शनिबार, वैशाख ८, २०८१

फ्रान्सको लियों शहरमा भर्खरै आतंककारि हमला, पादरी घाईते

नेपालप्लस२०७७ कार्तिक १५ गते १९:१६

फ्रान्सको तेस्रो ठूलो शहर लियोंमा भर्खरै आतंककारि हमला भएको छ । लोयों शहरको नर्थदाम चर्चमा हमला गरेका आतंककारीले त्यहाँका पादरिलाई घाईते पारेका छन् । हाल ति आतंककारिहरु भाग्दै गरेको लियोंको प्रहरीले सार्वजनिक गरेको छ । यो आतंककारि हमला आधा घण्टा अगाडि मात्रै भएको हो ।

चर्चको ढोका बन्द गरेर निस्किने बेलैमा पादरिमाथि आतंककारिहरुले गोली हानेको त् लियों निवासी सिल्भियान फामीले नेपालप्लसलाई टिलिफोनमा बताईन् । दुई गोली लागेका पादरीको अवस्था गम्भिर रहेको बताइएको छ ।

आतंककारीले सट गन बोकेर पुगेको र गोली हानी फरर रहेका हुन् ।

ग्रिस मूलका घाईते पादरीले लगभग अपरान्ह ४ बजेतिर चर्चको ढोका बन्द गर्ने तरखर गर्दा दुई पटक गोली प्रहार गरिएको सिल्भियनले बताईन् । उनको अवस्था गम्भिर रहेकाले घटनास्थलमै स्वास्थ्यकर्मीहरु पुगेर उपचार गरिरहेका छन् । सुरक्षा निकायले पादरीको नाम सार्वजनिक गरेको छैन ।

आलाहु अकबर (भगवान महान छन्) भनेर चिच्याउँदै निस शहरमा तिन जनाको हत्या गरिएको तिन दिनपछि फेरि लियों शहरमा आज यो हमला भएको छ । दुई हप्ता अघि एक फ्रान्सेली शिक्षकको त्यसैगरि टाउको गिँडेर हत्या गरिएको थियो । आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहम्मदको कार्टुन देखाए पछि मुस्लिम धर्मावलम्बीलाई हेपेको, अनादार गरेको भन्दै मुस्लिम अतिवादीबाट शिक्षक शामुयल पाटीको हत्या गरिएको थियो ।

यस अघिनै फ्रान्सका मन्त्रीहरुले अन्य क्षेत्रमापनि आतंककारि हमला हुनसक्ने चेतावनी दिएका थिए । यसपछि राष्ट्रपती एमनुयल माख्रोंले चर्च र अन्य धार्मिक स्थलहरुको सुरक्षा गर्न हजारौं सुरक्षाकर्मीहरु तैनाथ गराएका छन् ।

(दोस्रो पटक बिस्तारमा अपडेट गरिएको)

तपाइँको प्रतिक्रिया

फेसबुक