शुक्रबार, वैशाख ७, २०८१

फ्रान्सेली चिज र कस्मेटिक सामान मुस्लिम देशका स्टोरहरुद्वारा बहिस्कार

नेपाल प्लस२०७७ कार्तिक १५ गते १६:१३

                                                  (photo- TRT news)

पछिल्ला दिनहरुमा मध्यपूर्वका मुस्लिम देशहरुमा फ्रान्सेली उप्पादन बहिस्कार गर्नेहरुको संख्या बढ्दो छ । अक्टोबर २६ का दिन टर्किस प्रधानमन्त्री रेसेप तै ईपएर्दोगनले फ्रान्सेली उत्पादन बहिस्कार गर्न आव्हान गरेलगत्तै बहिस्कार गर्नेको संख्या मुस्लिम देशहरुमा बढ्दै गएको हो ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले अभिव्यक्ति स्वतन्त्रताको नाममा पैगम्बर मोहम्मदको व्यंगचित्रको अधिकारको रक्षा गर्ने वाचा गरेपछि मुस्लिम देशहरुमा फ्रान्सविरोधी राजनीतिक तनाव शुरु भएको हो । कतार, जोर्डन र कुवेतका सुपरमार्केट र स्टोरहरुमा खिचेका भिडियोहरूले सुपरमार्केटमा खाली तखता देखाएका छन् । कम्पनीहरूले उनको टिप्पणीलाई आधार बनाएर फ्रान्सेली उत्पादनहरू फिर्ता लिएको समाचारहरुमा उल्लेख छ ।

“हामी आफ्नो कार्टुनहरू त्याग्ने छैनौं,” एमानुअल माख्रोंले अक्टोबर २१ मा घोषणा गरेका थिए । फ्रान्सेली शिक्षक शामूएल पाटीको श्रद्धान्जली समारोहको क्रममा उनले त्यसो भनेका थिए । अक्टोबर १६ को दिन शिक्षक शामुयलको हत्या भएको थियो । उनले आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहम्मदको कार्टुन देखाए पछि मुस्लिम धर्मावलम्भीलाई हेपेको, अनादार गरेको भन्दै मुस्लिम अतिवादीबाट उनको हत्या गरिएको थियो । माख्रोंले देशको कट्टरपन्थी धर्मनिरपेक्षको मूल्यलाई जसरिपनि रक्षा गर्न खोजेको भन्दै मुस्लिमहरु विश्वभरि आक्रोशित बनाएको हो ।

त्यस्तै, अक्टोबर २ मा फ्रान्सेली राष्ट्रपतिले एउटा नयाँ विधेयक प्रस्ताव गरे जसमा “इस्लामी अलगाववाद” को बिरूद्ध लड्न सकिन्छ भन्ने उल्लेख छ । यो पहललाई मुस्लिम देशका धेरैले जातीयवादी मानेका छन् ।

अक्टोबर २३ देखि शेल्फबाट हटाइने उत्पादनहरूका भिडियोहरू सार्वजनिक गर्न थालेका थिए । उनीहरुले फ्रान्सेली उत्पादन बहिस्कार गर्न सार्वजनिक आव्हानसमेत गर्दै आएका छन् । स्टोरका तखताहरुमा “बाइकट फ्रान्स, बाइकट फ्रेन्च प्रोडक्ट” लेखेर राख्न थालेका छन् ।

फान्स २४ न्युजका अनुसार कुवेतका ७० वटा खुद्रा सहकारीले फ्रान्सेली उत्पादन बहिस्कार गरेका छन् । “हामीले सबै फ्रान्सेली उत्पादन खासगरि कस्मेटिक, चिज र मस्चराईजरहरु फिर्ता पठायौं, राख्दैनौं” फेडेरेसनका खालिद अल ओताइबीलाई उल्लेख गर्दै एफ एफपीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक