शनिबार, मंसिर १३, २०७७

युद्ध मैदानमा पसेजस्तो जनमत संग्रह घोषणा अघिको त्यो समय

गृहमन्त्रीनै भाग्नुपर्ने अवस्था

अच्युतकृष्ण खरेल२०७७ कार्तिक ९ गते ११:१०

पूर्व आइजिपी अच्युत क्रिष्ण खरेल

चितवनको जिल्ला प्रहरी प्रमुख भएर १८ महिना काम गरेपछि २०३१ सालमा मेरो पुन: प्रहरी तालिम केन्द्रमै सरुवा भयो । त्यति इबेला तालिम केन्द्रको प्रमुख एसपी दर्जा थियाे । तालिम केन्द्रको प्रमुखलाई कमाण्डेन्ट भनिन्थ्यो । समय बित्दै जाँदा तालिम केन्द्रबाट क्रमिक रुपमा, तालिम कलेज हुँदै हाल पुलिस एकेडेमी भएको छ । यहाँ प्रमुखको रुपमा अतिरिक्त प्रहरी महानिरिक्षक रहने ब्यवस्था छ । चार वर्ष म प्रशिक्षकको रुपमा बसेँ त्यहाँ । २०३५ साल भाद्र १९ गतेको निर्णय अनुसार मेरो डीएसपीमा पदोन्नति भयो ।

म प्रशिक्षार्थी छँदा तालिम केन्द्रको प्रमुख दुर्लभ कुमार थापा हुनुहुन्थ्यो । मेरो पोस्टिङ जनकपुर अंचल प्रहरी कार्यालयमा थियो । प्रशिक्षाण सकिएपछि म जनकपुर जानुपर्ने थियो । तर उहाँले खरेल तालिम केन्द्र मै चाहिन्छ भनेर त्यहिँ राख्नुभयो । मसँग डेढ वर्ष चितवन बस्नुबाहेक जिल्लामा काम गरेको अरु अनुभव थिएन । आफ्नो योग्यता र क्षमता देखाउने भनेको जिल्लामै हो । त्यसैले हरेक प्रहरी अधिकृत जिल्ला जान चाहन्छ । म पनि चाहन्थें । मेरो डीएसपीमा पदोन्नति हुँदा दुर्लभ कुमार थापा ज्यु आइजीपी भइसक्नु भएको थियो ।

मलाई एक किसिमको ‘फ्रस्टेशन’ जस्तो भो । एक महिनाअघि सरुवा माग्दा नदिने । तालिम केन्द्रमा तेरो विकल्प छैन भन्ने । अहिले फेरि आजको आजै जा भन्ने । फेरि चितवन अर्को एक जना डिएसपी साबको कमाण्डमा थियो । ‘यति सारो पेल्न त भएन नि’ जस्तो भयो । शेरचन साबलाई भनें “निकै गाह्रो पो हुने भो त पुलिसमा जागिर खान । मलाई त पेलेको पेल्यै गरे । जागिर खान दिँदैनन् क्यारे” ।

मलाई निकै मायाँ गर्ने मान्छे आइजीपी हुनुहुन्छ । मैले जिल्लामा काम गर्दापनि राम्रै गरेको अनुभूती भएकोले म प्रधान कार्यालय गएँ रिपोर्ट गर्न । “मलाई चितवनले मात्रै जिल्लाको अनुभव पुगेको छैन । बाहिर जिल्लामा सरुवा गरिदिनु पर्‍यो” भनें । तर उहाँले “तालिम केन्द्रमा तिम्रो विकल्प छैन । सरुवा हुँदैन” भन्नुभो । एक पटक त रिस पनि उठ्यो । मानविय कमजोरी । तर आइजी साबले त्यसो भनेपछि सवाल जवाफको कुनै गुन्जायस हुँदैन । फौजको मर्यादा हुन्छ । आदेश पालन गर्नु नै अनुशासन हो । कुरो सकियो । म गह्रुङ्गो मन लिएर तालिम केन्द्र फर्कें ।

एक दिन के भयो भने, म प्रशिक्षार्थी लिएर तालिम गराउन नाराणस्थान गएको थिएँ । ६-७ घण्टाको अभ्यास थियो । मलाई “तुरुन्त आउनु” भनियो । मेरो तत्कालिन कमाण्डेन्ट ईन्द्र बहादुर शेरचन हुनुहुन्थ्यो । उहाँले “खरेल साब तालिम केन्द्र जाउँ” भन्नु भो । म अलमल परें । यसरि अचानक तुरुन्तै फर्किनु भन्ने आदेशले मनमा कुरा खेल्नु स्वभाविक पनि हो । गाडीमा बसेपछि उहाँले भन्नु भो ‘खरेल साब तपाईं चितवन जानुपर्ने भन्ने आदेश छ आजै ।’

यो सुनेपछि मलाई एक किसिमको ‘फ्रस्टेशन’ जस्तो भो । एक महिनाअघि सरुवा माग्दा नदिने । तालिम केन्द्रमा तेरो विकल्प छैन भन्ने । अहिले फेरि आजको आजै जा भन्ने । फेरि चितवन अर्को एक जना डिएसपी साबको कमाण्डमा थियो । ‘यति सारो पेल्न त भएन नि’ जस्तो भयो । शेरचन साबलाई भनें “निकै गाह्रो पो हुने भो त पुलिसमा जागिर खान । मलाई त पेलेको पेल्यै गरे । जागिर खान दिँदैनन् क्यारे” ।

त्यतिबेला गृहमन्त्री केदारमान ब्यथित हुनुहुन्थ्यो । एयरपोर्ट पुगेपछि के थाहा भयो भने चितवनमा बहुदलबादिहरुले उहाँको गाडी घेरेछन । हुटिङ गरेर त्यत्तिकै भाग्नुपर्ने अवस्था बनाएछन् । गाडीमा तेल समेत हाल्न दिएनछन् । उहाँ मुस्किलले काठमाडौं आउनुभएछ ।

उहाँले एकै छिन सोचे जस्तो गरेर भन्नु भो- “यो तपाईंले कसरि सोच्नुहुन्छ भन्ने कुरा हो । तर यसलाई सकारात्मक रुपमा लिनुभयो भने परिणाम सकारात्मक नै हुन्छ । हेर्नुस् यहाँँ यति धेरै डीएसपी हुँदाहुँदै तपाईंलाई किन रोजियो । हो त्यो कुरालाई सकारात्मक रुपमा लिनुहोस्” । मैले पनि यसो सोचें- कुरो त ठिकै हो । तर अचानक यसरि किन जानुपर्‍यो ।

त्यतिबेला देशब्यापी रुपमा बहुदल पक्षधर र पंचायत पक्षका मान्छेबिच झडप भएका समाचार आइरहेका थिए । सुरक्षा ब्यवस्थामा कडा चुनौती थियो । चितवनमा त्यस्तै केहि भएको हुनुपर्छ भन्ने लाग्यो । तालिम केन्द्रमा आएपछि एसपी साबले “एयरपोर्टमा २ वटा जहाज तयार छन्, गैहाल्नुस्” भन्नु भो । थप मद्दत भनिएकोले मैले एउटा सानो एयर ब्यागमा एक जोर कपडा, ब्रस र मन्जन मात्र हालेर हिंडें ।

त्यतिबेला गृहमन्त्री केदारमान ब्यथित हुनुहुन्थ्यो । एयरपोर्ट पुगेपछि के थाहा भयो भने चितवनमा बहुदलबादिहरुले उहाँको गाडी घेरेछन । हुटिङ गरेर त्यत्तिकै भाग्नुपर्ने अवस्था बनाएछन् । गाडीमा तेल समेत हाल्न दिएनछन् । उहाँ मुस्किलले काठमाडौं आउनुभएछ । त्यसैबेला गृहमन्त्री ज्युलाई कसैले भन्दिएछ यो ‘सिचुएशन’ लाई डीएसपी खरेलले नियन्त्रण गर्नसक्छ । उहाँले आइजी साबलाई ‘खरेल भन्ने को हो तुरुन्त चितवन पठाउनपर्‍यो’ भनेपछि आइजी साबले मलाई आदेश दिनु स्वभाविक भयो ।

