शनिबार, वैशाख ८, २०८१

चाकडी–चाप्लुसी लोकतन्त्र : ‘बिज्ञ’ पदकै दुरुपयोग

सुरेशचन्द्र कुइकेल२०७७ कार्तिक १४ गते २३:५५

काठमाडौँ — आफूले आफैंलाई सूचना तथा संचारबिद्को पगरी के– कसरी गाँस्न पाइन्छ ? यसको उदाहरण हेर्ने हो भने हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख वा मन्त्रीहरुका निजी सहायकको ‘बायोडाटा’ मात्रै हेरे पनि पुग्छ । त्यसमा पनि अहिले चर्चामा आएका पात्र टीकाप्रसाद ढकालको कुरा गरौं जो सम्माननीय राष्ट्रपतिका ‘इन्फर्मेसन एण्ड कम्युनिकेसन एक्स्पर्ट’का रुपमा छाएका छन् ।

यी बिज्ञको नामकाम एकैचोटी फैलियो, जब अक्टोबर २८ तारिकमा उनले ट्वीटरमार्फत एउटा सूचना निकाले— राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको ट्विटर ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरि प्रस्तुत गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।

यसपछि लगत्तै पुर्व सचिव रामेश्वर खनालले जिज्ञासा राखे— त्यो भेरिभाइड एकाउन्ट कस्को त ? के हरिबिजोग हो !

फेरि राष्ट्रपतिका संचार सल्लाहकार ढकालले जवाफ दिइहाले— भेरिफाइ गराएको मैले नै हो । दुई दिन मात्र भयो । अन्य एकाउन्ट पनि भेरिफाइ हुँदैछन् । तर, चलाइएको पुरानो एकाउन्ट त्यहि नाममा दर्ता रहेछ । म गएपछि त्यसैलाई एक्टिभेट मात्र गरिएको हो । अहिले समस्या देखिएकाले तत्काल नयाँ खाता बनाउनु पर्ने देखियो ।

यसपछि सुरु भयो— अन्तरंग खेलको अनेक कुरा । तत्कालै मुटु शल्यक्रियाका लोकप्रिय चिकिस्तक डा।रामेश कोइरालाले लेखे— हामीलाई त असुविधा परेको छै । तपाईँलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।

यो एकाउन्ट बन्द भएलगत्तै राष्ट्रपतिका संचार सल्लाहकार ढकालको नियत र कार्यशैलीमा टिकाटिप्प्णी स्वभावत सुरु भैहाल्यो । ट्वीटरमा अर्का फलोवर प्रभात भट्टराइले भनिहाले— ‘भेरिफाइड एकाउन्ट भैसकेपछि कसरी समस्या हुन्छ ? झुट पनि कति बोल्न सक्या होला ?’

समस्या के भने यिनै ढकालले ‘नयाँ आवाज’ नाममा अर्को ‘फेक हेन्डल’ बनाएर प्रायोजित र स्जार्थजन्य सन्देशहरु ट्विट वा रिट्वीट गर्ने गरेको खबर पनि त्यति सहज थिएन र होइन । कतिसम्म भने कान्तिपुर दैनिकमा पाक्षिक स्तम्भ लेख्ने ढकाल यहि नयाँ आवाज हेण्डलबाट प्रश्न गर्ने गर्थे— स्तम्भमा कसलाई पढ्न रुचाउनुहुन्छ— सुधिर शर्मा, किशोर नेपाल वा टीका ढकाल ?

अनि आफ्नै हेन्डलबाट ‘टीका ढकाल’ भनेर आत्मरतिको जवाफ दिइरहेका हुन्थे । गत सेप्टेम्बर २ मा कान्तिपुरमा प्रकाशित ‘मदन भण्डारीसग तर्सिएको नेकपा’ शीर्षकको आलेखकै कारण उनलाई राष्ट्रपति संचारबिज्ञको जागिर मिलेको थियो, राज्यमन्त्री हैसियतमा । उक्त लेखमा ढकालले कुटनीतिक शैलीमा मदन भण्डारी बिरासतको प्रसंसा गर्दै लेखेका थिए—‘नेकपाको सैद्धान्तिक र राजनीतिक बाटो प्रस्ट पार्ने मदन भण्डारी यसपटक नेकपाभित्र हुर्कदैं गरेका कुण्ठाको सिकार बन्ने देखिदैंछ । जसले नेकपालाई यसबेला दोबाटोमा उभ्याएको छ ।’

योभन्दा चर्को रुपमा ढकालको रुप त्यसबेला देखियो, जब भारतीय जासुसी निकायका प्रमुख नेपाल भ्रमणमा आए । न प्रधानमन्त्री कार्यालयको संचारबिद्, न परराष्ट्र मन्त्रालयको सल्लाहकार भएपनि टीका ढकालले जासुसी निकाय प्रमुखको नेपाल भ्रमण तथा प्रधानमन्त्री ओलीसगको भेटवार्तामा समर्थन जनाउदै लामै ट्वीट गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग आफ्नो राजकीय हैसियत बिर्संदै जे–जसरी भेटवार्ता गरेका छन्, त्यसबारे ढकालले भनेका छन्— —भारतसँग विकास भैरहेको पछिल्लो संवाद शृंखलालाई नहेरी आजको घटना विशेषलाई टिपेर गरिने विश्लेषण अपर्याप्त छ । दुई प्रधानमन्त्री बिचको संवाद, विकास आयोजनाको समीक्षा बैठक, बिभिन्न द्विपक्षीय संयन्त्रका बैठकको निरन्तरता चलिरहेको छ । परिणाम निस्कनुअघि अनेक तहमा वार्ता हुन्छ ।

— भारतसँगको इन्गेजमेन्टुमा हाम्रा दुई उद्देश्य स्पष्ट छन् । पहिलो, मध्यम कालमा कालापानीबाट भारतीय सेना फिर्ता हुने । दोस्रो दीर्घकालमा नेपाल र भारतबीच सीमा समस्याको सम्पूर्ण समाधान गरी नयाँ सीमा सम्झौता गर्ने, जो सुगौली पछि भारतसँग त्यस्तो प्रकृतिको नयाँ सन्धि हुन्छ ।

— अहिले समस्या समाधानका लागि वार्ताको चरण चलिरहेको छ । भारतीय पक्षसँग हरेक तहमा वार्ता गर्न र आफ्ना कुरा स्पष्टताका साथ राख्न नेपाल तयार छ । सम्पूर्ण घटनाक्रमलाई समग्रमा हेर्दा देखिने हात्ती एउटा घटनालाई मात्र छाम्दा डोरी, खम्बा वा नाङ्ला देखिन्छ ।

— कुराकानीको चरणमा जुनसुकै तहमा वार्ताहरू हुन सक्छन् । समाधान अन्ततः उच्च राजनीतिक तहबाट आउँछ भन्ने कुरामा कुनै द्विविधा छैन । यस तथ्यलाई लुकाएर गरिने व्याख्या विश्लेषणहरू एकदमै अपर्याप्त छन् ।

यसरी भारतसँग अवरुद्ध रहिआएको हाम्रो राजनीतिक, आर्थिक र जनस्तरको सम्बन्धको बाटो खुलाउने उपाय भनेको के खुफियागिरी मात्रै हो भन्ने प्रश्न उब्जिरहेका बेला टीका ढकाल जस्ता मौकापरस्त पात्रहरु पनि नेपाली राजनीतिमा एक साथ उदाएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक