शुक्रबार, वैशाख १४, २०८१

शेखर कँडेलको संयोजनमा युरोप जनसंपर्क समिती गठन

नेपालप्लस प्रतिनिधि२०७७ कार्तिक ४ गते १०:५०

नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समितिले आफ्नो विश्व संजाल अर्न्तगत युरोप र अफ्रीकामा क्षेत्रीय समितिहरु गठन गरेको छ । गत आइतवार भएको एक भर्चुअल भेलाले यि दुबै महादेशमा समिती गठन गरेको हो । यो समिती गठनसँगै युरोपमा नेपाली कांग्रेसको भात्रि संगठनका दुई वटा समिती भएका छन । यस अघि जर्मनीका ब्यवशायी दिल बहादुर गुरुङको संयोजकत्वमा जनसंपर्क समिती युरोप गठन भएको थियो ।

सन् २००२ मा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको जर्मनी भ्रमणताका उनैले दिलबहादुर गुरुङलाई युरोप संयोजक तोकेर गएका थिए । त्यसयता अहिलेसम्म गुरुङ नै संयोजक छन् । र त्यसको अधिवेशन समेत हुन सकिरहेको छैन । यो समितीपछि नेपाली कांग्रेसको देश भित्रको विबाद प्रवासमा समेत स्पष्ट देखिएको छ ।

भेलामा पुर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालको समेत उपस्थिती रहनुले पनि भविष्यमा नेपाली कांग्रेसको आधिकारिक समिती यहि हुन सक्ने अड्कल काटिएको छ । आयोजकले कांग्रेसमा आस्था राख्ने र जनसंपर्क समितिबाट अवकास प्राप्त गरिसकेका कार्यकर्ताहरुको पहिलो मंच भएको बताएका छन् ।

प्रवासमा रहेका नेपाली कांग्रेससँग आबद्ध नेता तथा कार्यकर्ताहरुको संजालले युरोप संयोजकमा बेलायतबाट शेखर कँडेल, सहसंयोजकमा बिजय मोक्तान(जर्मनी, तस्बिर लामा (बेलायत), सचिबमा यमलाल सुबेदी (डेनमार्क), सह-सचिवमा सुरेन्द्र आमगाइ (पोर्चुगल), कृष्णप्रसाद खरेल(बेलायत), कोषाध्यक्षमा बिष्णुमाया अधिकारी (नर्वे), सहकोषाध्यक्ष अन्जु तिमिल्सिना अधिकारी (स्पेन) र सदस्यहरुमा कृष्ण अधिकारी (नेदरल्याण्ड), नारायण दवाडी (लक्जेम्बर्ग), भाबा मल्ल (इटाली), अशोक घिमिरे (पोर्चुगल), हीरालाल सापकोटा (स्पेन) र रामकृष्ण पूडासेनि (स्पेन) रहेका छन् ।

त्यसैगरि अफ्रिका संयोजकमा कृष्णदत्त भट्टलाई तोकिएको छ । जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटाको संचालन रहेको विश्व सञ्जाल अर्न्तगत युरोपको भर्चुअल भेलामा संजालका संयोजक बिष्णु सुबेदी, सिता सापकोटा, कुल आचार्य लगायतका प्रवासमा चर्चा कमाएका ब्यक्ति लगायत केन्द्रिय सदस्यहरु, जनसम्पर्क समितिका सभापतिहरु, पूर्वमन्त्री तथा केन्द्रिय सदस्हरुको उपस्थिति रहेको थियो ।

प्रवासमा रहेरपनि लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने विश्व भरिनै छरिएर रहेका आस्थावान नेपाली कांग्रेसलाई एकत्रितर गर्न र प्रवासका नेपालीहरुले भोगेका समस्याको सम्वोधन र समाधानका निमित्त सञ्जालले अहं भूमिका खेल्ने आयोजकले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया