शनिबार, वैशाख ८, २०८१

बेलायतमापनि राष्ट्रिय लकडाउन घोषणा, नागरिकबाट आलोचना

नेपालप्लस संवाददाता२०७७ कार्तिक १६ गते १९:२६

लण्डन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रो राष्ट्रिय लकडाउन घोषणा गरेका छन् । लकडाउन आगामी बिहीवारदेखि लागु हुने छ । यो चार हप्ता सम्म रहने छ । प्रधानमन्त्री जोन्सनले बैज्ञानिकहरुको सुझाव र सरकारका मन्त्रीहरुको सल्लाहमा यो घोषणा गरेका हुन् ।

बेलायतमा शनिबार २१ हजार ९ सय १५ कोराना संक्रमण भएसँगै संक्रमितको संख्या १० लाख नाघेको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुनेहरुको सूचिमा बेलायत नवौं स्थानमा छ ।

लकडाउनमा अत्यावस्यक वस्तुहरु बाहेक पब, रेष्टुरेन्ट, बार, जिम र जुवा घरहरु सबै बन्द रहने छन् ।

प्रधानमन्त्रिले भनेका छन्- “कुनैपनि जिम्मेवार प्रधानमन्त्रिले ६ महिना अगाडि भएको हजारौंको मृत्‍युलाई बेवास्ता गर्न सक्दैन” । तर स्कुल कालेज र युनिभर्सिटी भने खुल्ला रहने प्रधानमन्त्रीले जनाएका छन् । प्रधानमन्त्रिको स्कूल कलेज खुल्लै रहने घोषणाको सामाजिक संजालमा आलोचना भइरहेको छ । पछिल्लो रिपोर्ट अनुसार सबैभन्दा बढी कोरोना संक्रमण कलेज र युनिभर्सिटीका बिद्दार्थीहरुमा देखिएको थियो । कतिपयले कलेज युनिभर्सिटीहरु खुल्लै रहे अन्य क्षेत्रमा गरिएको निषेधले मात्र संक्रमण कम नहुने बताएका छन् ।

प्रधानमन्त्रिले चार हप्ताको लकडाउनको पारीणाम हेरेर यसमा पुनर्विचार गरिने आफ्नो घोषणामा जनाएका छन् । उनले भनेका छन्- यो वर्षको क्रिशमस फरक हुनेछ । शायद अती नै फरक । तर मेरो इमान्दार आशा छ केहि समय हामीले सास्ती भोग्यौं भने सम्भवत: सबै परिवार सँगसँगै रहने अनुमती दिन सक्दछौं” ।

तपाइँको प्रतिक्रिया

फेसबुक