शनिबार, वैशाख १५, २०८१

बंगलादेशमा फ्रान्स बिरोधी प्रदर्शनमा दशौं हजार सहभागि

नेपालप्लस२०७७ कार्तिक ११ गते २२:२९

फ्रान्सेली क्यरिक्याचर (ब्यंग्यकर्ता) हरुले इस्लामिसहरुका बिरुद्द गरेको ब्यंग्यका बिरुद्दमा फ्रान्सेलीहरुको उत्पादन बहिस्कार गर्नुपर्ने माग गर्दै बंगलादेशमा दशौं हजारले प्रदर्शन गरेका छन् । मेडियाहरुका अनुसार आजै मंगलवार भएको प्रदर्शनीमा लाखौं सहभागि भएका छन् ।

फ्रान्सेली उत्पादनहरु बंगलादेशमा निषेध गरिनुपर्ने माग गर्दै राष्ट्रपती एमानुयल आख्रोंको पुत्लासमेत जलाएको एएफपीलाई उल्लेख गर्दै फँस २४ न्युजले जनाएको छ । उनीहरुले फ्रान्सेली राष्ट्रपती माखोंका दर्जनौं कार्टूनसमेत देखाएका थिए ।

वंगलादेशको राजधानी ढाकास्थित फ्रान्सेली राजदूतावास अगाडि प्रदर्शन गर्न गएका प्रदर्शनकारिहरुलाई सुरक्षा अधिकारीहरुले रोकेका थिए । वंगालादेशको प्रहरीले करिब ४० हजार प्रदर्शनकारि रहेको जनाएपनि मेडियाहरुले लाखौं सहभागि भएको उल्लेख गरेका छन् ।

प्रहरी अधिकारीहरुले प्रदर्शनकरिको आक्रमणबाट बच्न मुखमा हेलमेट लगाएका थिए । ठाउँ ठाउँमै तिनलाई रोक्न बार लगाइएको थियो ।

अघिल्लो साता इस्लामिक ब्यक्तिबाट एक फ्रान्सेली शिक्षक मारिएपछि इस्लाम प्रति फ्रान्सेलीहरुले कटाक्ष गरिरहेका छन् । फ्रान्सेली मेडियामा इस्लामप्रति कटाक्ष गरेका कार्टूनहरु प्रकाशित भैरहेका छन् । यो देखेपछि इस्लामिक देशका इस्लाम नागरिकहरु फ्रान्सेलीप्रति आक्रामक देखिएका हुन् । तिनले फ्रान्स र फ्रान्सेली सरकारका बिरुद्द प्रदर्शनी गरिराखेका छन् ।

वंगलादेशमा आज भएको प्रदर्शनी इस्लामीक आन्दोलन बंगलादेशले आयोजना गरेको हो । यो वंगलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टी हो ।

प्रदर्शनकारिहरुले ‘फ्रान्सेली उत्पादन बाइकट गरौं” भन्ने नारा लगाएका थिए ।

इस्लामी आन्दोलन बंगलादेशका एक नेता हसन रहमानले त फ्रान्सेली राजदूतलाई “लात हान्न” आग्रहसमेत गरे । उनले एएफपीसित भने ” राजदूतलाई बाहिर ननिकाले त्यो राजदूतावास भवनको एक एक ईट्टा निकालेर बाहिर फालिदिने छन् ।”

“फ्रान्स हाम्रो शत्रु हो । उसको प्रतिनिधित्व गर्नेपनि अहम्रा शत्रु हुन्” युवा मुस्लि नेता नेसाद उद्दिनले भने ।

प्रदर्शनी सक्किएपछिपनि शहरका बिभिन्न ठाउँमा नारा लगाउने क्रम जारि थियो । तिनले “फ्रान्सलाई बाइकट गर, यसको मूल्य माख्रोंले तिर्ने छन्” भन्ने नारा दोहोर्‍याएका थिए ।

फ्रान्सका राष्ट्रपती एमानुएल माख्रोको इस्लाम प्रतिको भनाईले टर्कीसितको संवन्ध पहिलेनै तनावपूर्ण बनिसकेको छ । कूटनितिक संवन्धमा चिसोपन आइसकेको छ । माख्रोंले “हाम्रो स्कूल शिक्षक किन मारिएका थिए भने इस्लामिकहरुले हाम्रो भविष्य लिन चाहन्छन्” भन्ने भनाई सार्वजनिक गरेका थिए । यहि भनाईपछि इस्लामिक धर्मावलम्भिहरु उनका बिरुद्द खनिएका छन् ।

तपाइँको प्रतिक्रिया