बिहीबार, वैशाख १३, २०८१

टर्कीका उत्पादन बहिस्कार गर्न फ्रान्सेलीहरुको चर्को माग

नेपालप्लस२०७७ कार्तिक १९ गते १३:०४

पछिल्लो समयमा फ्रान्सका बिरुद्द चर्कोसित उभिएको टर्कीका उत्पादनहरु फ्रान्सलेपनि बहिस्कार गर्नुपर्ने माग उठेको छ ।

हजारौं मानिसले फ्रान्सेलीहरुलाई निवेदन गर्दै आफूहरुलेपनि टर्कीबाट उत्पादित वस्तुहरु बहिष्कार गर्न प्रतिवद्धता जनाएका छन् । अन्यलाईपनि टर्कीका उत्पादन बहिस्कार गर्न आव्हान गरेका छन् ।

मंगलबार बिहानसम्म चेन्ज डट ओ आरजीले शुरु गरेको अनलाईन हस्ताक्षर अभियानमा साँढे नौ हजारले हस्ताक्षर गरिसकेका छन् । अर्मेनिया, ग्रीस र साउदी अरेबियाले यस अघिनै टर्कीका उत्पादन सीमित गर्ने या पूर्ण प्रतिबन्ध लगाइसकेका छन् ।

उनीहरुले टर्कीको बैदेशिक नितिको आलोचना गर्दै यस्तो माग गरेका हुन् ।

हस्ताक्षरकर्ताहरुले टर्किस राष्ट्रपती रेसेप तैयिप एर्दोगानले हमास र सिरियन लडाकु समूह जस्ता इस्लामिक आतंकवादी समूहसँग संवन्ध विकास गर्न अन्य देशमाथि हमला गरेको आरोप लगाएका हुन् ।

पछिल्ला हप्तामा एर्दोगानले फ्रान्सेली उत्पादनहरु बहिस्कारकालागि आव्हान गर्दै आएका छन् । उनले “फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंलाई “मानसिक जाँच आवस्यक भएको” अभिब्यक्ति दिएका थिए । टर्की र फ्रान्सकाबिचमा संवन्ध बिग्रिएको भन्दै फ्रान्सले यस अघिनै टार्कीथित आफ्नो राजदूतलाई फिर्ता बोलाईसकेको छ ।

“टर्किका ब्राण्डहरु फ्रान्समा नकिन्नु भनेजस्तै मपनि फ्रान्सका उत्पादन टर्कीमा नकिन्न हाम्रा सबै नागरिकलाई आव्हान गर्छु” एर्दोगानले भनेका थिए ।

टर्कीको तथ्यांक विभागका अनुसार फ्रान्स टर्कीमा आयातको १० औं सबैभन्दा ठूलो स्रोत हो र टर्कीको निर्यातको लागि सातौं ठूलो बजार हो । द जेरुसलेम पोस्टका अनुसार फ्रान्सका उत्पादनमध्ये टर्कीमा सबैभन्दा बढि फ्रान्सनिर्मित कारहरु बिक्रि हुन्छन् ।

हस्ताक्षरमा सहभागिहरुले “फ्रान्सेली नागरिकहरूले आफ्नो मूल्य, स्वतन्त्रता, समानता, भ्रातृत्वको रक्षा गर्दछन्” उल्लेख गर्दै भनिएको छ “यो त्यस्तो कुरा हो जुन राष्ट्रपति एर्दोगानले पक्का गरेका छन् कि यि कुरा आफ्ना नागरिकहरुसित छैन ।”

“हामी घृणालाई अरु घृणा फैलाएर लड्ने छैनौं । हामी भ्रम पैदा गर्ने छैनौं,” निवेदनमा उल्लेख गरिएको छ “आतंकवादीहरूले टर्की जस्ता आतंककारि मित्र राष्ट्रहरूसँग मिलेर लगानी गरिरहेका छन् । हामी आफ्नो शक्तिशाली र प्रभावकारी अहिंसक उपकरणहरूको प्रयोग गरेर एर्दोगानको लगानी कटौती गर्न लाग्नेछौं ताकि उसले फेरि हाम्रो टाउको काट्न नपाओस् ।”

“यो हस्ताक्षर मार्फत हामी यो कुरा पुष्टि गर्नेछौं कि हामी एर्दोगानको विदेश नीतिलाई समर्थन गरिरहेका छैनौं ।” हामी टर्कीमा बनेको कुनै पनि सामान किन्दिनौं जबसम्म उसले मुस्लिमद्वारा इसाईहरू विरुद्ध घृणा जगाउन रोक्दैन”।

तपाइँको प्रतिक्रिया