शुक्रबार, चैत १६, २०८०

कोरोना भाईरस नियमबिरुद्द चेकमा लाखौंको प्रदर्शन: दुई दर्जन प्रहरी घाइते, अश्रुग्याँस र पानीका तोप प्रहार

नेपाल प्लस२०७७ कार्तिक ३ गते १२:४४

photo-deccan news

कोरोना भाईरस (कोइभिड १९) को रोकथामकालागि सरकारले लगाएका नियम बिरुद्द आ इतवार चेक गणतन्त्रको राजधानी परागमा लाखौंले प्रदर्शन गरेका छन् । सरकारी नियमको उल्लंघनमा उत्रिएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्न चेक प्रहरीले आँसु ग्यास र पानीको तोप प्रहार गरेको छ । प्रदर्शनकारिको प्रहारले झण्डै दुई दर्जन प्रहरी घाइते भएका छन् । केहि घाइते प्रदर्शनकारिहरुलाई अस्पताल भर्ना गरिएको छ ।

आइतवार आयोजित हिंसात्मक जुलुसमा अश्रु ग्याँस र पानीको तोपको प्रयोग गरेको चेक प्रहरीलेनै सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार “कट्टरपन्थी” र फुटबल प्रशंसक लगायत हजारौं प्रदर्शनकारीहरू राजधानीको ऐतिहासिक ओल्ड टाउन स्क्वायरमा भेला भएका थिए । सरकारी प्रतिबन्धलाई तोड्दै भेला भएका तिनको मुख्य माग स्वास्थ्य मन्त्री रोमन प्रिमुलाको राजीनामा थियो ।

प्रहरीहरूले भीड तितरबित गर्न थालेपछि प्रदर्शनकारीहरुको उपस्थितिले आक्रामक रुप लिएको एएफपीले जनाएको छ । बिरोध शैलीले सीमा नाघेको भन्दै प्रहरीले हत्क्षेप गरेपछि प्रदर्शनकारीहरु सुरक्षाकर्मीमाथि जाइ लागेका थिए ।

“सहभागिहरुले बिनाकारण प्रहरीमाथि आक्रमण शुरु गरे” परागको प्रहरी कार्यालय प्रमुख तोमास लेर्चले एएफपीसित भनेका छन् । त्यहाँ फुटबलका अतिबादी समर्थकहरुसमेत रहेको अन्य प्रहरीले उल्लेख गरेका छन् ।

“हामीले अश्रु ग्याँस र पानीका फोहोरा, तोप प्रयोग गर्‍यौं” लेर्चले भनेका छन् । उनको भनाईमा झण्डै २० प्रहरी घाईते भएका छन् ।

परागको आपतकालिन सेवाका अनुसार उनीहरुले नौ जना घाईतेलाई उपचारकालागि अस्पताल पुर्‍याएका छन् । तिमध्ये केहिको टाउकोमा चोट लागेको छ । अन्य केहिमा अश्रुग्याँसका कारण श्वाशप्रश्वासको समस्या छ । केहिको शरिरमा चोट लागेको छ ।

प्रहरीले हातमा ढुंगा, छड, लठ्ठी, पटाका लिएर गएका लगभग ५० जनालाई प्रदर्शन शुरु नहुँदै पक्राउ गरेको जनाएको छ ।

चेक युरोपेली युनियनका देशहरुमध्ये कोरोना भाईरस अति बढि संक्रमित भएको देशमा पर्छ । त्यहाँ अहिलेसम्म एक लाख ७० हजार कोरोना संक्रमित  छन् । आइतवारसम्ममा १४ हजारको म्रित्यु भैसकेको छ ।

कोरोना भाईरसका नियमहरुले गर्दा संकुचित भएको, निजि स्वतन्त्रता हनन भएको आरोप लगाउँदै फूटबल खेलका फ्यानहरुको ‘होन सिभिक’ भन्ने संस्थाले यो बिरोध प्रदर्शनी आयोजना गरेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक