बुधबार, वैशाख १२, २०८१

ईटालीमा कर्फ्यु तोड्दा प्रहरी र आक्रमणकारिबिच भिडन्त : प्रहरीमाथिनै अश्रुग्याँस र ढुंगामुँढा प्रहार

नेपाल प्लस२०७७ कार्तिक ८ गते ११:५५

ईटालीको नापोली शहरमा प्रहरी र स्थानियबिच झडप भएको छ । कोरोना भाईरसलाई नियन्त्रण गर्न जारि गरिएका नियमहरु स्थानियले तोडेपछि प्रहरी र आन्दोलनकारिबिच दोहोरो हानाहान भएको हो । आन्दोलनकारीले प्रहरीमाथिनै अश्रुग्याँस र मिसाईल प्रहार गरेका छन् ।

कम्पानिय क्षेत्रमा कोरोना भाईरसको संख्या अत्यधिक बढेपछि स्थानिय निकायले हिजो त्यस क्षेत्रलाई बन्द गर्ने निर्णय गरेको थियो । आफ्नो स्वतन्त्रता हनन् भएको भन्दै सरकारी नियमको उल्लंघन गरेर प्रदर्शनकारिहरुले प्रहरीमाथि अश्रु ग्याँस र अन्य मिसाईलहरु प्रहार गरेको स्थानिय मेडियाहरुले उल्लेख गरेका छन् ।

प्रहरीले मात्रै पाउने मिसाईल कसरि सर्वसाधारणको हातमा पुग्यो भन्ने चाहिँ समाचारमा स्पष्ठ छैन ।

इन्साईड वाल्स स्पोर्टका अनुसार आक्रमणकारिहरुले त्यहाँका स्थानिय प्रशासनिक केन्द्रमाथि पनि हमला गरि तोडफोड गरेका छन् ।

नापोली क्षेत्रमा स्थानिय प्रशासनले निशेधाज्ञा जारि गरेको थियो । सरकारी निशेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले तिनलाई नियन्त्रण गर्न खोज्दा दोहोरो झडप भएको हो ।

घटनाका प्रत्यक्षदर्शी ज्याकोब वान्डरिसले आफ्नो ट्विटरमा राखेको भिडियोमा अवस्था ‘नियन्त्रण बाहिर’ पुगेको उल्लेख छ । हजारौं मिलेर त्यहाँको स्थानिय सरकारी भवनहरु तोडफोड गरेको उल्लेख गर्दै भिडियो राखिएको छ ।

मुखमा मास्क लगाएका हजारौं प्रदर्शनकारीले कोरोना भाईरस बिरुद्दका सरकारी नियम तोडेर नाराबाजि गर्दै शहर परिक्रमासमेत गरेका थिए ।

सामूहिक प्रदर्शनीमा ‘फ्रिडम फ्रीडम” भन्ने नारा लगाएको सामाजिक सन्जालमा राखिएका भिडियो फुटेजहरुमा सुनिन्छ ।

प्रदर्शनकारीकै पक्षमा रहेको स्थानिय रेडियो साभानाले “सबै नाप्लेस (नापोलिका वासिन्दा) बिद्रोही” भन्दै उल्लेख गरेको इनसाईड वेल्स स्पोटले उल्लेख गरेको छ ।

त्यहाँ लगाइएको कर्फ्यु राती ११ बजे प्रदर्शनकारीले तोडेका थिए । शहरमा अश्रु ग्याँसको मुस्लो डढेलो सल्किएझैं देखिएको थियो ।

प्रदर्शनकारीहरुले नापोलीका अतिरिक्त काम्पानिय क्षेत्रको सालेर्नो, नोसेरा लगायतका अन्य शहरमापनि प्रदर्शन गरेको मेडियाहरुले उल्लेख गरेका छन् ।

स्थिति गम्भिर बनेपछि काम्पानिय क्षेत्रका प्रमुख भिन्सेन्जो द लुकाले रातभरि कर्फ्युको आदेश दिएका हुन् । उनले शैक्षिक केन्द्रहरु बन्द गर्ने आदेश दिएका छन् । उनले अब कम्तिमा एक महिनादेखि ४० दिन सबै बन्द गरेर कोरोना भाईरस नियन्त्रणको उपाय अपनाउनुपर्ने तर्कपनि गरेका छन् ।

तपाइँको प्रतिक्रिया