शुक्रबार, वैशाख १४, २०८१

“कोरोनासोरोना गोलीमार” भन्दै पोल्याण्डमा लाखौंको प्रदर्शन, दोषीलाई ८ वर्ष जेल हालिने

नेपालप्लस२०७७ कार्तिक १५ गते १२:२७

कोरोना नियन्त्रणका सरकारी बन्देजहरुलाई तोड्दै शुक्रवार पोल्याण्डमा लाखौं महिलाहरुले सरकार बिरुद्द प्रदर्शनी गरेका छन् ।

क्याथोलिक मुलुकमा गर्भपतनलाई थप सीमित पार्ने निर्णयको बिरूद्ध हजारौं कार्यकर्ताहरूले प्रदर्शनी गरेको वार्सा निवासी सामाजिक अभियन्ता मित्रलाल पार्देले नेपालप्लसलाई बताए । “कोरोना सोरोना गोली मार” भन्दै पोल्याण्डमा पाँच लाख जतिले प्रदर्शन गरेका छन्” उनले भने ।

गर्भपतनलाई बन्देज गरेपछि त्यसका बिरुद्द बिगत १० दिनदेखि पोल्याण्डमा खासगरि महिलाहरु आन्दोलनमा छन् । उनीहरुले कोरोना भाईरस नियन्त्रणका सरकारी प्रतिबन्धहरुलाई तोडेका छन् ।

शुक्रबार हजारौं प्रदर्शनकारीहरूले वार्सा र पोल्याण्डका अन्य शहरहरूमा प्रदर्शनमा भाग लिएका हुन् । गत बिहिवारदेखि क्याथोलिक मुलुकमा हरेक दिन विरोध प्रदर्शन हुँदै आएको छ । जब संवैधानिक न्यायाधिकरणले भ्रुण जन्मजात गर्भपतन गराउने कामलाई निषेध गरेको थियो त्यसपछि आफ्नो अधिकार कुन्ठित गएको भन्दै यसैका बिरुद्द महिलाहरु आन्दोलित भएका हुन् ।

गत वर्ष पोलिश स्वास्थ्य मन्त्रालयले १,११० जनाले गर्भपतन गराएको सूची निकालेको थियो । कानुनी रुपमा यसरि गर्भपतन गराउन नहुने भन्दै पोलिस सरकारले संवन्धानिक ब्यवस्था गरेपछि महिलाजगत बढि आन्दोलित भएको हो ।

राजधानी वार्साका प्रायः युवा प्रदर्शनकारीहरू सरकारको मुख्यालय, सत्ताधारी पार्टी र शहरको एउटा मुख्य चौकमा भेला भएका थिए । पछि ति बाँडिएर शहरका बिभिन्न ठाउँमा प्रदर्शन गर्न गएका थिए । त्यहि समयमा फूटबलका फ्यान र गुण्डाहरुसमेत मिसिएको, तिनले उत्तेजित भएर प्रहरीमाथि दाउरा, काठ, ढुंगाहरु प्रहार गरेको समाचारमा उल्लेख छ । प्रहरीले केहि आन्दोलनकारिबाट बलेको राँको, ग्याँसका कन्टेनर र डण्डाहरू जफत गरेको जनाएको छ ।

प्रदर्शनीको आयोजक गैरसरकारी संस्था महिला स्ट्राईक कि सह-संस्थापक मार्टा लेम्पार्टले भनेकि छन् “हामी अन्तसम्म लड्न तयार छौं ।”

उनीहरुले सरकारको राजिनामा माग गर्दै गर्भपतन बिरुद्दको संवैधानिक प्रावधान तत्काल रद्द गर्नुपर्ने बताएका छन् ।

सरकारले भने सडकमा प्रदर्शन गर्न नपाइने उल्लेख गर्दै आएको छ । स्वाभाविक रूपमा स्वास्थ्यको करणले गर्दा सरकारले प्रतिबन्धहरु लगाएको भन्दै प्रधानमन्त्री माट्युज मोरावीकीले नागरिकहरूलाई घरमै बस्न आग्रह गरेका छन् । पोल्याण्डमा शुक्रबार एकै दिनमा २१ हजारमा संक्रमणको रेकर्ड भएको छ । सोहि दिन त्यहाँ पाँच लाख भन्दा बढिले सरकारि नियम तोड्दै प्रदर्शनी गरेका हुन् ।

“हामी कसैबाट गैरजिम्मेवारपूर्ण व्यवहारको कारण वृद्ध, कमजोर र सार्वजनिक सेवालाई नोक्सान गर्न नदिऔं” प्रधानमन्त्री मोरवीचेकीले भने ।

गत हप्ता, सरकारले कोरोनाभाइरसका कारण पाँच भन्दा बढि व्यक्तिको भेलामा प्रतिबन्ध लागू गरेको थियो । पोल्याण्डका न्यायमन्त्रीले “महामारीको खतरा निम्त्याउने” भन्दै सरकारी नियम तोड्नेहरुबिरुद्द आपराधिक अभियोग लगाउने दाबी गरेका छन् ।

कुनै ब्यक्ति दोषी साबित भएमा आठ वर्षसम्म जेल हुनसक्ने भनाई न्यायमन्त्री जिग्निभ जियोब्रोको छ ।

“यदि एक ब्यक्ति वा केहिले अटेरी गर्ने र नियम तोडेर त्यसको मार सबैले भोग्नुपर्छ भने त्यो ब्यक्तिले सबैलाई जवाफ दिनुपर्ने छ, त्यसको जिम्मेवार बन्नुपर्ने छ” न्यायमन्त्री जिग्निभ जियोब्रोले भने । आयोजकहरूले बन्दकर्तालाई मास्क लगाउन र सकेसम्म आफूबीचमा धेरै दूरी राख्न आग्रह गरेका छन् । पोल्याण्डमा यो आन्दोलन अझै चर्किने आँकलन गरिएको छ ।

(AP Photo/Czarek Sokolowski)

तपाइँको प्रतिक्रिया