बिहीबार, वैशाख १३, २०८१

अमर्यादित कार्य भन्दै गेष्ट हाउसको कोठा चहार्ने प्रहरीको काम कति मर्यादित ?

अजवी पौड्याल२०७७ कार्तिक ८ गते १०:४१

‘भक्तपुरका तीन गेष्ट हाउसबाट १४ जना महिला पुरुष प्रक्राउ । अमर्यादित क्रियाकलाप गरेको आरोपमा ठिमी क्षेत्रका गेष्ट हाउसवाट सञ्चालक सहित १४ जना प्रक्राउ ।’ गत शनिवार विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार हो यो । समाचारका हेडलाइन भने सञ्चारमाध्यमका स्तर अनुसार फरक फरक राखिएका थिए । केहि उदाहरण – ‘१४ जना आपत्तिजनक अवस्थामा प्रकाउ ।’  ‘होटलमा गएर मस्ति गर्नेहरु समातीए ।’  ‘परपुरुषसँग लागेका महिला रंगेहात प्रक्राउ ।’ यस्तै अनेक लान्छना लगाइएका शिर्षक उपशिर्षक राखेर १४ जना महिला पुरुषको हुर्मत लिइएको थियो ।

मध्यमस्तरको गेष्टहाउसमा मात्रै प्रहरीले छापा किन हान्छ ? महङ्गा, स्टार, थ्रि स्टार होटलमा जाने सबै जोडी विवाहित मात्रै हुन् त ? स्टार होटलमा चाहिँ अमर्यादित काम नेै हुन्न ? मध्यमस्तरका गेष्टहाउसमा नैतिक आचरण भएका मानिस नेै जान्नन् ?

भक्तपुरको घटना पछिल्लो उदाहरण हो । नैतिक अनुशासन पालना गराउने बहानामा वेलावेलामा प्रहरीले गेष्टहाउसका कोठामा छापा मार्ने कर्म गरिरहेकै छ । कहिले इटहरी बर्सपार्क क्षेका गेष्टहाउसमा प्रहरी पुग्छ त कहिले नारायणगढको पोखरा बसपार्क । कहिले न्युरोड क्षेत कहिले गोङ्गवु, यस्तै अनेक ठाउँ । गेष्टहाउसमा बसेका मानिसहरुको कोठामा जर्वजस्ती प्रवेश गरि धरपकट सँगै प्रक्राउ गरेर आफूलाई मर्यादित काम गरेको सूचना प्रवाह गर्छ । उनीहरुको फोटो खिच्दै, भिडियो बनाएर सञ्चार माध्यममा पठाउँछ । अझ केहि दिन थुनामै राखी पत्रकार सम्मेलन गरेर नामै तोकितोकि सार्वजनीक गर्छ । आफन्त बोलाएर जिम्मा लगाउँछ ।

के तपाइले कहिल्यै सोच्नुभएको छ प्रहरीले गर्ने यस्तो काम कति वैधानिक छ ? कति मर्यादित छ ? प्रहरीले भन्ने गरेको मर्यादाको मापदण्ड के हो ? व्यतिको गोपनीयता र स्वतन्त्रतापुर्वक बाच्न पाउने हकलाई प्रहरीले यसरी कुण्ठित गर्ने कानुनी आधार छ ?

मध्यमस्तरको गेष्टहाउसमा मात्रै प्रहरीले छापा किन हान्छ ? महङ्गा, स्टार, थ्रि स्टार होटलमा जाने सबै जोडी विवाहित मात्रै हुन् त ? स्टार होटलमा चाहिँ अमर्यादित काम नेै हुन्न ? मध्यमस्तरका गेष्टहाउसमा नैतिक आचरण भएका मानिस नेै जान्नन् ? व्यक्तिको निजी स्वतन्त्रतालाई दखल दिँदै कुन पुरुषसँग कुन महिला किन बस्यो वा कुन जोडीले मर्यादा तोडेका छन् भनेर खोतल्नु कत्तिको जायज ? प्रहरीलाई यो छुट कसले दियो ? गेष्टहाउस भित्र मन साटेका छन् या शरिर बेचेका छन् छुट्याउने आधार के हो ?

प्रहरीले गरेको काम राम्रै त होला भनेर हामीले आँखा चिम्लिरहेका हुन्छौं । प्रहरीको यस्तो कार्यले गर्दा धेरै युवायुवती समस्यामा परिरहेका छन् । आफ्ना प्रियजनसँग समय बिताउन कतै प्राइभेट ठाउँमा जाने युवायुवती प्रहरीको निशानामा पर्ने गरेका छन् । आपत्तीजनक अवस्थामा प्रकाउ भन्दै समाचारमा आएकी युवतीले समाजको अगाडि सकरि सामना गर्ली ? उसका आफन्त, छरछिमेक र नातागोताका अगाडी के भनेर मुख देखाउली ?

गेष्टहाउस भित्र मन साटेका छन् या शरिर बेचेका छन् छुट्याउने आधार के हो ?

मर्दका दशवटी भनेर उखान बनाउने हाम्रो समाज व्यवस्था महिलाका पति दश वटा भन्ने उखान बनाउने हिम्मत गरेन । बहुविवाहलाई सहर्ष स्विकार गर्ने समाजले महिलाले परपुरुषसँग बोलेको समेत देखिसहन्न । गेष्ट हाउसमा गएर प्रहरीको फन्दामा परेको पुरुषलाई आफन्तले सजिलै स्विकार गर्लान । तर महिलाको हकमा यो लागू हुँदैन । यहि एउटा कारण हुनसक्छ, उसले जीवनभर चरित्रहिनको पद भिरेर हिँड्नुपर्ने ।

अधिबक्ता सविन श्रेष्ठका अनुसार नेपालको कानुनले बयस्क व्यक्तिहरुबिचको शारिरीक सम्वन्धलाई अपराध मानेको छैन । स्वतन्त्रतापूर्वक जीवन जिउन पाउने अधिकार सबैलाई छ । हरेक व्यक्तिमा गोपनियताको हक पनि सुरक्षित छ । बयस्क व्यक्तिको सहमतीको सम्वन्ध कुनै कसुर तथा अपराध हैन । अपराध नै नभएपछि प्रहरीले छापा मार्न पाउने सवाल नै रहेन । तर प्रहरीले नभएको कानुनी अधिकारमा टेकेर जोडी पक्राउ गर्ने कार्य रोकेको छैन ।

श्रेष्ठ भन्छन्,‘विवाहित व्यक्तिहरुले परपुरुष वा परस्त्रीसँग सम्वन्ध कायम गर्नु अपराध नभएपनि सम्वन्ध विच्छेदको आधार चाहिँ बन्न सक्छ । दुई बयस्क बिचको सम्वन्धले अर्को पक्षलाई कुनैपनि रुपमा असर गर्नुहुँदैन ।

व्यक्तिको सम्वन्ध कहाँ कहाँ हुन्छ र सम्वन्धमा के के गर्छन भनेर भनेर खोज्ने काम प्रहरीको हैन । गेष्टहाउसमा छापा मार्ने काम वैधानिक तथा कानुन अन्तर्गत छैन । कुनै पनि कानुनले उनीहरुलाई यो अधिकार प्रदान गर्देन । फेरि गेष्टहाउसमा जोडी मात्रै जान्छन् भन्ने पनि त छैन । नैतिक मर्यादा खोज्ने प्रहरीले गोप्य कोठामा जवर्जस्ति पस्नु अमर्यादित काम हो भनेर बुझ्न जरुरी छ । प्रहरीका काम कानुन कार्यान्वयन गर्नु हो न कि नैतिक शिक्षाको नाममा अनैतिक कामलाई बढावा दिनु । प्रहरी कहिल्यै पनि नैतिकताको ठेकेदार बन्न मिल्दैन ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत गेष्टहाउसमा देह व्यापार हुन्छ भन्ने आंशकाले प्रहरीले सोधपुछ गर्ने गरेको बताउँछन् । उनका अनुसार शंका लाग्यो भने जसलाई पनि सोधपुछ गर्न पाउने प्रहरीको संवैधानिक अधिकार छ । तर कुन कानुनको कुन दफा उपदफामा यो व्यवस्था राखिएको छ ? भन्ने बारेमा जानकारी दिन सकेनन् ।

उनी अगाडी भन्छन्, ‘प्रहरी कार्यालयमा जाने सबै अपराधी होइनन् । शंका लागेका व्यत्तिलाई सोधपुछ गर्न प्रक्रेर ल्याइने गरेको छ । कुनै पनि सुराग नभेटाई प्रहरी त्यसै जाँदैन । सार्वजनिक ठाउँमा नैतीक मर्यादा हनन् हुने काम गर्न पाइँदैन । नेपालको कानुनले देशव्यापार गर्न छुट दिएको छैन । प्रहरीले गल्ति गरेको छ भने प्रहरी विरुद्ध कानुनी उपचारमा जान सकिन्छ नी ! समाजमा अमनचयन र शान्ति फैलाउनु प्रहरीकोे जिम्मा र कर्तव्य हो । ”

व्यक्तिको सम्वन्ध कहाँ कहाँ हुन्छ र सम्वन्धमा के के गर्छन भनेर भनेर खोज्ने काम प्रहरीको हैन । गेष्टहाउसमा छापा मार्ने काम वैधानिक तथा कानुन अन्तर्गत छैन । कुनै पनि कानुनले उनीहरुलाई यो अधिकार प्रदान गर्देन ।

प्रहरी प्रवक्ता कडायतले गेष्टहाउसमा देहव्यापार हुने तथ्यविहिन आरोप लगाए । हरेक जिल्ला तथा प्रहरी कार्यालयमा नयाँ प्रमुख फेरिएर जानासाथ आफ्नो ‘पावर शो’ गर्न गेष्टहाउसमा छापा हान्ने गर्छन् । यदि सबै गेष्टहाउस देहव्यापारको अखडा हो भने यसको स्थाई समाधानतर्फ किन लाग्दैन प्रहरी ? अनैतिक काम हुने सुइँको पाएको प्रहरीले अन्य समयमा किन चुप बस्छ ? त्यस्ता ठाउँहरुमा अन्य तरिकाले निगरानी गरिरहनुपर्ने हैन र ? कि कुनै पनि ठाउँमा नयाँ प्रहरी अधिकृत जाने समयमा मात्रै गेष्टहाउसमा अनैतिक कार्य हुने हो ?

सहमतिको सम्वन्धलाई प्रहरीले अपराध करार गर्न नमिल्ने यर्थाथलाई लत्याउँदा केहि दिन अघि रौतहटकी एक महिलाले ज्यान गुमाउनुपर्यो । रौतहट गुजरा २ कटानीबजारकी राधिका राउतको गरुडास्थित प्रहरी कार्यालयमा मृत्यु भयो । परपुरुषसँग सम्वन्ध राखेको आरोपमा उनलाई श्रीमान लगायतका गाउँले मिलेर कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । राधिकालाई स्थानीय सम्राट तामाङसँग सम्वन्ध राखेको आरोप लगाइएको थियो । अधिबत्ता श्रेष्ठ भन्छन्, “यो मुद्धामा महिलालाई प्रक्राउ गर्न र हिरासतमा राख्न मिल्दैनथ्यो । कुटपिटबाट गम्भिर भएकी महिलालाई अस्पतालमा लैजाने हो न कि हिरासतमा । यहाँनेर प्रहरीको कमजोरी देखिन्छ । विवाहइत्तर सम्वन्ध अपराध हैन ।”

हरेक जिल्ला तथा प्रहरी कार्यालयमा नयाँ प्रमुख फेरिएर जानासाथ आफ्नो ‘पावर शो’ गर्न गेष्टहाउसमा छापा हान्ने गर्छन् । यदि सबै गेष्टहाउस देहव्यापारको अखडा हो भने यसको स्थाई समाधानतर्फ किन लाग्दैन प्रहरी ? अनैतिक काम हुने सुइँको पाएको प्रहरीले अन्य समयमा किन चुप बस्छ ?

नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरी सहमतिमा गेष्टहाउसमा गएर बस्नुलाई गलत रुपमा हेर्न नहुने तर्क राख्छन् । व्यत्तिको गोपनियताको अधिकार संरक्षण गर्नु प्रहरीको दायित्व पनि हो । अनावस्यक विषयमा चासो दिँदा प्रहरीको समय र जनशक्ति खेर गैरहेकोमा ध्यान दिनुपर्छ ।

उनका अनुसार उनीहरुको कार्यले अरुलाई असर परेको छैन र कुनै गलत प्रभाव देखिएको छैन भने प्रहरीले प्रक्राउ गर्नु गलत हो । तर कुनै पनि ठाउँ विशेषमा व्यावसायिक रुपमा यौन धन्दा चल्ने गरेकाले त्यहांँको समाज र टोलमा नै असर गर्न पुगेको अवस्थामा प्रहरीले नियन्त्रणका लागि आवस्यक निगरानी गर्नुपनि जायज नै हो ।

प्रहरीले भन्ने गरेको नैतिक अनुशासनको परिभाषा आफैँमा अपूर्ण छ । गरिव, निम्नवर्गीय मानिसहरु जाने गेष्टहाउसमा मात्रै नैतिकता खोज्ने काम निरङकुस शासन व्यवस्थामा मात्रै हुन्छ । यो दमनको अर्को रुप हो । कानुन सबै जनताका लागीगि समान रुपमा पालना गरिनुपर्छ । संभ्रान्त वर्गलाई गोपनियताको अधिकार हुने, स्वतन्त्रताको अधिकार हुने तर गरिव जनतालाई समान विषयमा सार्वजनिक बेइज्जत गरिने कार्य कसैगरि पनि मर्यादित छैन । होटल जुनसुकै स्तरको होस त्यहाँ जाने सबै जोडीलाई लाग्ने नियम समान हुनुपर्छ । समान खालको निगरानी बढाउन जरुरी छ ।

(फोटो साभार- जाग्रन् डटकम)

तपाइँको प्रतिक्रिया