चितवन पुग्दा त म आश्चर्यमा परें । हेर्छु अंचलाधिस रत्न बहादुर गुरुङपनि त्यहिँ । डीआइजी साबपनि त्यहिँ । अंचल एसपी पनि त्यहिँ । जिल्ला भरिका चौकीका करिव दुई सय पुलिस सबै त्यहिँ । जिल्लाभरिका चौकी उठेछन । प्रहरी सबै जिल्ला सदरमुकाम भरतपुरमै थुप्रिएका । मलाई त्यहाँको वस्तुस्थितिका बारेमा छोटो ब्रिफिङ गरेर आगामी कार्ययोजना बनाउन भनियो ।

पहिले त म नारायणघाट जान्छु भनें । तर अंचलाधिस ज्यूले “हमला हुनसक्छ नजानुस्” भन्नु भो । “म बहुदलबादी नेताहरुलाई ब्यक्तिगत रुपमा चिन्छु । अधिकांश बजारियाहरुलाई पनि चिन्छु । कसरी सांघातिक हमला गर्लान ?” भनें ।

अंचलाधिस रत्नबहादुर ज्यूले मलाई एउटा कागजमा सहि गरेर ‘त्यस्तै परिस्थिति आए गोलीसम्म हान्नसक्ने’ ब्योहोराको पत्र दिनुभयो । म १५-२० जना पुलिस लिएर बजार घुमेर आएँ । त्यस्तो केहि भएन । नारायणघाटको चौकी पनि हटेको रहेछ । त्यत्रो बजारमा एउटा पनि पुलिस छैन । त्यो बेला चौकीहरुको अवस्था कस्तो थियो भने हवल्दारको कमाण्डमा जम्मा ५ जना पुलिस हुन्थे । म नारायणघाटबाट फर्केर आएपछि इन्स्पेक्टरको कमाण्डमा ५० जना जति पुलिस राखेर चौकीहरु पूनर्स्थापना गर्नपर्‍यो भनें । त्यस्तो भएपछि सरकारको उपस्थिती बलियो देखिन्छ । उछ्रिङ्खल गतिबिधी गर्नेहरु हच्किन्छन् ।

यो सुनेपछि अंचलाधिस खुशी हुनुभो । मलाई काममा लाग्न भन्नु भयो । आइजी साबले पनि यो कुरा थाहा पाउनु भएछ । भोलिपल्ट बिहान मलाई प्रहरिको संचार सेटमा बोलाउनु भयो । र भन्नु भो- ” अच्युत तिमीले काम गर्न सक्छौं” ? मैले भने- “किन नसक्नु ? तर मलाई ७ जना जति राम्रा इन्स्पेक्टर पठाइदिनुस” ।

उता जनकपुरमा के भएछ भने अंचल प्रहरी कार्यालय नजिकै होहल्ला गर्दै ठूलो जुलुस आएछ । रातको समयमा मसाल बालेर आएको त्यो जुलुस प्रहरी कार्यालयबाट हेर्दा दसौं हजार जस्तो देखिनु सामान्य नै भयो ।  त्यहाँ एकजना सिनियर अफिसर थिए पाण्डे थरका । त्यो जुलुसले अब मलाई मार्ने भयो भन्ने सोचे कि !   आफैँले भिरेको पेस्तोलले गोली हानेर आत्महत्या गरेछन् ।

उहाँले के सोच्नुभयो कुन्नी ! डीआइजी साबलाई फर्काइदिनु भयो र त्यसै दिन पाँच जना इन्स्पेक्टर पठाइदिनु भो । मैले आफ्नो काम अघि बढाएँ । करिव २ हप्तामा सबै अवस्था लगभग सामान्य भयो । म त त्यहाँ थप मद्दतको लागि गएको थिएँ । अवस्था सामान्य भएपछि त फर्किनुपर्‍यो । मैले आइजी साबलाई फोन गरें बिहान । ‘काम सकियो फर्किनुपर्‍यो’ भनेर ।

