शुक्रबार, वैशाख १४, २०८१

गुप्तचरले खेलाएको नेपाल–भारत सम्बन्ध

नेपालप्लस२०७७ कार्तिक ६ गते २२:४७

काठमाडौं— भारतीय गुप्ताचर संस्था ‘र अ’ प्रमुखले बुधवार मध्यराती प्रधानमन्त्री केपी शर्मा ओली शर्मासँग बालुवाटारमा भेटवार्ता गरेपछि नेपालको राजनीति फेरि एक पटक तरंगित हुन पुगेको छ । प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुख सामन्त गोयल बिचको रहस्यमय भेटघाटको सत्तारुढ दलकै नेताहरुले बिरोध जनाएका छन् ।

नेपाल–भारत सम्बन्धमा राजनीतिक र कुटनीतिक तहमा कटुता कायमैं रहेका बेला यो सम्बन्ध सुधार्ने बहानामा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले छिमेकी देशको प्रधानमत्रीसँग मध्यरातमा गरेको अन्तरंग वार्ताले फेरि पनि नेपाली राजनेताहरुको हैसियत खुलाइदिएको छ । सामान्य कर्मचारी तहको ब्यक्तिसँग सार्वभौम देशको प्रधानमन्त्रिले गरेको यस्तो गोप्य भेटघाट रहस्यमय त छ नै, यसले नेपाली नेताहरुको स्तरमा गहिरो प्रश्न चिन्ह खडा गरेको छ ।

भारत सम्बन्धमा राजनीतिक र कुटनीतिक तहमा कटुता कायमैं रहेका बेला यो सम्बन्ध सुधार्ने बहानामा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले छिमेकी देशको प्रधानमत्रीसँग मध्यरातमा गरेको अन्तरंग वार्ताले फेरि पनि नेपाली राजनेताहरुको हैसियत खुलाइदिएको छ ।

औपचारिक तहमा परराष्ट्र मन्त्रालयले गुप्तचर संस्थाका प्रमुखको नेपाल आगमनबारे केहि थाहा नभएको जनाएको थियो । तर मन्त्रालयकै अनुरोधका आधारमा नागरिक उड्यन प्राधिकरणले बिशेष ‘कुटनीतिक सहुलियत’ मा ‘रअ’ प्रमुख गोयललाई काठमाडौं बिमानस्थलमा स्वागत गरिएको समेत खुलेको छ । गोयलको स्वागतमा बिमानस्थल पुगेका नागरिक उड्डयन प्राधिकरणका एकजना अधिकारी भन्छन- “गोयलको स्वागतका लागि हामीलाई परराष्ट्र मन्त्रालयबाट आग्रह भएको थियो” ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘दाहिने हात’ मानिने ‘रअ’ प्रमुख गोयल यसअघि पनि २०१९ को जुलाइमा नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । यसपटक गोयलले नेकपा अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराइ लगायत सुरक्षा अधिकारिहरुसँग भेटेको जनाइएको छ ।

तर भेटको स्वतन्त्र पुष्टि भएको छैन । सुरक्षा श्रोतले दिएको जानकारी अनुसार आगामी कात्तिक १७ र १८ हुन गइरहेको भारतीय सेना प्रमुख एम एम नरवानेको नेपाल भ्रमणका शिलशिलामा ‘रअ’ प्रमुखको भ्रमण भएको हो । सुरक्षा अधिकारिहरु र प्रधानमन्त्री सँगको भेटघाटमा खास गरेर आफ्ना सेना प्रमुखको भ्रमणका बेला त्यस्ता कुनै पनि भारत बिरोधि गतिबिधी हुन नदिन आग्रह गरिएको बताइएको छ ।

गत वर्ष भारतीय सेना प्रमुख बनाइएका नरवानेको नेपाल भ्रमण माघ १९-२० मा तय भएको थियो । तर कोरोनाका कारण त्यो भ्रमण हुन सकेन । सुरक्षा सहयोग र संस्कृती तथा मैत्री हिसाबले दुबै देशका नवनियुक्त सेना प्रमुखले अर्को देशमा पुगेर त्यहाँका राष्ट्रपतीबाट सम्मान ग्रहण गर्ने परम्परा रहेको छ । तर बितेका पाँच महिनामा धेरै कुरा परिवर्तन भईसकेका छन् । र यि भारतीय सेना प्रमुखको नकारात्मक छबी नेपाली समाजमा गहिरोसँग छापिदै गएको छ ।

यि भारतीय सेना प्रमुखको नकारात्मक छबी नेपाली समाजमा गहिरोसँग छापिदै गएको छ ।

बिगत पाँच वर्ष यता नेपाल भारत सम्बन्ध जटिल मोडमा प्रवेश गरिरहेको छ । अझ लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणका क्रममा भारतीयपक्षले सिमा सम्बन्धमा गरेको बलमिच्याँई नेपालका लागि स्मरणयोग्य रहिरहने छ । यो त्यहि समय थियो, कोरोना महामारिका बिचमा पनि यता नेपालमा सिमा रक्षाका आवाजहरु बुलन्द हुँदै थिए भने उता जेठ २ गते यिनै भारतीय सेना प्रमुख नरवानेको एउटा वक्तब्य आयो -“नेपालले अरु कसैको ईशारामा लिपुलेकको कुरा उठाइरहेको छ” ।

त्यतिबेला यिनले छिमेकी राष्ट्र चिनको नाम त लिएनन् । तर स्पष्ठ भाषामा भने नेपाल चिनको भरोसामा उफ्रीरहेको छ । उनको यो वक्तब्यले भारतीय मिडियामा गतिलो तरंग ल्यायो भने नेपालीको मानशिकतामा गहिरो चोट पुर्यायो ।

खासमा गोयलको भ्रमण आफ्ना सेनापतीको भ्रमण सहज रुपमा सम्पन्न गराउने मात्र रहेको अधिकारीहरुले बताएका छन् ।

तर नेपालसँगको सिमावर्तीदेखि सबै प्रकारका राजनीतिक सम्बन्ध बिग्रिरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गुप्तचर प्रमुखको भेटलाई राजनीतिक रंग दिएर बिज्ञप्ती जारी गरेका छन् ।

बिज्ञप्तीमा उल्लेख छ—‘गुप्तचर प्रमुखले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरुको वार्ताद्धारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडी बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो ।’

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधिनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरित भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ । कूटनीतिक मर्यादा विपरीत छ ।’

यो भेटको तरंगपछि नेकपा नेता एवं पूर्व रक्षामन्त्री भीम रावलले भनेका छन्—‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधिनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरित भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ । कूटनीतिक मर्यादा विपरीत छ ।’

आश्चर्यको कुरा यो छ कि नेपाल–भारतको सम्बन्धमा अब सम्पूर्ण राजनीतिक र कुटनीतिक बिचलन सुधार्ने जिम्मा गुप्तचरलाई दिइएको हो त ? राजनीतिक तह र परराष्ट्र मन्त्रालय तथा अन्य निकायबिच रहेका अनेकौं संयन्त्रहरुको कुनै काम र भूमिकै नरहेजस्तो आश्चर्यमय स्थिति देखिएको छ ।

तपाइँको प्रतिक्रिया