शनिबार, मंसिर १३, २०७७

प्रेम-प्रज्ञा- २

बिनु भट्टराई / काठमाडौं२०७७ कार्तिक १६ गते १५:५४

               बिनु भट्टराई

प्रिय निलोत्पल,

सम्पूर्ण, प्रक्रितिको स्रिजनात्मक स्पनदनशिल शक्ति र यसैको कारण बनेको हुनुपर्छ । किनकि ब्रह्माण्डको अदृश्य लोकमा समाज, संस्कार, बन्धन जस्ता कुनैपनि सांसारिक बेडि छन् जस्तो लाग्दैन । त्यहाँ केवल शुन्यता छ । शुन्यताभित्र विलिन आत्मा छ । आत्मा भित्र कनेक्टिङ हृदय छ । हृदयमा पुष्पित तिमी र म जस्तै अनेक आत्माद्वारा रचित अलौकिक प्रेम छ । प्रेमनै दिव्यदिवारमा पुग्न सकिने मार्ग हुनुपर्छ । यहि मार्गमा ईश्वर छ । ईश्वरिय लिलामै निहित छ प्रकृती । र प्रकृतीका दुई स्वरुप छन्, आध्यात्म र संसार ।

हो निलोत्पल !

त्यहि संसारको काईबाट आजित हामी या भनुँ प्रकृतीलेनै दिएको अनुपम अनुभूतीको आधारमा यात्रा गर्दै गर्दा आध्यात्मिक यात्रा टुप्लुक्क भेटिएका हौं । पक्कैपनि यो भेटको पछाडि अलौकिक रहस्य छ । अलौकिक प्रेम छ । सँगै दिब्यात्माको संसर्ग छ । यकिनन् मैले यो भनिरहँदा तिमी अल्मलियौ ।

दुखमा धैर्य गर्न सिकाइएका हामीलाई खुशिमा संयमिता पनाउन जानेकै रहेछौं क्यार ! र त संत्रास पैदा भएको छ ।

विश्वब्यापी रुपमा फैलिएको महामारीको संत्रासले मानव जिवन अस्तब्यस्त छ । यहि समयमा जोडिएको सामिप्यता तनमनको मात्रै नभएर बिशुद्द आत्मद्वारा संचालित थियो । उमेरको एक पडावलाई छिचोलेका हामी पुन : ब्याक हुँदै यौवनको चंचलतामा डुबुल्कि मारिरहेका छौं ।

हो प्रिय ! यसरि प्रेम गर्न कुनै पूर्व तयारि गरिँदोरहेन छ । विहानदेखि साँझसम्मको पर्खाइ, संवाद, द्रिष्पान साँझ हुँदै मध्यरातसम्म ठोक्किँदापनि मन भरिनै मान्दैन ।

दैनिकी फेरिएको छ हिजो आज । विषयवस्तु, अनुभव, भाषा छन् हामीसित गफिने । त्यहि संवादबिच अचानक झस्किन्छौ तिमी । भन्छौ ‘बोल्नेको मन हैं पर डरता हुँ ।’

“डरो मत । मै ओह किला हुँ जो अड्कनेमा आइनेको साथ निभाता पर उसे कोहि देख्ता नहिँ ।”

अरे वाह …………….!

‘भाषा सिकौं न है’ भन्दै प्रयोग गरिएको हिन्दी लवज हँसाउँथ्यो । प्रेम थप्थ्यो । उर्जा दिन्थ्यो । यस्तै ससाना कुरानै प्रेमका आँकुरा बनी मौलाइरहे ।

नेचुरल हुनुको आनन्दमै आनन्दित हुने ‘म’ लाई परिवर्तन गर्नकोलागिनै तिमीले सौन्दर्यशास्त्रको पुराण सुनाएर सृङ्गारको महत्व संझायौ । सिकाईबुझाई गर्ने शैलीमा दिब्यता महसुस हुन्थ्यो । कसैले ल्याउन नसकेको परिवर्तन तिमीले पलभरमै ल्यायौ । कसैको नसुन्ने म किन सुनें तिमीलाई ? प्रश्न गर्न मन लाग्छ । र तिम्रो उत्तर नसुनी आफैं भन्न मन लाग्छ “यो सबै प्रेमको शक्ति हो ।” त्यसैमाथि हरेक कुरा सिकाउने कला छ तिमीसँग ।
“बतलाइ ए जनाव ! यैसी क्या चिज है जो आप कर नहिँ सकते ।”

“हाँ एक चिज है, आपको दुखि कर नहिँ सकता ।”

“वाह प्रेम करनेके अदाए कोई आपसे सिख ले ।”

नवरात्र चलिरहेछ । लकडाउनको प्रभाव उस्तै । एक आपसमा निहित हुने महत्वपूर्ण समय हो यो । सबैजसो विषय छन् । बोल्नलाई बहाना खोज्नुपरेको छैन । विचार, बिबेक, ज्ञान, चिन्तनमनन सबैथोक हुँदाहुँदैपनि दुबै पक्षलाई सन्त्रासले गालिरहेछ । कहिँ यो आकर्षण मात्रै त होइन ?! यदि हो भने प्रिय ! प्रेमिल यो संवेगमा विलिन भई जाउँ । आकर्षण प्रेममा नहुँदै भरपुर आनन्द लिनु छ । प्रेममा परिणत भयो भने आकर्षणको प्रक्रितिबाट बन्चित भ ई मूल्य अनुभूतिलाई गुमाउने छौं । यतै कतै ।

मिरा, सिता या राधा जे सम्झ दिवानी भएकि छु ।
तिम्रो प्रेमको कलिलो घामसँग विहानी भएकि छु ।
आ उ बनौं प्रेममा आदिशक्यि, बनाउँ शिवालय,
छन् जिउने अनेक बहाना शिवानी भएकि छु ।

हे प्रिय निलोत्पल !

हृदय बेदिमा विराजमान तिम्रो अद्वितिय स्वरुप उहि स्रिष्टिकर्ताको थेग्नै नसकिने एक झलक जस्तै ओजपूर्ण बन्दै गैरहेछ । यदि म भ्रममा छु भने यो भ्रमको चिरफार गरौं । सत्य हो भने मलाई सत्यताको आभास पठाउ । जतिसुकै दिब्यात्माका गहन अनुभूतिहरु आभार भएपनि आखिर हामी यहि समाजका उपज हौं ।

कतै कतै अपेक्षा, थोरै मोह मिसाएर सुषुप्तमा बिलिन चाहनाहरुलाई जगाउने तिम्री प्रकृतीको एक अंशमा स्वयं कृष्णा लागिरहेछ ।

हे प्रिय निलोत्पल !

जिवनसँगै जोडिएर आउने हरेक कुरालाई स्विकार्दै प्रेमको यज्ञमा प्रज्ज्वलित अग्नीलाई दुबै मिलेर होम गरौं । ह्रिदयवेदीबाट पूर्जा अर्चना गरुँ । प्रेमनै मुक्तिको मार्ग हो प्रियतम !

यो मार्ग पक्कै सहज छैन । छुट्टिनुपर्छ कि ? जोगाउन सकिँदैन कि ? या दुख्ने दुखाउने अझै भनुँ यो केवल आकर्षण मात्रै हो कि भन्ने यि सबै सन्त्रास होम गरिदिउँ प्रेमकै अग्नीमा ।

भरपुर बाँच्नु छ । एक अर्काको छातीमा सुस्ताउँदै स्पन्दन सुन्नु छ ।

नभाग निलोत्पल ! हामीभित्र अंकुरित प्रेमको आँचलमा विराटता छ । मुक्ति छ । अभिभाकत्व छ । दया छ । श्रद्दा छ । र सम्मान छ । यिनै हुन् अस्तित्वलाई भंग हुनबाट बचाउने सुत्रहरु । फेरि त्रसित किन ?

भविष्यको मार्ग निर्धारण गर्नुभन्दा पहिले आफू बाँचिरहेको दिब्यात्माको रोशनीले प्रकाश पार्नु छ । वैचारिक युद्दभन्दा बढि ह्रिदयद्वारा संचालित प्रेम वागमा डिभाईन लभको सुगन्ध छर्नु छ ।

जिवनका कयौं वसन्त पार गरेपछि प्रेमिल यात्राकै क्रममा बल्ल बुझ्दैछु प्रेम प्रज्ञालाई ।

विद्वानको विद्वत मात्र होइन रहेछ प्रज्ञा, जुन तर्क र स्म्रितिले बाँधिएको होस् । किनभने दिब्य क्षमतासँग जोडिएको ह्रिदयको तारले जब घटना घटाउँदै लैजान्छ तब प्रेमपूर्ण भएर जिवनका प्रत्येक शब्दहरु ओंठबाट फूलजस्तै मगमगाउँदै निर्वस्त्र झर्छन् । अनि पो आफू निस्प्रयोजन छु भन्नेमा प्रयोजन देखिन्छ । तसर्थ आउ भर प्रेमिल अँगालोमा । चुम, ह्रिदय सिंचित प्रत्येक अंगहरुमा । विलिन भैदेउ देहदारी आत्ममिलनमा । दुई देह मिश्रित समाधीमा एकाकार नभएसम्म तिमीलेनै भन्ने गरेको ‘डिभाईन लब’ जन्मिँदैन । किनकि त्यहि दिव्यात्मा प्राप्तिकोलागि घटना हुनैपर्छ । चाहे त्यो जिवनको प्रयोजन, सार्थकता, प्रकृती या भनुँ मोक्षकोलागि किन नहोस् ।

फेरिपनि आग्रह गर्छु प्रियतम, आउ जिवन – उत्सव मनाउनकोलागि प्रेमिल घटना हुनैपर्छ । ‘डिभाईन लव’ जन्माउनै पर्छ ।

जसको वेब, कनेक्सनद्वारा बुझ्न सकौं । एक अर्काका पीडा होउन वा खुशि आकाशवाणी बनुन् सन्देशहरु । नभनेरै भनियोस सबै थोक । यहिँ कतै छ तिमीले र मैले बुझ्ने ईश्वर ।

त्यसैले त फेरिपनि भन्छु, यात्रा अलौकिक छ । आनन्दका पाईलाद्वारा सोहि अलौकिक जगतमा विचरण गरुँ । विस्वस्त छु र गराउँदै भन्छु, ‘हामीले गर्न चाहेको यात्रा आलोकतिरै लमिरहेछ ………… !

तपाइँको प्रतिक्रिया

फेसबुक