शुक्रबार, वैशाख १४, २०८१

युरोपमा कोरोना संक्रमितको संख्या स्पेनमा सबैभन्दा बढि : १० लाख बढि संक्रमित, संक्रमण रोक्न कर्फ्यु लगाइने

नेपाल प्लस२०७७ कार्तिक ७ गते १५:२३

युरोपको सबैभन्दा शोकाकुल राज्य मध्ये एक स्पेनले कोरोना संक्रमितको १० लाख संख्या पार गरेर झनै शोकाकुल बन्न लागेको छ ।

युरोपमा स्पेन कोरोना संक्रमणको माथिल्लो श्रेणेमा परेपछि त्यहाँ कोरोना संक्रमणकालागि कर्फ्युको आदेशसँगै अझ कडा नियमहरु लागू गरिने तयारि भैरहेको छ ।

स्पेनमा २४ घण्टाभित्रमै १६ हजार नौ सय ७३ संक्रमित भएको पाइएको थियो । हालसम्म कोरोना संक्रमितको संख्या १० लाख पाँच हजार तिन सय पुगिसकेको छ । स्पेनमा कोरोना संक्रमित जनावरि ३१ का दिन क्यानरी टापूमा पहिलो घटना फेला परेको थियो ।

स्पेनमा कोरोनाबाट म्रित्यु हुनेकै संख्या झण्डै ३४ हजार पाँच सय पुगिसकेको छ । गत २४ घण्टामै १६० भन्दा बढिको म्रित्यु भएको छ ।

कोरोना भाईरस शुरु भएपछि त्यसको पहिलो संक्रमणका बेला स्पेनमा एकै दिन ८०० जना सम्मको म्रित्यु भएको थियो । संक्रमितको संख्या हाल दोस्रो छालमा बढि देखिएपनि म्रित्यु संख्याको दर भन् अहिले कम छ ।

तर पहिलो छालमा भन्दा उमेरका हदले संक्रमित हुनेमा कम उमेर हुनेको संख्या बढिरहेको छ । संक्रमितको संख्या ज्यादै बढ्न थालेपछि स्लोभेनिया, फ्रान्स र बेल्जियमले जस्तै स्पेनमापनि कर्फ्युको आदेशसँगै अझ कडा नियमहरु ल्याउने घोषणा स्पेका अस्वास्थ्य मन्त्री स्लाभाडोर इलाले गरेका छन् ।

(फोटो- fr.news.yahoo.com)

तपाइँको प्रतिक्रिया