शुक्रबार, वैशाख ७, २०८१

कोरानाको मुखमा क्वाप्लाक्कै अहिलेको दशैं

नेपालप्लस२०७७ कार्तिक ७ गते ११:५९

काठमाडौं— नेपाली हिन्दू तथा बौद्ध धर्मावलम्बीले समेत मान्ने सबैभन्दा ठूलो पर्व बडादशैं यो पटक कोरोनाको संक्रमणले क्वाप्लाक्कै पारेको छ  । देशका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजा सहित सबैले दशैं आ–आफ्ना घरभित्रै बसेर मनाउने निधो गरेसँगै र मुख्य मठ–मन्दिरमा पनि कोरोना कहरकै कारण पाठपूजा नहुने सार्वजनिक भएको छ ।  बली समेत नचढ्ने निर्णय भएसँगै काठमाडौं उपत्यकामा दशैंको कुनै रमझम देखिएको छैन ।

आश्चर्य के छ भने हरेक वर्ष दशैंका बेलामा १२ देखि १५ लाखसम्म सर्वसाधारण काठमाडौं बाहिर आ–आफ्ना घरमा जाने गरेको अभिलेख भएपनि योपाला मुश्किलले डेढ लाख नागरिकले काठमाडौं छाडेको तथ्यांक छ । यसपाला घर जाने होडमा यातायातमा प्रि–टिकटको व्यवस्था समेत तय गरिएन । दशैंको सिजनमा समेत गाडी र प्लेन खालीखाली देखिन्छन् ।

अक्टोबर १७ (कात्तिक १) मा सुरु भएको दशैंमा घटस्थापनाको साइतदेखि बजारमा भीड र जात्रापर्वको लामो सिलसिला रहने भएपनि यसपटक सबैले घरैभित्र जात्रा मनाएका छन् । कोरोना संक्रमणमा दैनिक ५ हजारसम्म मानिस संक्रमित
भएको र मृतकको संख्या १ हजार छेउ पुग्न लागेका बेला आएको दशैं उत्सवमा न  रौनक छ, न सरोकार । यसरी इतिहासमैं पहिलोपटक संसारभर फैलिएको महामारीको चपेटामा दशैं–तिहारजस्ता पर्व पनि परेको छ । यसवर्ष दशैंको टीका कात्तिक १०(अक्टोबर २६) मा परेको छ भने कोजाग्रत पूर्णिमा अक्टोबर ३० मा परेको छ ।

दशैंमा अनन्त शक्तिस्वरुप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । दशैंका नवरात्रभर घरघरमा र देवीका मन्दिरमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । दुर्गा सप्तशती चण्डी
पाठसमेत गरिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक