शुक्रबार, वैशाख १४, २०८१

अबको अमेरिकी बैदेशिक निति : ट्रम्प र वाईडेनबिचको फरक

अनुराधा पौडेल / पेरिस२०७७ कार्तिक २३ गते १८:०८

साम, दाम, दण्ड, भेद । निर्वाचन जित्नकालागि चाहिने हतियार हुन् यि । विश्वमा प्राय जतापनि चलेको वा सुनिँदै आएको हतियार हो यो । यस्तो हतियारले अमेरिकालाईपनि प्रभाव नपार्ने कुरै भएन । त्यसो त, राष्ट्रपतीको निर्वाचन जित्न धेरै कुराले फरक पार्छ । विश्वमा द्रुत गतिमा विकास भैरहेको अन्तर्राष्ट्रिय रणनिति, योजना, राजनितिक दाउपेच र स्वार्थको भूमिकापनि उत्तिकै हुन्छ । निर्वाचनपछि विजयी हुनेको कार्यशैली, विजय भएको राष्ट्रपतीको कार्यकाल कस्तो हुन्छ, उसले के कस्तो परिवर्तन गर्छ भन्ने हुनसक्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति शी जिनपिङले जून २९, २०१९ मा जापानको ओसाकामा जी २० शिखर सम्मेलनको अवसरमा द्विपक्षीय बैठक आयोजना गरेपछि दुबै देशका झण्डा फहराएका थिए । यस घटनाबाट निर्वाचनपछिको कर्यकालमा कसरि वैदेशिक निति बन्छ भन्ने सानो संकेत मिल्छ ।

जतिसुकै आलोचना गरेपनि, उतारचढाव आएपनि विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध वाशिंगटन र बेइजिङबिचनै छ ।

डोनाल्ड ट्रम्पले विदेश नीतिका केहि मामिलामा आक्रामक अडान लिएका थिए । उनी “अमेरिका र अमेरिकी पहिलो स्थानमा” भन्दै चर्को राष्ट्रवादी वा एकल अमेरिकावादी नितिमा चर्कोरुपमा प्रस्तुत गर्दै आएका थिए । यदि ड्रम्पले जितेको भए उनले त्यहि नितिलाई अगाडि बढाउन सक्थे । तर जे वाईडेनले भने उनको नितिमा फेरबदल गर्नेनै छन् । तर ट्रम्पकालका सबै वैदेशिक निति बदल्न भने उनलाई पनि मुस्किल पर्ने छ । किनभने अमेरिकाका केहि वैदेशिक निति राष्ट्रपती जित्दैमा चार वर्षे कार्यकालमा संभवपनि हुन्न । उतारचढाव भने वाईडेनले पक्कै ल्याउन सक्छन् । यो उतारचढावले विश्वको परिद्रिष्यमा अमेरिकालाई हानी पुर्‍याउनपनि सक्छ । अमेरिकाको बदलिने वैदेशिक नितिले बाँकि विश्वलाई अलमलमा पार्नपनि सक्छ ।

संयुक्त राज्य अमेरिकाको विश्वमा ठूलो स्थान राष्ट्रपतिको परराष्ट्र नीतिले बनाउँछ । त्यसले अहिलेको चुनाव जसले जितेपनि उसले अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गर्नुपर्नेछ । राष्ट्रपतीको कार्यकाल सुरु हुने बित्तिकै त्यो देखापरिहाल्छ । ट्रम्प र वाईडेन जो होस उसले अमेरिकाका तर्फबाट अन्य देशहरूसँग कसरी छलफल गर्दछन् भन्ने बारेमा यि दुई पात्रले एकदम भिन्न दृश्य प्रस्तुत गर्दछन् । दुबैले विदेशमा सफलता हासिल गर्न कस्ता अवशर लिने भनेर भरमग्दुर प्रयत्न गर्ने थिए । तैपनि आफ्ना एजेण्डा स्थापित गराउन र जो विजयी भएपनि आफ्ना अन्तर्राष्ट्रिय एजेन्डा पूरा गर्न थुप्रै अवरोधहरुको सामना भने गर्नुपर्ने थियो । अब त्यो अवशर चुनौति वाडेनलाई आएको छ ।

“ट्रम्प अमेरिकी विदेश नीतिप्रति जनविश्वास, वैदेशिक नितिको वकालत गर्ने नेताहरुको भनाई र फेरबदल यति कमजोर भएको छ कि मलाई लाग्छ यसले अमेरिकाको अन्तर्राष्ट्रिय प्रतिबद्धता र अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यक्रमबद्ध ढंगले भूमिका खेल्ने क्षमताको क्षति भइरहेको छ”

