मंगलबार, वैशाख ११, २०८१

नाईजेरियामा चर्को भोकमरी : गोदाम फोरेर खाध्यान्न लुट्न थालियो

नेपाल प्लस२०७७ कार्तिक १५ गते १२:३०

                  (फोटो- The France 24 observers )

कोरोना भाइरसको संक्रमणपछि नाईजेरियामा भोका मानिसहरुले गोदाममा राखिएका खाध्यान्नहरु धमाधम लुट्न थालेका छन् । भोकमरी लागेपछि खाध्यान्नको जोगाड हुन नसक्दा भोकाहरुको हुलनै गोदामा पसेर खाध्यान्नहरु सामूहिक रुपमै छापा मार्दै लुट्न लागेका हुन् ।

नाईजेरियाको मध्य भागमा रहेको जोस शहरका खाध्यान्नका गोदामहरुमा सयौं मानिस पसेर अक्टोबर २४ र २५ का दिन लुटेको फँस २४ न्युजले जनाएको छ ।

कोरोनाको महामारिपछि नाईजेरियामा भोकमरि झनै आकाशिएको छ । भोका मानिसहरुलाई खान नपुगेर सरकार बिरोधी प्रदर्शनीमा उत्रिँदा प्रहरी आक्रमण गर्दै ज्यादती गरेको छापाहरुले उल्लेख गरेका छन् । सरकारले भोका नागरिकलाइ खाध्यान्नको ब्यवस्था गर्नुको साटो उल्टो ज्यादतिमा उत्रिएको भन्दै आक्रोशित बनेका छन् । तिनै भोका, आक्रोसित नागरिकले खाध्यान्नका गोदामहरु खोजिखोजि लुट्न लागेका हुन् ।

भोकालाई खाध्यान्न बितरण गर्नुको साटो कोरोना भाईरस नियन्त्रणका नाममा सुरकक्षा ब्यवस्था झन देशभरिनै कडा पार्दै लगेकालेपनि यसरि सामान लुट्न थालिएको हो ।

      (फोटो- yahoo.com news)

अक्टोबर २४ मा सामाजिक सन्जालमा पोष्ट गरिएको भिडियोमा नाइजेरियाको प्लाटो राज्यको राजधानी जोसमा स्टेट इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीको गोदाम वरपर रहेका मान्छेहरूको ठूलो भीड देख्न सकिन्छ । केहि मानिस गोदामभित्र छिरेर तल जम्मा भएका सयौं मानिसहरूलाई खाध्यान्नका पाकेटहरु फ्याँक्न छतमा गएका देखिन्छन् ।

सोशल मीडियामा फैलिन थालेको समाचार अनुसार कोरोना भाइरसको संकटपछि अन्य गोदामका खाना र आपतकालिन आपूर्तिपनि लुट्न सक्ने जनाइएको छ । मुख्यगरि अफ्रिकी खाना गिनिया मकै, चामल, तेल र चाउचाउ जस्ता खाध्य सामग्रीहरू अक्टुबर २२ मा लागोसमापनि लुटिएका थिए । अहिले त्यहाँका बासिन्दाहरूलाई खाध्यान्नका गोदामहरु खोजी गर्न केहि समूहद्वारा प्रोत्साहित गरिएको छ । जोस शहरका गोदामको मात्रै होइन त्यहाँका नेताहरुको घरसमेत खोजि गरेर तिनको घरको खाध्यान्न लुट्नुपर्ने भन्दै त्यहाँ सामाजिक सन्जालमा थुप्रै पोस्टहरु देखिन थालेको न्युज २४ ले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया