शुक्रबार, वैशाख ७, २०८१

वाइडेन जितको नजिक

सञ्जय घिमिरे / अमेरिका२०७७ कार्तिक २० गते २:१४

अमेरिका । अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना अत्यन्त रोचक र कडा प्रतिस्पर्धात्मक क्षणमा प्रवेश गरेको छ । वर्तमान राष्ट्रपती डोनल्ड ट्रम्पलाइ कडा टक्कर दिंदै डेमोक्रेटिक पार्टीका उम्मेदवार पुर्व उपराष्ट्रपती जो वाइडेन अमेरिकाको राष्ट्रपती पदको नजिक पुगेका छन ।

अहिलेसम्मको स्थिती हेर्दा, वाइडेनलाइ राष्ट्रपती बन्ने ढोका खुल्दै गएको छ भने ट्रम्पका लागी ढोका बन्द हुँदै गएको जस्तो देखिन्छ । बाइडेनले अहिलेसम्म २ सय ५३ इलेक्टोरल मत प्राप्त गरेका छन भने राष्ट्रपती डोनल्ड ट्रम्पले २ सय १३ इलेक्टोरल मत प्राप्त गरेका छन । राष्ट्रपतीमा जित्न २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । अमेरिकी राष्ट्रपती छान्ने इलोक्टोरल कलेजमा ५३८ प्रतिनिधी हुन्छन ।

वाइडेनलाइ २ सय ७० को जादुमय नम्बर प्राप्त गर्न अब जम्मा १७ मतको आवश्यक छ । अहिले निर्वाचन युद्धभुमि जस्तै मानीएका केही राज्यहरुमध्ये नेभडा र एरीजोनामा वाइडेनले लिड गरिरहेका छन, जहाँ नेभडाका ६ र एरीजोनाका ११ मत गरेर वाइडेनलाइ चाहीने १७ मत पुग्छ । अमेरिकाका पचास राज्यमा जनसंख्याका आधारमा इलेक्टोरल कलेजका प्रतिनिधीहरुको संख्या तोकिएको छ । दुएवटा राज्य बाहेक बाँकी अठचालीस वटा राज्यमा रिपब्लीकन वा डेमोक्रेट पार्टीका राष्ट्रपतीय उमेदवार जसले बढी मत ल्याउँछ, ती राज्यका इलेक्टोरल मत उसैको पोल्टामा जान्छन ।

वाइडेनले जिते भने, राष्ट्रवादको नारा लगाएर उदाएका, आक्रामक र अस्थीर स्वभावका ट्रम्पको एउटा अनुदार युगको समाप्त हुनेछ । अमेरिका र मेक्सिकोको बोर्डरमा पर्खाल लगाउने, अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका एक करोड दशलाख भन्दा बढीलाइ फिर्ता पठाउने, मुश्लिमहरुलाइ अमेरिकामा प्रवेशमा केही समय रोक लगाउने, अमेरिकीहरुको हातबाट गुमेका रोजगारलाइ फिर्ता ल्याउने र पुर्व राष्ट्रपती बाराक ओबामाले ल्याएको हेल्थ केयर योजना खारेज गर्ने जस्ता नारालाई अघी सार्दै २०१६ मा ट्रम्पले राष्ट्रपती पद जितेका थिए । तर बितेका चार बर्षमा उनले भने जस्तो भएन ।

आफनो बोली र बानीका कारण ट्रम्प बिवादास्पद बनीरहे । पछिल्ला दिनमा खासगरी कोरोना महामारी नियन्त्रण गर्ने मामिलामा त ट्रम्प चुके नै । तैपनी, उनले प्राप्त गरेको मत हेर्दा बिवास्पद छविका वाबजुदपनि ट्रम्प त्यती कमजोर चाँही भैहालेका छैनन । उनले हतपती हार स्विकार नगर्ने संकेत पनि दिइ सकेका छन । विन्किन्स राज्यमा पुन मत गणना गर्नुपछृ भन्ने थालेका छन भने हुलाकबाट आएका मतपत्रको बिषयलाइ लिएको अदालत जाने बताइसकेका छन । बाइडेनले जितीहाले भनेपनि ट्रम्पले ह्वाइट हाउस सम्मको बाटो सजिलै क्लियर गरिदिने जस्तो देखिदैंन ।

तपाइँको प्रतिक्रिया

फेसबुक