ट्रम्प विजयी भएको भए उनले आफ्नो निर्वाचनलाई आफ्नो विदेश नीतिले काम गरेको, सफल रहेको भनेर प्रमाणित गर्न खोज्ने थिए । उनी त्यहि नितिमा झन अगाडि बढ्न सक्ने थिए । ट्रम्पले आफ्नो धेरैजसो समय पूर्व राष्ट्रपती बाराक ओबामाले बनाएको नीतिलाई हटाएर नयाँ निति ल्याएका थिए । ओबामा कालका उपराष्ट्रपति वाइडेनले चुनाव जित्दा प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरूको बारेमा फेरि काम गर्नेछन् भन्ने निस्चित जस्तै छ । उनले ओबामा कालका वैदेशिक नितिलाई अगाडि सार्ने पटक पटक दोहोर्‍याएकापनि हुन् ।

अमेरिकी ईतिहाँसको नितिनिर्माण पद्दतीमा ब्रेक लगाउने काम ट्रम्पले गरेका थिए । यतिसम्म कि राष्ट्रपतिय प्रशासनका अधिकारीपनि एकबाट अर्को पार्टीमा लागेका थिए । यसलेपनि अबको अमेरिकाको बैदेशिक नितिकालागि प्रभाव पार्ने छ । किनभने त्यसैले ति प्रशासकहरुलाई बैदेशिक नितिको दिर्घकालिन योजनामा अलमल पार्ने छ ।

“ट्रम्प अमेरिकी विदेश नीतिप्रति जनविश्वास, वैदेशिक नितिको वकालत गर्ने नेताहरुको भनाई र फेरबदल यति कमजोर भएको छ कि मलाई लाग्छ यसले अमेरिकाको अन्तर्राष्ट्रिय प्रतिबद्धता र अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यक्रमबद्ध ढंगले भूमिका खेल्ने क्षमताको क्षति भइरहेको छ” अमेरिकाको बेलायतस्थित लण्डन स्कूल अफ ईकोनोमिक्सका अन्तर्राष्ट्रिय संवन्ध केन्द्रका निर्देशक पिटर ट्रुबोविचले भनेका छन् ।

उनको भनाईमा संयुक्त राज्यको जनमतले नयाँ राष्ट्रपतिको परराष्ट्र नीति चलाउने छ । यो किनभने महामारीको बारेमा अमेरिकीहरूको चिन्ता, अर्थव्यवस्था र सामाजिक अशान्तिले अब वाइडेनलाई उनको लक्ष्य रोजगार र शिक्षा जस्ता घरेलु आवश्यकताहरूसँग विदेशमा जोड्न बाध्य तुल्याउँछ ।

यदि अमेरिका आफैंले आफूलाइ सहयोग गर्न सक्दैन भने यसले अरूलाईपनि सहयोग गर्न सक्दैन । किनकि अमेरिका अहिले अत्यन्तै कठिन अवस्थामा छ

यदि नवनिर्वाचित राष्ट्रपतिले अन्तर्राष्ट्रिय मोर्चामा प्रगति गर्ने आशा राखेका छन् भने उनले यसलाई आन्तरिक रूपमा विश्वस्त पार्ने उपाय खोज्नुपर्ने हुन्छ । उनले यो सुरक्षित चरणमा छ भन्ने आस्वस्त पार्नुपर्छ । किनकि अमेरिकी वैदेशिक निति अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा छ ।

विदेश नीति विज्ञहरूका अनुसार ट्रम्प र वाइडेनले अधिकांश विदेश नीतिको मुद्दाहरूको बारेमा एकदमै फरक दृष्टिकोणथिए । सेप्टेम्बरमा गरिएको एक सर्वेक्षणले विश्व जनस्वास्थ्य, जलवायु परिवर्तन र बहुपक्षीयतामा अमेरिकामा सबैभन्दा ठूलो विभाजन देखाएको छ । यो पछि ट्रम्पले फेरि वैदेशिक नितिमापनि “अमेरिका पहिलो” दृष्टिकोण भन्ने लक्ष्य लिए । यो झनै घातक देखियो । खासगरि वैदेशिक सम्बन्धमा यसले विषारोपण गर्‍यो । तर अचम्मलाग्दो के भने यसको विपरित वाईडेन र ट्रपमा चीनसँगको अमेरिकी सम्बन्ध, आतंकवादविरोधी र सैन्य शक्तिको प्रयोगमा नजिकको सहमति देखापर्‍यो ।

