शनिबार, मंसिर १३, २०७७

हुँडार, ब्वाँसा र नेताका चरित्र, दाउपेच उस्तै

ददि सापकोटा२०७७ कार्तिक १८ गते १६:४९

स्पोटेड ब्वाँसाहरू अफ्रिकाको साभाना घाँसेफाँटका सबैभन्दा सफल शिकारीहरू हुन् । नेपालको राजनितिमा कोइराला परिवार जस्तो । उनीहरूको सफलता यसरि गनिन्छ कि प्रतिस्पर्धीहरूलाई कसरि उछिन्ने ? त्यसरि उछिन्न सक्नेहरु अधिक सम्मानित हुन्छन् । अधिकांशले प्रशंसा पाउँछन् । अरुलाई हराउन सक्नेको वाहि वाहि गरिन्छ । जयजयकार हुन्छ । बलियाको पछि लाग्छन् अरु हुँडारहरु ।

पदानुक्रममा पनि तिनको पद हुन्छ जस्तो पार्टी सदस्य, गाउँ, एरिया, अन्चल, जिल्ला सदस्य, सचिव, अध्यक्ष हुँदै केन्द्रमा पुगेर पार्टी अध्यक्ष बने जस्तो । तल्लो तहका हुँडारहरुलाई निर्णय गर्ने अधिकार हुन्न । तिनले नेत्रित्वले दिएको निर्देशन पालना गर्ने हो ।

ब्वाँसा र हुँडारहरुमापनि बिद्रोह हुन्छ । नेता र कार्यकर्ताले बिद्रोह गरेजस्तै । केहि स्पोटेड ब्वाँसोहरू आफ्नै विचारहरू बनाउन भाग्ने गर्छन् समूहबाट टुक्रिएर । उनीहरू स्पष्ट हुन्छन्, अब नेतृत्व परिवर्तन गर्नुपर्छ । तिनीहरूले असन्तुष्टि स्पष्ठसित राख्छन् । आफ्ना असन्तुष्टिहरुको सुनुवाई हुनुपर्ने अपील गर्छन् । जब चर्को अन्याय हुन्छ तब त्यो बोझले गर्दा उनीहरू नेत्रित्वको कुरा सुन्न अस्वीकार गर्दछन् ।

हुँडारहरु सफलताको लागि परिचित छन् । नेताहरुले अरुका अक्किल, खेल र दाउपेचको नक्कल गरेजस्तै उनीहरूले साभाना घाँसेफाँटमा अन्य सिकारीहरूको सम्पत्ति चोर्छन् । तिनले अन्य जनावरको मासु चोरेर लैजान्छन् । नेताहरुले सुन र सम्पत्ती लुकाएजस्तै लुकाउँछन् । आर्काको सम्पत्ती, शक्ति र पद र सफलताको ईर्स्या गरेजस्तै हुँडार र ब्वाँसाहरुपनि ईर्ष्या गर्छन् । यस्ता विद्रोहीहरूको असन्तुस्टि देखेपछि अन्यमा अझै असन्तुष्टि पैदा गर्ने अवसर पाउँछन् ।

अफ्रिकी कथाहरुमा हुँडारलाई एक चतुर तर बलात्कार, अवसरवादी खलनायकको रूपमा ब्याख्या गरिन्छ । तिनले जसको खाना पनि चोर्ने, खोसेर लिने, तत्काल तृप्ति र भोकको लोभ गर्ने भनेर चित्रित गरिएको छ । मित्र होस वा र दुश्मनलाई पदकोलागि नेताहरुले धोका दिएजस्तै हुँडारहरुलेपनि आफ्नैलाई खानामा परिणत गर्ने लोभीका रुपमा प्रसिद्ध भनाईहरु छन् ।

तर अफ्रिकी समुदायहरूमा जहाँ बोक्सीविध्याको अभ्यास गरिन्छ त्यस्ता लोककथामा हुँडारलाई जादूगर, रातका धावक, सबै किसिमका अनौंठो रातको खेलकुदमा तगडा, टोटेमिक चिकित्सकहरूले सहयोगी र सवारीको रूपमा प्रयोग चित्रित गरिएको छ । तसर्थ धेरै अफ्रिकी सांस्कृतिक भाषणहरूमापनि हुँडारहरुको नाम पुज्य छैन । हाम्रा नेता जनताको मनमा अप्रिय बनेजस्तै । आजकाल त्यहाँ युवाहरुले ट्रम्पसित हुँडरलाई तुलना गर्ने गरेका छन् ।

केन्यामा हुँडारहरु अवसरवादी र अर्काले समातेको, पक्रेको आहारा खान्छन् जनताको दुख र पीडाबाट राजनीतिज्ञले खानपान गरेझैं भनेर वर्णन गरिएको छ ।

गिरिजा प्रसाद कोइराला, गगन थापा, गिरिराजमणी पोख्रेल, बाबुराम भट्टराईले अलि तगडा कार्यकर्ता देशभरिकै चिन्छन् भनेजस्तै ६० देखि ८० वटाको समूहमा बस्ने हुँडारहरुलेपनि एकले अर्कोलाई राम्रोसित चिन्छन् । अर्थात् आफ्नो समूहका प्रत्येक सदस्यको स्पष्ठ पहिचान गर्छन् ।

स्पट हायना भन्ने हुँडारहरुले बच्चाहरुलाई कठोर पदानुक्रमको बारेमा सिकाउँछन् । तर फरक के छ भने हुँडारहरुमा नेत्रित्व गर्ने बलियो र अनुभवी महिला हुन्छे । प्रत्येक बच्चाले पदानुक्रममा कहाँ फिट हुन्छ भनेर ठ्याक्कै सिक्छ । त्यो समूहमा राजनितिक पार्टीका नेता, कार्यकर्ताको झैं वर्णानुक्रम तोकिन्छ ।

उच्च तहका हुँडारहरुले आफूलाई स्पष्टसँग प्रकट गर्छन् आफ्नो तह । पार्टीका एक नेता उच्च पदमा पुगेपछि आफू निकटका ब्यक्ति बिभिन्न पदमा नियुक्ति हुन झुम्मिए जस्तै हो हुँडारमापनि । जब एक वा दुई वटा हुँडारले शिकारको गर्छन् त्यसपछि वरिपरिका हुँडराको बथान आउँछ । गिरिजा प्रसादले आफ्नी छोरी, प्रचण्डले आफ्नै छोरीज्वाई र बुहारीलाई पद दिए जस्तै हुँडारमापनि गोत्रका अन्य सदस्यहरू तिसँग सामेल हुन्छन् । तर प्रमुख जित भने नेत्रित्वकर्ताकै हुन्छ । ठ्याक्कै नेतामा जस्तो ।

प्रमुख कुनै पनि हत्यामा नेत्रित्व लिन, अरुलाई अह्राउन वा आफूले चाहेको खानेकुरा खान स्वतन्त्र र हैकमी हुन्छ ।

जब हुँडारको सम्पूर्ण समूह सँगै आउँछ स्पट हाइना (हुँडार) का नेताहरुले उनीहरूको इलाकाको सिमाना गस्ति गर्छन् । तिनीहरूले आफ्नो मूत्रमार्फत चिन्ह लगाउँछन् । यो प्रदेश हाम्रो, यो नगरपालिकामा हाम्रो जित भनेर नेताहरुले भागवण्डा गरेजस्तै । सिमानामा नेपाल, बंगलादेश, फ्रान्स र जर्मनी, ईटाली, भारत र चिनको द्वन्द भएझैं हुँडारहरुकोपनि हुन्छ । यिनकापनि सिमाना र साँध हुन्छन् । बलियो छिमेकीले निर्धोको सिमाना मिच्छ । नजिकको एउटा हत्याले छिमेकी गोत्रसँग झगडा उत्पन्न गर्न सक्छ हुँडारमापनि । जब सम्पूर्ण समूह इलाकामा लाइनमा उभिन्छन् यी सबै असंबन्धित हुँडार सेनामा सामेल हुन्छन् र एउटा युद्धमा लाग्छन् । देशको सिमाना रक्षार्थ बसेका सेना जस्तै हुन् हुँडारपनि ।

नेताहरुले आफ्ना कार्यकर्तालाई आफूले दिक्षित गरेजस्तै माथिल्लो श्रेणीका हुँडारहरुले तलकालाई सिकाउने गर्छन् । उनीहरुलेपनि आफ्नो परिवारका सदस्यलाई धेरै दिक्षित गर्छन् ।

त्यसो त, नेता पिच्छे आफ्ना कार्यकर्ताको संख्या धेरै र थोरै भएझैं हुँडारको प्रजाति अनुसार सानो ठूलो समूह र समर्थक हुन्छन् । ब्राउन हायनामा १४ वटाको समूह बन्छ । यिनमापनि उच्च तहमा बस्नेहरु हुन्छन् । कोइराला, थापा परिवरमाझैं । केहि हायनामा सामान्य खालका नेतामा जस्तै समानता, सरलतापनि हुन्छ, प्रदिप गिरी, अमिक शेरचन, निर्मल लामा, मदन भण्डारी, मोहनचन्द्र अधिकारीमा जस्तो ।

तपाइँको प्रतिक्रिया

फेसबुक