सिराहामा हिंसात्मक घटनाभएका छन् । तपाईं पूर्व क्षेत्रको डीआइजी डीवी लामा ज्युलाई रेपोर्ट गर्ने गरेर १० बजे भित्र हिंड्नुस् भनेर आदेश दिनुभयो । मेरो मानशिक अवस्था कस्तो भो होला ? “स्यावास, अब काठमाण्डौं आइज भन्नुहुन्छ” भनेको त उल्टो । फौजको आफ्नो अनुशासन हुन्छ । प्रमुखको आदेश पालना गर्नुको विकल्प हुँदैन । जानु त पर्‍यो तर केमा जाने ? प्रहरीसँग गाडी छैन । ३० जना प्रहरी लिएर जान ठूलै गाडी चाहियो । सोचें, अब के गर्ने ?

म जिल्ला प्रहरी प्रमुख हुँदा नहरको एकजना इन्जिनियर साबसँग चिनजान थियो । असल मान्छे । नहर हामीहरु भन्दा ‘वेल इकुप्ट’ थियो । उनिहरुसँग ठूला ठूला डम्फर थिए । मैले उहाँलाई “यस्तो आदेश भयो । मलाई गाडी दिन पर्‍यो, सिराहासम्म जाने” भनें । तेल पनि कसलाई हाल्दिन भन्ने, उहाँलाई नै भनें । मेरो मित्रताको कारण उहाँले तेल पनि हल्दिनु भो । गाडी पनि दिनु भो । तुरुन्तै ३० जना पुलिस लिएर म सिराहा हिंडें ।

पथलैया पुगेर चिया खान गाडी रोकेर यसो ओर्लेको थिएँ, बयलवासबाट मेरो एकजना दाईपर्ने आउँदै हुनुहुदो रहेछ । भेट भयो । “कहाँ जान लागिस ?” भनेर सोध्नु भो । ‘सिराहा जान लागेको’ भनें । उहाँले ‘जंगलको बाटो एकदम खतरा छ । ठाउँ ठाउँका पुलमा आगो बालेका छन् । जताबाट पनि गोली आउन सक्छ । होसियार भएर जानु’ भन्नु भो । मैले त्यो डम्फरको चारैतिर चार जना स्मार्ट केटाहरु राखें । म्यागाजिनमा गोली भरेर । उनिहरुलाई ‘जताबाट गोली आउँछ उतै फायर गर्नु’ भन्ने आदेश दिएँ ।

बाटोमा त धेरै पुलहरुमा आगो लागेको रहेछ । जताततै सुनसान, डरलाग्दो वातावरण । राती ९ बजे सिराहाको सदरमुकाम पुगियो । त्यहाँ जाँदा के थाहा भो भने सिराहाको नेपाल-भारत बोर्डरमा माडर भन्ने ठाँउमा चौकी थियो । त्यो चौकीमा आक्रमण गरेर प्रहरी जवानको हत्या गरेका रहेछन् । निकै तनावको अवस्था रहेछ ।

मैले त्यो डम्फरको चारैतिर चार जना स्मार्ट केटाहरु राखें । म्यागाजिनमा गोली भरेर । उनिहरुलाई ‘जताबाट गोली आउँछ उतै फायर गर्नु’ भन्ने आदेश दिएँ ।

देशभरि पंचायत बिरोधी गतिविधी चलिरहेका थिए । धेरै ठाउँमा प्रहरी माथि आक्रमण भएका थिए । त्यहाँ प्रमुख जिल्ला अधिकारी महेश्वर शर्मा हुनुहुन्थ्यो । निकै भद्र तथा सालीन ब्यक्ति । तर आवश्यक परे कडा निर्णयपनि गर्नसक्ने । सहि समयमा जस्तोसुकै निर्णय पनि गर्न नडराउने निडर ब्यक्ति । धेरै काविल ब्यक्ति हुनुहुन्थ्यो महेश्वरजी । उहाँसँग जिल्लाका सूचना प्राय : हुन्थे ।

