शुक्रबार, वैशाख ७, २०८१

अमेरिकी राष्ट्रपतीय निर्वाचन : हार्ने संकेत देखिएपछि निहुँ खोज्दै ट्रम्प

तारा रावल / अमेरिका२०७७ कार्तिक २१ गते १४:४९

आफू पराजित हुने संकेतहरु देखिँदै गएपछि अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले निहुँ खोज्न थालेका छन् । प्रमाणबिनाका तथ्यहरु अघि सार्दै राष्ट्रपती ट्रम्पले जारी मतगणना नै रोक्न माग गरेपछि अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम नै अन्यौलमा परेको छ ।

बिहीबार अली निराश मुद्रामा ह्वाइट हाउसमा बोल्दै राष्ट्रपती ट्रम्पले आफूमाथि चिटिङ भएको बताएका छन् ।

मतदान र गणनामा धाँदली भएको राष्ट्रपती ट्रम्पको दाबी छ । खासगरी हुलाकबाट आएका मतपत्रहरुमाथि उनले प्रश्न उठाएका छन् ।

झिना मसिना धाँदलिका विषयहरुलाइ आधार बनाएर राष्ट्रपती ट्रम्पले एउटा उत्कृष्ट प्रजातान्त्रीक अभ्यासलाइ अन्डरमाइन्ड गर्न खोजे जस्तो देखिएको छ ।

बिहीबार ह्वाइट हाउसमा राष्ट्रपती ट्रम्पले गरेको सम्बोधन अमेरिका जस्तो शक्तिशाली र प्रजातान्त्रीक मुलकका राष्ट्रतीलाइ नसुहाउने खालको टिप्पणी कतीपय विश्लेष्कहरुले गरेका छन् ।

निर्वाचन प्रक्रियामाथि नै ट्रम्पले उठाएको प्रश्नप्रति रिपब्लीकन पार्टीकै नेताहरु समेत सहमत छैनन । जुन प्रक्रियाबाट ट्रम्प जित्न चाहन्छन्, त्यही प्रक्रियाबाट हार्न भने उनलाइ कठिन भैरहेको छ ।

जसरिपनि परिणामलाइ आफनो पक्षमा पार्न र डेमोक्रेटिक पार्टीका जो वाइडेनको ह्वाइट हाउसको यात्रालाइ रोक्न अनेक बाटाहरुको खोजीमा छन् ट्रम्प ।

मतगणना भैरहेका राज्यमा मतगणना रोक्न माग गर्दै ट्रम्पका सहयोगीहरुले अदालतमा मुद्धाहरु दायर गरेका छन् । तर अहिलेसम्म ती मुद्धाहरुले निर्वाचनको परिणामलाइ नै रोक्ने जस्तो देखिएको छैन ।

निर्णायक मानीएका पाँचवटा राज्य नर्थ क्यारेलोना, जर्जिया, एरोजेना, नेभडा र पेन्सलभेनीयामा अहिले मतगणना भैरहेको छ । मतगणना जारी रहेका पाँच राज्यमध्ये जर्जियामा समेत बाइडेनले थोरै मतले उछिनेका छन् । एरीजोना र नेभडामा पनि जो वाइडेन अगाडी छन् । तीनवटा राज्य नर्थ क्यारेलोना र पेन्सलभेनीयामा मात्र ट्रम्पले लिड गरिरहेका छन् । पेन्सलभेनीयामापनि बाइडेनले ट्रम्पलाइ कडा टक्कर दिएका छन् । मतगणनाहरु जारी नै रहेपनि, मुद्धा मामीला गर्ने ट्रम्पका कदमहरुले परिणाम आउनमा ढिलाइ हुने र अन्यौल सृजना हुनसक्ने अवस्था देखिएको छ ।

अहिलेसम्म बाइडेनले २५३ इलेक्टोरल मत प्राप्त गरेका छन् भने राष्ट्रपती डोनाल्ड ट्रम्पले २१३ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपतीमा जित्न २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

अमेरिकी राष्ट्रपती छान्ने इलोक्टोरल कलेजमा ५३८ प्रतिनिधी हुन्छन् । वाइडेनलाइ २७० को जादुमय नम्बर प्राप्त गर्न अब जम्मा १७ मतको आवश्यक छ । नेभडाका ६ र एरीजोनाका ११ मत गरेर वाइडेनलाइ चाहिने १७ मत पुग्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक