शुक्रबार, वैशाख १४, २०८१

नमच्चिने पिङका सय झट्का : ‘निगममा आएको १० दिनमैं अनुशासनको १४ बुँदे पाठ’

नेपालप्लस२०७७ कार्तिक ५ गते ०:१६

डेढ हप्ता अघि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको विशेष निगाहमा नेपाल वायु सेवाको महाप्रवन्धक बनाइएका डिम प्रशाद पौडेलले १४ बुँदे अनुशासन पत्र जारी गरेका छन् । पत्र सम्पूर्ण बिभागिय प्रमुखहरुलाई दिइएको बताइएको छ । पत्रका अधिकांश बुँदा अनुशासनमा केन्द्रित छन् । हुन त नेपाल वायुसेवामा बेला बेला अनुशासनका कुराहरु उठ्ने गरेका छन ।

तर पौडेलले उल्लेख गरेजस्तो स्कुले अनुशासनका कुराहरु भने कर्मचारीहरुका पदिय मर्यादालाई हानी पुर्याउने खालका छन् । यदि महाप्रवन्धकले उल्लेख गरेअनुसार नेपाल वायुसेवाका कर्मचारीहरुको अनुशासनको स्तर त्यहाँसम्म पुगेको हो भने त्यस्ता कर्मचारीलाई छिटो भन्दा छिटो अवकाश दिनु पर्ने कतिपय कर्मचारीहरुको राय छ । तर सुकुले अनुशासन सार्वजनिक गरेर कर्मचारीहरुको मानमर्दन गरिएको नेपाल वायुसेवाका एक जना अधिकारी बताउँछन । ति अधिकारिका अनुसार बैठक गरेर छलफल हुनुपर्ने कुराहरु पत्रका रुपमा सार्वजनिक गरिनु उदेक लाग्दो छ । नेपालकै ईतिहासमा सबैभन्दा ठूला भ्रटाचार काण्डले थिचिएको नेपाल वायुसेवासँग दर्जनौं तिता यथार्थ जोडीएका छन् । गिरिजा प्रशाद कोइरालाले उधुम मच्चाएको धमिजा काण्ड र लाउडा काण्ड हुन वा केपी शर्मा ओलिले कोपरेको वाइड बडी काण्ड होस् नेपाल वायुसेवा सँग नमिठो अतित जोडीएको छ ।

सन् १९५८ मा स्थापना भएको यो वायुसेवा १९९० भन्दा पहिलेसम्म नाफामा चलिरहेको थियो । सन् १९८८-८९ को एउटा मात्र रिपोर्ट हेर्ने हो भने त्यो आर्थिक वर्षमा ५४।३ मिलियन अमेरिको डलर बराबरको ब्यापार गरेको थियो । जसमा लगभग १७ मिलियन अमेरिकि डलर नाफा भएको थियो । त्यो बेला करिव २२ सय कर्मचारीलाई रोजगार दिएर देशकै ठूलो रोजगारी दिने कम्पनी र सबैभन्दा धेरै बिदेशी मुद्रा आर्जन गर्ने कम्पनी बनेको नेपाल वायु सेवामा अहिले जम्मा १४ सय छन् । करिव १३ मिलियन अमेरिकि डलर ‘अपरेटिङ कस्ट’ घाटामा छ । नवनियुक्त महाप्रवन्धकले सबैभन्दा पहिले यसको ईतिहास हेर्न जरुरी छ । कर्मचारीलाई अनुशासन सिकाउनु भन्दा पहिले निगमलाई पुन: ‘ट्र्याक’ मा ल्याउनका लागि अनुशासन पत्र भन्दा पनि श्वेत पत्र नै जारी गर्नुपर्ने आवश्यकता छ । तर विशुद्द राजनीतिक स्वार्थका लागि भएको यिनको यो नियुक्तीले त्यस्तो विश्वासको कतै छनक देखिदैन ।

सुरुमा परिचय मात्रै हेरौं— एमाले प्रचार बिभागका सदस्य,नेकपा उद्योग व्यवसायी महासंघ सचिवालय सदस्य, एमालेनिकट विद्यार्थीसंगठन अनेरास्ववियूका नवलपरासी जिल्ला अध्यक्ष, दिव्या हर्वासिटिकलका अध्यक्ष । डिमप्रसाद (प्रकाश) पौडेलको मुल परिचय यहि हो । पेशामा चार्टड एकाउन्टेड भएपनि अहिले डिमप्रसाद नेपाल बायुसेवा निगममा महाप्रबन्धकका रुपमा राजनीतिक नियुक्तीमा टेकेर निगम छिरेका छन् ।

पौडेल बिगतमा चितवन मेडिकल कलेजदेखि नेपाल क्यान्सर अस्पतालसम्म कारिन्दाका रुपमा सेवारत थिए । त्योपनि राजनीतिक आडभरोसकै नियुक्ती थियो । अहिले पर्यटनमन्त्री योगेश भट्टराईको सेवाभक्तिमा लागेबापत उनलाई बायुसेवा निगममा ल्याइएको छ । जसको हालतपनि बिगतका मदन खरेलजस्तै हुने लक्षण उनी आएको १० दिनमैं दिइएको अनुशासनको पाठले देखाएको छ ।

त्यसैगरी पौडेल पोखराको बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिज् प्रालिका प्रमुख कार्यकारी अधिृकत थिए । नक्सालमा रहेको यो कम्पनीले नेपालभर भारतीय कम्पनी आइचरका चार पाङ्ग्रे सवारी साधान बिक्रीको जिम्मा लिएको छ । गत साउनमा पर्यटनमन्त्री भट्टराईले गठन गरेको ‘नेपाल वायुसेवा निगम सुझाव कार्यदलमा पौडेल ५ जनामध्येका एक थिए । सेवाभक्तिमा लागेबापत उनलाई बायुसेवा निगममा ल्याइएको छ । कुनै प्रतिष्पर्धा र प्रतिभाको आधारभन्दा पनि आफू उसैगरी जस्केलाबाट बायुुसेवा निगममा आएर सनातनी स्वरमा ‘निगमलाई फाइदामा लैजान जहाज थप्नुपर्छ’ भन्ने बोली पचाउनमा अभ्यस्त भएका पौडेलले जारी गरेको अनुशासनको आदेश निगमभित्रै विवाद र बहसको बिषय बनिसकेको छ ।

थन्किएका चिनियाँ जहाज वा अर्बौ रुपैंयाको घाटा र गन्तव्य पाउन नसकिरहेको वाइडबडीका बारे केही बोल्न नचाहने वा नसक्ने पौडेलले कुनै सरकारी प्राथमिक बिद्यालयको हेडसर झैं ‘१० बजे आएर ४ बजे विध्यालय छाड्नु’ भन्दैमा उपलब्धी के हुने हो, यसको परिणाम केहि महिनामैं फेला पर्नेछ ।

तपाइँको प्रतिक्रिया