शुक्रबार, चैत १६, २०८०

स्पेनमा स्वास्थ्य संकटकाल घोषणा, देशभर कर्फ्यु लगाइयो

नेपालप्लस२०७७ कार्तिक १० गते १२:५५

कोरोना भाईरसले फेरि संक्रमणको उच्च रुप लिएपछि स्पेनमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । संकटकाल घोषणा सँगै त्यहाँ देशभरिनै कर्फ्यु लगाइने भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभरिनै नयाँ संक्रमणको रेकर्ड उच्च रहेको भन्दै सार्वजनिक गरेको तेस्रो दिन कोरोनाभासको दोस्रो तरंग नियन्त्रण गर्न स्पेनले आइतवार आपतकालिन राज्य घोषणा गरेको हो ।

स्पेन पहिलो ईयू सदस्य राष्ट्र बन्यो जसले १० लाख घटनाको निराशाजनक माइलस्टोन पार गरेको थियो । स्पेनसँगै उत्तरी छिमेकी फ्रान्सपनि त्यहि अवस्थामा पुगेको छ ।

“यो रोग युरोपभरि निरन्तर अगाडि बढिरहेको” भन्दै स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले क्यानरी टापुहरू बाहेक सम्पूर्ण देशभर आपतकालिन र रातभर कर्फ्यू लगाउने घोषणा गरेका हुन् ।

सान्चेजले भने, “हामीले गम्भिर परिस्थितिको सामना गरिरहेका छौं । यसले हामीलाई विनाश गर्ने छ ।”

स्पेनमा कडा अंकुश लगाउने सरकारि घोषणाका विपक्षमा बिरोधहरु आएका छन् । तर कोहिले भनेका छन् ‘कोरोना भाईरस नियन्त्रणको आवश्यकतालाई स्विकार गर्नुको विकल्प छैन ।

“कर्फ्यू लगाउनु उनीहरूको लागि राम्रो छ जसले सडकमा धेरै पियक्कडहरुको भिड लाग्ने गरेको छ । किनकि युवा उमेरमा धेरै मानिसहरू बाहिर जान्छन् । तिनीहरू अनियन्त्रित हुन्छन् र त्यसपछि के हुन्छ, हुन्छ” शहरका केहि विध्यार्थीहरुको भनाई छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक