मंगलबार, चैत ६, २०८०

फ्रान्समा आतंककारि हमला : दुईको मृत्‍यु, केहि घाइते; गृहमन्त्रीको आपतकालिन बैठक

नेपालप्लस२०७७ कार्तिक १३ गते १२:१७

फ्रान्सको निस शहरमा आज विहानै आतंककारि हमला भएको छ । चक्कुले हानेर आतंककारिले दुई जनाको हत्या गरिदिएका छन् । निस शहरको नोर्थदाम चर्चमा विहानै नौ बजे आतंककारिले गरेको हमलामा केहि घाइते छन् । आतंककारि मध्ये एक जनालाई प्रहरीले घाइते अवस्थामा फेला पारेपछि अस्पताल भर्ना गरिएको छ ।

यो घटना हुनासाथ सुरक्षाका विषयमा छलफल गर्न भन्दै गृहमन्त्री हेरार्ड दार्मानिनले आफ्नो मन्त्रालयमा आपतकलिन बैठक राखेका छन् ।

यो घटनापछि निस शहरका मेयर क्रिस्चियन एस्त्रोसिले प्रहरीले केहि संदिग्ध हमलाकारिलाई पक्राउ गरेको आफ्नो ट्विटरमा उल्लेख गरेका छन् । तर उनले ति हमलाकारि को हुन् र मारिनेहरु को हुन् भन्ने केहिपनि खुलाइएको छैन । यो घटना आतंककारि भएकोपनि मेयर एस्त्रोसीले उल्लेख गरेका हुन् ।

केहि पहिले चार्ली हेब्दोको कार्टुन देखाउँदै एक शिक्षकले कक्षा कोठामा स्वतन्त्राको पक्षधरता देखाएपछि फ्रान्सेली ति शिक्षकको अघिल्लो साता केहि इस्लामिक अतिबादीले हत्या गरिदिएका थिए । त्यसपछि फ्रान्सका राष्ट्रपतीले उनको पक्षमा “आफ्नो देशको स्वतन्त्रता हत्याउने दुस्साहस” भन्दै अभिब्यक्ति दिएका थिए ।

त्यसलगत्तै राष्ट्रपतीको अभिब्यक्ति मुस्लिम धर्म बिरोधी भएको र मुस्लिम धर्मलाई अपमान गरेको भन्दै राष्ट्रपतीबिरुद्द विश्वका धेरै शहरमा इस्लाम धर्मावलम्विहरुले प्रदर्शन गरेका छन् । उनीहरुले फ्रान्सेली उत्पादन बहिस्कारको माग गर्दै आएका छन् । निस घटनापनि यसैसँग जोडेर हेरिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक