शनिबार, वैशाख ८, २०८१

स्विजरल्याण्डको अस्पतालमा अन्तिम बेड कसले पाउने निर्णय हुँदै

नेपाल प्लस२०७७ कार्तिक १७ गते १९:२२

स्विजरल्याण्डका अस्पतालको सघन उपचार कक्षमा आउने विरामीको संख्या नाटकिय रुपमा बढिरहेको छ । अब डाक्टरहरुले निर्णय गर्नुपर्ने छ, कसले ओछ्यान पाउँछ र को नपाएरै मर्ने हो । दूर्घटना र रोगको गम्भिरता अनुसार कसले पहिले उपचार पाउने भन्ने निर्णय (ट्रियाज डिसिजन्स्) चिकित्सकहरुले गर्नुपर्नेमा अब विरामीहरुले नै त्यस्तो निर्णय गर्नुपर्ने अवस्था देखिन लागेको स्विस एन्फोले उल्लेख गरेको छ ।

धेरै वृद्दवृद्दाले अब विरामी हुँदा नर्सिङ होम र वृद्दाश्रममै मर्न खोज्ने अवस्था सृजना भएको हो ।

“कसले जिवन जिउने सेवा पाउने र कसले नपाउने भन्ने त्यस्तो निर्णय लिन चिकित्शकहरु चाहँदैन” जुरिचको क्लिनिकल इथिक्स अस्पतालका प्रमुख तान्जा कोरोन्सलाई उल्लेख गर्दै सोनटाङजैटुङले जनाएको छ ।

गत हप्तानै मेडिकल सेवा समन्वयका सरकारी प्रतिनिधि आन्द्रियास स्टेटबाखरले चेतावनी दिईसकेका थिए, ‘यदि कुनै उपाय निकालिएन भने स्विजरल्याण्डका आईसीयू बेडहरू अर्को १५ दिनमै भरिने छन् ।’ त्यस्तो चेतावनी दिएको एक सातासम्मपनि सरकारका तर्फबाट कुनै समाधान ननिकालिएको गुनासो उनीहरुको छ ।

स्विस एकेडेमी अफ मेडिकल साइन्सेजले ट्रियाज निर्णय सम्बन्धी दिशानिर्देशहरू तर्जुमा गरेको छ । त्यसमा ८५ वर्ष भन्दा माथिका व्यक्तिले पल्लेटिभ ट्रिटमेन्ट (उपशामक उपचार) मात्र लिन पाउनेछन् । तर यहि दिशानिर्देशहरूपनि अर्को हप्ता संशोधन हुने भएको छ ।

पल्लेटिभ ट्रिटमेन्ट अर्थात् (उपशामक उपचार) भन्नाले गम्भिर बिरामी भएका व्यक्तिहरूको लागि विशेष चिकित्सा सेवा हो । यस प्रकारको हेरचाह रोगको लक्षण, तनाव र अत्यधिक पीडा, दुखाईबाट राहत प्रदान गर्नमा केन्द्रित हुन्छ । यसको लक्ष्य दुबै बिरामी र परिवारका लागि जीवनको गुणस्तर सुधार गर्नु हो ।

यद्दपि, वृद्धहरू आफैं गहन हेरचाहमा जान चाहँदैनन् । सोन्टाग जेइटुङका अनुसार विशेषगरि जो वरिष्ठ नागरिकहरूको घरमा बस्छन् तिनले गहन उपचार गर्न रुचाउँदैनन् ।

“ती मध्ये धेरैले ईटालीमा संक्रमण उच्च भएका बेला अस्पतालका बेडहरुमा अत्यधिक भिड लागेको, उपचारको याचना गर्दै भुइँमा लडेको, कारुणिक याचना गरेको इटालीका तस्बिरहरू सोच्छन् र जान चाहँदैनन् । यो स्पष्ट रूपमा एक खाले अवरोध हो” विन्तेरथुर प्रान्तिय अस्पतालको सघन उपचार कक्षका प्रमुख चिकित्सक आल्वाईस हेलर भन्छन् ।

तान्जा कोरोन्सले सल्लाह दिनेबारे चितावनी दिएका छन् ‘हामी के सुझाव दिन्छौं, के निर्णय लिइन्छ त्यसबारे गम्भिरताका साथ सोच्नुपर्छ । अस्पताल बाहिरका विरामीहरुलाई अस्पतालमा स्थानान्तरण नगर्नपनि उनले चेतावनी दिएका छन् । अस्पतालको पद्दतीलाई बचानपनि त्यस्तो चेतावनी उनले दिएका हुन् ।

उनले सोनटागसित भने “केहि क्षेत्रका अस्पताल भरिइसकेका छन् । त्यस्ता त्रासपूर्ण घटना नहोउन्, मौन खालका उपचार नहोस्, बेलैमा उपचार पुगोस् भनेर हामीले मिलेर काम गर्नुपर्छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक