद थप गर्दिन्छु’ भनेर म्याद थप भयो । नत्र त जवाहारले सास्ती पाउने भए त्यत्रो बाटो हिँडाएर लैजाँदा ।

म्याद थप भएपछि सर्जिमिन गर्न गयौं नारायणघाट जहाँ गाई दूर्घटना भएको थियो । त्यहाँ त घटना नै स्थापित नहुने हिसाबले कुरो मिलाई सकेका रहेछन् । सर्जमीनमा सबै उनकै मान्छे । कसैले पनि दुर्घटना भएको हो । गाई मरेको हो भन्दै भनेनन् । मरेको गाई नारायणीले लागि सक्यो । अब सबुत खोज्न कहाँँ ? जाने परेन फसाद ?

कुनै घटनै नभएको सन्दर्भमा मैले मुद्दा गरें भने उल्टो मलाई अदालतले पनि कारवाही गर्न सक्नेरहेछ । यो त डरलाग्दो कुरा भयो । त्यत्रो खेल भएछ ।

म भर्खरको केटो । जोश जाँगर त थियो । तर त्यस्ता खेल बुझ्ने कुरा पनि भएन । सर्जमिन पछि यसो सोचें, अब के गर्ने ! भविष्यमा हुन सक्ने कारवाहिको दृष्‍य दिमागमा नाच्यो । त्यसपछि सिधै कार्यालय गएर पहिले भेटेनरिको डाक्टरलाई फोन गरेर यस्तो घटना भएको हो भनेर सोधें । त्यतिखेर अहिलेको जस्तो थिएन । नारायणघाटको सर्जमीनको कुरा त्यति छिटो भेटेनरीको डाक्टरलाई थाहा हुने कुरा पनि भएन । उनिहरुले त्यहाँ सेटिङ मिलाउनु भन्दा पहिले नै मैले फोन गरेछु । फोनमा उसले- “रसियन जीपमा गाईलाई लिएर जवाहार आँफै आएका थिए । उनैले गाडी हाँकेर । ‘गाईको उपचार पर्नुपर्‍यो भने । मैले यसो हेरेको त गाई मरीसकेको रहेछ । मरेको गाइको कसरी उपचार हुन्छ ? भनेपछी जवाहार फर्केर गए” भन्यो ।

सर्जिमिन गर्न गयौं नारायणघाट जहाँ गाई दूर्घटना भएको थियो । त्यहाँ त घटना नै स्थापित नहुने हिसाबले कुरो मिलाई सकेका रहेछन् । सर्जमीनमा सबै उनकै मान्छे । कसैले पनि दुर्घटना भएको हो । गाई मरेको हो भन्दै भनेनन् । मरेको गाई नारायणीले लागि सक्यो । अब सबुत खोज्न कहाँँ ? जाने परेन फसाद ?

मैले तुरुन्तै पत्र तयार गरेर भेटेनरीमा आँफै गएँ । उसले सबै लेखेर सहिछाप गरेर दियो । मलाई त्यति भएपछि पुगिहाल्यो । भेटेनरिको त्यो पत्रले घटना स्थापित भयो । कार्यालय पुगेपछी निकै सोचें- घटना स्थापित त भयो । तर त्यो गौ हत्याको उद्देश्य थिएन । दूर्घटना थियो । यस्तो दूर्घटनामा कसैलाई सजाएँ दिइहाल्नु न्यायोचित हुँदैन । मात्र के थियो भने त्यस्ता हरेक मानिस, जुनसुकै पदमा बिराजमान भए पनि कानुनको पालना गरुन् र कानुन पालना गराउने निकायलाई ‘वाइपास’ नगरुन् ।

भेटेनरीको डाक्टरको पत्रले घटना त स्थापित भयो । मिसिल अदालत पठाए म्यादकाे कारण देखाई मुद्दा खारेज हुने र म्याद नघाएकाे कारणले मलाई कारवाहि हुनसक्ने हुँदा चालकले आफनाे कर्तव्य पालन नगरेकाे दफा अनुसार कारवाहि गर्न प्रमुख जिल्ला अधिकारी कहाँ मुद्दाकाे मिसिल पठाईदिएँ । त्यहाँ जाने बित्तिकै दरपिठ गरेर खारेज गरिदिन्छ । त्यसलाई गौ हत्यानै भन्नु न्योचित पनि भएन । त्यसैले ‘चालकले आफ्नो दाईत्व पुरा नगरेको हुनाले दूर्घटना भएको देखिन्छ’ भनेर सीडीओ कहाँँ मुद्दा दर्ता गराएँ । त्यसपछि जवाहार धरौटीमा छुटे । उनीसँग सुमधुर नभएपनि पछिसम्म राम्रै सम्बन्ध रह्यो ।

महत्वपूर्ण कुरा के भयो भने उनले आफ्नो गल्ति भएको कुरा महसुश गरे । मलाई अहिलेपनि प्रहरी सेवामा रहँदा आफूले गरेका केहि त्यस्ता कामहरुप्रति गर्व लाग्ने गर्दछ । पंचायतको त्यो कालखण्डमा एउटा इन्स्पेक्टरले जिल्ला पंचायतको सदस्यलाई पक्रिनु चानचुने कुरा थिएन ।

(लेखक पूर्व प्रहरी महानिरिक्षक हुनुहुन्छ । सन् २०१८ मा उहाँको आत्मकथा प्रकाशित भएको छ । आत्मकथामा नसमेटिएका केहि कुराहरु हामीले आफ्नो हिसाबले खोज र अध्ययन गरि पाठकका लागि रुचिकर हुनसक्ने भएकाले लिपिवद्ध गर्ने प्रयास गरेका छौं -नेपालप्लस)।

तपाइँको प्रतिक्रिया

फेसबुक