शनिबार, वैशाख १५, २०८१

कोरोनाबाट फ्रान्समा एकै दिन झण्डै ४०० को मृत्यु, ४० हजारभन्दा बढि संक्रमित

नेपाल प्लस२०७७ कार्तिक २० गते १२:५९

फ्रान्समा कोरोना भाईरसबाट बुधवार एकै दिन झण्डै चार सयको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ४० हजार पुगेको छ ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार वुधवार ३९४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ । त्यसैगरि कोरोना संक्रमितको संख्या वुधवार एकै दिनमा ४० हजार पाँच सय ५८ पुगेको छ । मंगलवार संक्रमितको संख्या ३६ हजार तिन सय ३० थियो । तर सोमवार भने ५२ हजार पाँच सय १८ थियो ।

फ्रान्समा हालसम्म १५ लाख ४३ हजार तिन सय २१ जना कोरोनाबाट संक्रमित भैसकेका छन् । हालसम्म कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या फ्रान्समा ३८ हजार छ सय ७४ पुगिसकेको छ । गएको २४ घण्टामै ३९४ जनाले अस्पतालमा ज्यान गुमाएका छन् ।

(फोटो – द स्टेस्म्यान)

तपाइँको प्रतिक्रिया