मंगलबार, वैशाख ११, २०८१

स्विजरल्याण्डमा केहि प्रान्तका अस्पत्ताल भरिनै लागे, स्वास्थ्यकर्मीले संसद घेराउ गर्ने

नेपाल प्लस२०७७ कार्तिक १० गते १२:१५

स्विजरल्याण्डमा कोरोना भाईरसको संक्रमणमा डटेर काम गरेका स्वास्थ्यकर्मीहरुको थकान, मानसिक तनाव र स्वास्थ्य नसुध्रिँदै फेरि अर्को तनावपूर्ण अवस्था देखिएको छ । पहिलो लटको कोरोना भाईरसका बेला ज्यानको बाजि लगाएर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीहरुको अवस्था अझै सुध्रिएको छैन । कतिपय तनाव, थकान, मानसिक पिडा र विरामी परेका थिए । ति मध्ये धेरैको अवस्था सामान्य भैसकेको छैन । तर हाल कोरोना भाईरसको दोस्रो छाल आएपछि ति फेरि तनावपूर्ण अवस्थामै काममा जोतिनुपर्दा स्वास्थ्य क्षेत्रमा गम्भिर समस्या देखिनसक्ने चेतावनी स्विस सोसाईटी अफ इन्टेन्सिभ केयरले दिएको छ ।

ला भाले प्रान्तका अस्पतालको क्षमता त अहिलेनै भरिनै लागेको रिपोर्टमा उल्लेख छ । कोरोना भाईरसका बिरामी अझै तिब्र भए त्यहाँको अस्पतालले धान्नै नसक्ने चिकित्सकहरुले बताएका छन् ।

“धेरै कर्मचारीले हामी १२ घण्टा सेवा दिएर खटिन सक्ने अवस्थामा छैनौं, सक्दैनौं भनिसकेका छन्” स्विस सोसाईटी अफ इन्टेन्सिभ केयरका प्रमुख फ्रान्जिस्का भोन आर्क्स स्ट्रासलेरले आइतवार सोन्टागस्जेइटुङ र ल माताँ अखबारसित भनेका छन् ।

कोरोना भाईरसको दोस्रो छालपछि पहिले भन्दा झन धेरै मानिसलाई क्वारेन्टाईनमा राख्नुपरेको र जादो बढेसँगै चिसोबाट बिरामी हुनेको संख्या बढ्ने भएकालेपनि स्वास्थ्यकर्मीहरु थप तनावमा पर्ने अवस्था स्रिजना भएको हो । यसले सिमित स्वास्थ्यकर्मीहरुलाई झनै ब्यस्त पार्ने छ ।

आज सोमबार स्विस प्रोफेसनल एसोसिएसन अफ नर्सले स्वास्थ्यकर्मीहरुले यो समस्यालाई लिएर बिरोध प्रदर्शन गर्ने जनाइएको छ । यसबाट समस्या समाधान नगरिए राजधानी बर्नस्थित संसद भवन अगाडि आगामी सोमबार प्रदर्शन गर्ने भनाइ नर्सहरुको एसोसिएसनको छ । यतिलेपनि नपुगे संसद भवन घेराउ गर्ने चेतावनीसमेत दिएको ल माताँले उल्लेख गरेको छ ।

भाले प्रान्तका अस्पतालहरुले आफ्नो क्षेत्रका अस्पतालको स्वास्थ्य सुबिधा लगभग क्षमता बाहिर पुग्न लागेको चेतावनी दिएका छन् । कोरोना भाईरसको खतराको संकेत उच्च स्थानमा पुगेको उनीहरुले प्रशासनिक निकायलाई जानकारि दिईसकेका छन् ।

ला भाले प्रान्तको तल्लो भागका अस्पतालहरुमा १२० क्षमतमा १०० बेडहरु कोरोना भाईरसकै बिरामीले भारिइसकेको ला भाले प्रान्तिय सरकारका प्रमुख क्रिस्टोफ दार्बेलेले सोनटागजैटुङ अखबारलाई बताएका छन् ।

पछिल्लो समयमा स्विजरल्याण्डमापनि कोरोना भाईरस संक्रमितको संख्या उच्च तहमा बढिरहेको छ ।

कोरोना संक्रमित भएका नयाँ विरामीहरुको संख्या गत शुक्रवारनै स्विजरल्याण्डमा ६,६३४ पुगिसकेको छ । कोरोना भाईरस नियन्त्रण टास्कफोर्सका प्रमुख मार्टिन आकेरमानले आगामि दुई देखि तिन हप्ताभित्रि अलपाईन (हिमाली क्षेत्रा) का अस्पतालहरु भरिने चेतावनी दिएका छन् ।

उनका अनुसार अस्पतालमा हरेक एक पछि अर्को हप्ता विरामीको चाप दोब्बर हुनेगरेको छ । सघन उपचार गर्नुपर्ने विरामी र म्रित्यु हुनेको संख्या पनि त्यसैगरि बढिरहेको छ ।

(फोटो-abc.au )

तपाइँको प्रतिक्रिया