बिहीबार, वैशाख १३, २०८१

स्विजरल्याण्डमा बस्न पाउँदा चरापनि हुरुक्कै

नेपाल प्लस२०७७ कार्तिक २ गते १६:५४

लाखौं पर्यटक भित्रिने स्विजरल्याण्ड यतिखेर सुनसान छ । कोरोना भाईरसको संक्रमणले पर्यटन ब्यवशायले घुँडा टेकिरहेको छ । मानव घुमन्तेहरुको संख्या शुन्य जस्तै भएपनि पन्छी पर्यटकहरुले भने स्विजरल्याण्डको माया भुलेका छैनन् । बरु स्विजरल्याण्डमै बस्न रुचाउने पन्छीहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । न्याना अफ्रिकी मुलुकतिर जानुपर्ने र यस अघि बेग मार्ने गरेका पन्छीपनि पर्यटन क्षेत्र शान्त बनेका बेला स्विजरल्याण्ड बस्न हुरुक्क भएका छन् ।

स्विजरल्याण्डमा गरिएको अवलोकन र अध्ययनका अनुसार सेता गरुड चराहरुले ठण्डि मौसम लागिसक्दापनि स्विजरल्याण्ड छोड्न मन गरेका छैनन् । अफ्रिकी मुलुकतिर जाडोयाम बिताउन रुचाउने गरुड चराहरु यतिखेर स्विजल्याण्डको ठण्डि हुने अलपाईन क्षेत्रमै बिताइरहेका छन् ।

स्विस इन्फो डट सिएचका अनुसार एक वर्षमा स्विजरल्याण्डमा प्रजनन् जोडीहरूको संख्या १८ प्रतिशतले वृद्धि भयो । १,००० भन्दा बढि युवा चराहरू गणना गरिएको छ । स्टोर्क्स एसोसिएसन स्विजरल्याण्डका प्रमुख पिटर एंगिजिस्टका अनुसार जनवरी २०२० मा ६६९ प्रजनन् जोडी गणना गरियो । एक वर्ष अघिको आंकडा ५६६ थियो ।

उनका अनुसार ७० वर्ष अघि स्विजरल्याण्डबाट गरुड चरा लोप भएका थिए । सन् १९६० मा अप्राक्रितिक स्थलमा प्राक्रितिक वातावरण स्रिजना गरेर गरुडहरु हुर्काई उनीहरुले प्रक्रितिमा छोडिदिने गरेका थिए । उनीहरुले गरुड चरा पुन स्थापित गर्न यस्तो अभियान चलाएका थिए । सोलोथन प्रान्तबाट शुरु गरिएको यो अभियानपछि गत एक दशकमा गरुड चराहरुको संख्या स्विजरल्याण्डभरिनै १० प्रतिशतका दर बढेको थियो ।

एंगिजिस्टका अनुसार पस्चिमी क्षेत्रका गरुडहरुले जाडोयाम अफ्रिकामा बिताउन छाडेकालेपनि यस्तो भएको हो । तिनले पछिल्लो समयमा स्पेन र स्विजरल्याण्डका जमिन, खेतियोग्य क्षेत्र बढि रुचाउन थालेका छन् । यसो हुनुको दोष मौसम बदलिलाई दिन भने मिल्दैन ।

युरोपबाट अफ्रिका पुग्न लगभग तिन हजार पाँच सयकिमीको यात्रा गर्नुपर्छ । यो यात्रा कठिन र जोखिमपूर्णपनि हुन्छ । अफ्रिकामा भन्दा यता मांशहारी जिवपनि कम हुनाले सुरक्षित वासस्थान पाउँछ्न् । ज्यानको सुरक्षा र आहारापनि यतै पाइने भएपछि गरुड चराहरु अफ्रिका जानभन्दा यतै बस्न रुचाउन थालेको विशेषज्ञहरुले बताएका छन् । यता जिवजन्तुको सुरक्षा कानुनपनि प्रभावकारि हुनाले शिकारीहरुबाट मारिने र दखल पुर्‍याउने जोखिमपनि कम छ । योपनि चराहरुमा ज्ञात हुँदै गएको छ ।

उत्तरी अफ्रिकाको साहेल क्षेत्रमा पहिले धेरै बस्ने यि गरुडहरुको पछिल्लो समयमा धेरै शिकार गरिने र आहाराको मात्रा घट्दै गएकालेपनि त्यता जान छोडेर स्विजरल्याण्ड र स्पेन रुचाउन थालेका हुन् । अफ्रिकामा भन्दा स्पेन र स्विजरल्याण्डमा तिनका लागि बढि आहार र सुरक्षा पुगेको भनाई एंगिजिस्टको छ ।

तपाइँको प्रतिक्रिया