पुलिस नै मारिएको हुनाले हामीले गाउँ गाउँमा ब्यापक सर्च अभियान शुरुगर्यौं । गाउँलाई घेरेर सयौं मानिस पक्राउ गर्ने, चौरमा राखेर सोधपुछ गर्न थाल्यौं । त्यतिबेला बिजुली थिएन । मइन्टोल बालेर काम गर्यौं । डीआइजी आफैँ खटिनु हुन्थ्यो । निकै मिहेनत गरेर काम गर्यौं । पक्राउ परेका मान्छेहरुलाई सोधपुछ गर्दै गयौं । मलाई केन्द्रबाट नेपाल भारत सिमामा पेट्रोलिङ गर्दै तिनै मसँग गएका ३० जना पुलिस लिएर पैदाल जनकपुर जानु भन्ने आदेश आयो ।

अझै केही ठाउँमा हिंसात्मक गतिविधी रोकिएका थिएनन् । प्रहरी माथि आक्रमण भइरहेको थियो । स्थिति अझै सामान्य बनिसकेको थिएन । प्रमुख जिल्ला अधिकारीले “होइन खरेल साब त अझै यहिँ चाहिन्छ” भनेर केन्द्रसम्म कुरा पुर्‍याउनु भएछ । त्यसपछि मलाई ‘अर्को निर्णय नहुन्जेलसम्म त्यहिँ बस्नु’ भन्ने आदेश आयो ।

उता जनकपुरमा के भएछ भने अंचल प्रहरी कार्यालय नजिकै होहल्ला गर्दै ठूलो जुलुस आएछ । रातको समयमा मसाल बालेर आएको त्यो जुलुस प्रहरी कार्यालयबाट हेर्दा दसौं हजार जस्तो देखिनु सामान्य नै भयो । राती ठ्याक्कै मान्छे ठम्याउनसक्ने कुरापनि भएन । भएछ के भने त्यहाँ एकजना सिनियर अफिसर थिए पाण्डे थरका । नाम चाहिँ मैले बिर्सें । त्यो जुलुस देखेर उनले के सोचे कुन्नी, त्यो जुलुसले अब मलाई मार्ने भयो भन्ने सोचे कि ! त्यसको सामना गर्नुको सट्टा कार्यालय भित्रै आफैँले भिरेको पेस्तोलले गोली हानेर आत्महत्या गरेछन् ।

शक्तिको प्रयोग मात्रैले स्थिती नियन्त्रणमा आउने अवस्था थिएन । त्यसैले सुरक्षा निकाय लगायत अन्य पक्षले पनि राजनितिक समस्या भएकोले राजनीतिक रुपमै यसको समाधान खोजिनुपर्ने सुझाव सरकारलाई दिएका थिए ।

यो घटना भइसकेपछि मलाई मात्र जनकपुर जानु भनेर आदेश आयो । समग्रमा कस्तो भएको थियो भने तराईका जिल्लाहरुमा स्थिति निकै भयावह भएको थियो । पुलहरु भत्काइएका थिए । प्रहरी कार्यालयहरुमा आक्रमण शुरु भएको थियो । पंचायत समर्थक र बहुदलबादिहरुका बिचमा झडप भएका थिए । यस्ता कृयाकलाप अधिराज्यभरी नै भएका थिए । स्थिति असामान्य बन्दै गइरहेको थियो । शक्तिको प्रयोग मात्रैले स्थिती नियन्त्रणमा आउने अवस्था थिएन । त्यसैले सुरक्षा निकाय लगायत अन्य पक्षले पनि राजनितिक समस्या भएकोले राजनीतिक रुपमै यसको समाधान खोजिनुपर्ने सुझाव सरकारलाई दिएका थिए ।

म जनकपुर हिँड्ने अघिल्लो दिन जनमत संग्रह घोषणा भयो । यसपछि बिस्तारै अवस्था सुध्रिँदै गयो । हिंसात्मक गतिबिधी कम भए । मसँग गएका केटाहरु २ महिनापछि मात्र काठमाडौं फर्के । त्यत्रो २ महिनासम्म उनिहरुले आफ्ना वर्दी फेर्न पाएनन् । वर्दी धोएर लगाउनसम्म पाएनन् । कति कति बेला त आफूले लगाएको हेल्मेट मै खाना खानुपर्ने अवस्था पनि आयो । युद्ध मैदानमा पसे जस्तो भएको थियो त्यो बेला ।

तपाइँको प्रतिक्रिया

फेसबुक