शुक्रबार, चैत १६, २०८०

फ्रान्सेली उत्पादन बहिस्कार गर्ने मुस्लिमहरुको निर्णय बिरुद्द मुस्लिमहरुनै

नेपालप्लस२०७७ कार्तिक १८ गते २०:१८

फ्रान्सेली मुस्लिम नेताहरूले फ्रान्स विरोधी बहिष्कारको नारा ‘अन्यायपूर्ण’ भनेका छन् । उनीहरु फ्रान्सका उत्पादन बहिस्कार गर्ने मुस्लिमहरुको प्रदर्शन र नारा नाजायज भन्दै त्यसकाबिरुद्द देखिएका हुन् ।

धेरै फ्रान्सेली मुस्लिम नेताहरूले सोमबार मुस्लिम देशहरुमा फ्रान्सेली सामानको बहिष्कार गर्नु “न्यायसंगत” नभएको भन्दै निन्दा गरेका हुन् । उनीहरुले यसलाई “राजनीतिक फाइदाका लागि इस्लाम प्रयोग गर्ने” आरोप लगाए।

“गएका हप्ताहरुमा फ्रान्सले तिन तिन पटक अनुचित आक्रमणको दुखद सामना गर्नु परेको छ र यस्तो बेला हामीले हाम्रो देशमा एकजुटता देखाउनुपर्छ” फ्रान्सका तिन प्रमुख मस्जित र तिन प्रमुख मुस्लिम संघका प्रमुखहरुले प्रेस बिज्ञप्तीमार्फत् भनेका छन् ।

उनीहरुले भनेका छन् “फ्रान्सेली कानुनले अभिब्यक्ति स्वतन्त्रताको निर्क्यौल गरेको छ । यहाँको कानुनले नागरिकहरुलाई विश्वास गर्ने वा नगर्ने भन्ने स्वतन्त्रतापनि दिएको छ ।”

पेरिसको सबैभन्दा ठूलो मस्जित, लियों र फ्रान्सेली टापू रेयुनियोंका मुख्य धार्मिक नेता र मुस्लिम समूहका नेत्रित्वकर्ताहरुले आतंकवाद र आफ्नो धर्मका नाममा हुने सबै खाले हिंसाको निन्दासमेत गरेका छन् ।

उनीहरूले “विदेशी नेताहरूद्वारा गरिएको हत्याको आव्हान” प्रतिपनि आक्रोश व्यक्त गरेका छन् । यसले मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदको ट्वीटलाई संकेत गरेको छ जसले मुस्लिमहरुलाई “क्रोधित हुने र लाखौं फ्रान्सेली जनतालाई मार्ने अधिकार रहेको” दाबी गरेका थिए ।

राष्ट्रपति एमानुएल माख्रोंले पैगम्बर मोहम्मदलाई चित्रण गर्ने कार्टुन देखाउने अधिकारको रक्षाको बिरूद्ध प्रतिक्रिया जारी राख्न पाउनुपर्ने अभिब्यक्तिको ब्याख्या गर्दै यो भनाई बाहिर आएको हो । फ्रान्सेली स्कूलका शिक्षक शामूएल पाटीले अभिब्यक्ति स्वतन्त्रताका नाममा

मुस्लिम गुरु मोहम्मदको कार्टून कक्षाकोठामा देखाएपछि उनको हत्या भएको थियो ।

धेरै मुस्लिमले पैगम्बर मोहम्मदको चित्रणलाई आपत्तिजनक मान्दै आएकाछन् ।

मलेशिया र बंगलादेशमा राष्ट्रपतीको त्यहि बचाउलाई मुस्लिम धर्म बिरोधी भन्दै सोमवारपनि हजारौंले राष्ट्रपती माख्रोंबिरुद्द प्रदर्शनी गरेका थिए ।

त्यसो त, उनको अभिब्यक्तिबिरुद्द टर्की, सिरिया, माली र गाजा क्षेत्रका केहि ठाउँमापनि माख्रोंबिरुद्द प्रदर्शनी भएका छन् । खाडी राष्ट्रका केहि फुटकर ब्यापारीलेपनि फ्रान्सेली उत्पादन बहिस्कार गरेका छन् ।

माख्रोंले अबर राष्ट्रहरुमा भएको फ्रान्सबिरोधी प्रदर्शनीलाइ शान्त पार्न एक अरबी टिभीलाई अन्तर्वार्ता दिँदै कार्टूनले उनीहरुलाई आस्चर्यमा पारेको हुनसक्ने भएपनि फ्रान्स अरब देश र मुस्लिमहरुको पक्षमा रहेको बताएका थिए । उनले कार्टूनको अपब्याख्या गरिएकोपनि सार्वजनिक गरे ।

(फोटो- याहु मनी)

तपाइँको प्रतिक्रिया

फेसबुक