यि माथिका तथ्यहरु सर्वेक्षणमा आधारित हुन् । सर्वेक्षणका निष्कर्षहरू अमेरिकी विश्वविद्यालय र कलेजका ७०० भन्दा बढी अन्तर्राष्ट्रिय सम्बन्ध विद्वानहरूको प्रतिक्रियामा आधारित हुन् । यो विलियम र मेरी ग्लोबल रिसर्च इन्स्टिच्यूटले जारी गरेको थियो । सर्वेक्षणको सबैभन्दा उल्लेखनीय निष्कर्ष मध्ये एक के छ भने ९२ प्रतिशतले भनेका छन्, ‘यदि वाइडेन राष्ट्रपति भएमा विदेशी सरकारहरू अमेरिकासँगै काम गर्न इच्छुक हुनेछन । सर्वेक्षणका २ प्रतिशत भन्दा कम विद्वानले भने बाहिरि मुलुकहरु ट्रम्पसित काम गर्न बढी इच्छुक हुने मत दिएका थिए । ट्रम्पको चार वर्षे कार्यकाल, अस्तर्राष्ट्रिय जगतमा उनका विवादास्पद भनाई र छवीले भने त्यसलाई अस्विकार गर्छ । तर उनका पिछलग्गु र पोपेट केहि देशहरु भने ट्रम्पसितै काम गर्न इच्क्षुक हुन सक्छन् । सर्वेक्षणको नतिजाले बतायो, वाइडेनले जिते ।

उनीहरुको भनाई के रह्यो भने “यदि अमेरिका आफैंले आफूलाइ सहयोग गर्न सक्दैन भने यसले अरूलाईपनि सहयोग गर्न सक्दैन । किनकि अमेरिका अहिले अत्यन्तै कठिन अवस्थामा छ ।”

विश्लेषकहरूको भनाईमा ट्रम्पले सबैभन्दा ठूलो आफ्नै उपलब्धी तिर सोच्ने हुन् । विदेशमा खासगरि इजरायल र अरब राज्यहरू बहराइन, संयुक्त अरब ईमिरेट्स र सुडानबिचमा भएको विरोध र संवन्धलाई आफ्नो पक्षमा तान्ने हो । इजरायल र अरब राष्ट्रबीच कूटनीतिक सम्बन्धको अर्को घोषणा चुनावको पूर्वसन्धामा हुनसक्ने आँकलनपनि गरिएको थियो । अब वाईडेनले यस क्षेत्रमा इजरायलको सामान्य सम्बन्धलाई विस्तार गर्ने कोसिस गर्नेछन् । किनभने ईजरायल लामो कालदेखि अमेरिकाकै पक्षमा रहँदै आएको छ । उनलेपनि यसलाई कायमै राख्ने छन् ।

वाइडेन राष्ट्रपति भएमा शुरुमै संयुक्त राज्य अमेरिकालाई पेरिसको जलवायु परिवर्तन सन्धिमा फेरि सामिल हुन सुझाएका थिए, उनका अन्तर्राष्ट्रिय मामिलाबिज्ञहरुले । विश्व स्वास्थ्य संगठनको लागि कोष पुनर्स्थापना गर्न र कोभिड १९ महामारीको नियन्त्रणमा बाँकि विश्वसित हातेमालो गर्न वाइडेनले समन्वयकारि भूमिका खेल्ने अपेक्षा बिज्ञहरुको छ । यति काम गर्न वाईडेनलाई कठिनपनि नहुने, ज्यादा लागतपनि नपर्ने र अन्तर्राष्ट्रिय स्तरमा अमेरिकाको छबी ह्वात्तै उकासिने तर्क तिनको छ । साथै, यो प्रयासले उनी उदार हुँदै गएको भन्ने सन्देशपनि बाहिरि जगतलाई पर्छ । युरोपेली मुलुकलाईपनि अमेरिकाप्रति आस्वस्त पार्छ ।

सर्वेक्षणको सबैभन्दा उल्लेखनीय निष्कर्ष मध्ये एक के छ भने ९२ प्रतिशतले भनेका छन्, ‘यदि वाइडेन राष्ट्रपति भएमा विदेशी सरकारहरू अमेरिकासँगै काम गर्न इच्छुक हुनेछन । सर्वेक्षणका २ प्रतिशत भन्दा कम विद्वानले भने बाहिरि मुलुकहरु ट्रम्पसित काम गर्न बढी इच्छुक हुने मत दिएका थिए ।

युरोपमा ट्रम्प र वाइडेन बीचको नीतिमा तिभिन्नता तिखो हुँदै गएको थियो । ट्रम्पले दोस्रो कार्यकाल जीते युरोपजस्तो अमेरिकाको परम्परागत सहयोगी र मित्रहरू टाढिँदै जाने अवस्था थियो । युरोपले अहिले चाहेको के थियो भने अहिलेको निर्वाचनमा वाईडेनले जितुन् र ओबामाकै निति र नेत्रित्वको पुनराव्रित्ति होस् । जितेपनि वाईडेनले । बेलायतको प्रसंगबाहेक यूरोप र एसियामा अमेरिकाका परम्परागत सहयोगीहरू ओबामाको नितिको प्राथमिकतामा पर्छन् ।

त्यस्तै, वाईडेनले नाटोलाई बहाल गर्नका लागि कडा मेहनत गर्ने आशा गरिएको छ । उनले निर्वाचन अगाडिनै आफ्नो सहयोगीहरुप्रति अमेरिकी प्रतिबद्धतालाई पुष्टि गर्ने प्रयासपनि गरेका थिए । लामो समयदेखि सहयोगि युरोपेली युनियनलाई चिढ्याउने होइन कि रणनीतिक साझेदारी सिर्जना गर्ने प्रयत्न गर्ने छन् । त्यसको उल्टो ट्रम्पले युनियनलाई दुश्मन भनेका थिए । वाईडेनले ईयु संसारको सबैभन्दा महत्त्वपूर्ण संगठन रहेको र यस्तो संरचना संयुक्त राज्य अमेरिकाको नभएको भन्दै युरोपेली युनियनसित मिलेर जाने संकेत दिएका दिएका छन् ।

वाइडेनले शुरुमै स्पष्ठ पारेका छन्, उनी ओबामाले वार्ता गरेको इरान आणविक सम्झौतामा फर्कन चाहन्छन । ट्रम्पले अमेरिकाको तर्फबाट फिर्ता लिएका थिए ।

प्रमुख चार शक्तिशाली मुलुकसित अमेरिकी संवन्ध

चीन: जतिसुकै आलोचना गरेपनि, उतारचढाव आएपनि विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध वाशिंगटन र बेइजिङबिचनै छ । तैपनि अमेरिकाको चीनसँगको आर्थिक सम्बन्ध तनावपूर्ण नै रहने भनाई विज्ञहरुको छ । यो कडा स्थिति ट्रम्पले ज्तेपनि हुने थियो । वाइडेन प्रशासनलाईपनि हुन सक्छ । तुलनात्मकरुपमा वाईडेनले यसलाई सुधार गर्ने आशापनि गरिएको छ । तर चीनकालागि वाईडेनभन्दा ट्रम्पनै सबैभन्दा ठूलो चिन्ताको विषय थियो । चीनलाई मौसम र जलवायु परिवर्तनको मुद्दामा भने सँगै लैजाने कोसिस अमेरिकाले गर्ने छ । त्यस मुद्दामा साझेदार बन्न सक्छन् दुबै मुलुक । तर पस्चिम एशियाली मुलुकमा खासगरि प्रविधीका विषयमा चीनले बढाउँदै लगेको प्रभुत्वबाट अमेरिका सशंकित छ । त्रसित छ । यसले चीनियाँ नितिसित समन्वय गरेर अगाडि बढ्ने, अरु देशहरुसित चीन निति समन्वय गर्ने अवसरपनि अमेरिकालाई मिल्ने छ । वाईडेन यो मामिलामा चनाखो रहेको देखिन्छ ।

इरान: वाइडेनले शुरुमै स्पष्ठ पारेका छन्, उनी ओबामाले वार्ता गरेको इरान आणविक सम्झौतामा फर्कन चाहन्छन । ट्रम्पले अमेरिकाको तर्फबाट फिर्ता लिएका थिए । तर त्यस सम्झौताका केहि पक्षहरू छन् । जस्तै, ईरानी सम्पत्तिहरूको अवरोध गरेका थिए ट्रम्पले । त्यसैले ट्र्म्पले अब तेहरानलाई वार्तामा फर्कन प्रोत्साहन गर्ने बाटोनै रोकिदिएका थिए । वाईडेनले फराकिलो र खुला सम्बन्धको हात फैलाएभने दुई देशको संवन्ध कम विषाक्त बन्न सक्छ । युरेजिया ग्रुपमा ब्रेमेरको भनाईमा असाध्यै छिटो त्यो सन्धिमा फर्किहाल्न भने वाईडेन र इरानकालागिपनि सहज देखिन्न । त्यसकालागि वाईडेनले धेरै ग्रिहकार्य गर्नुपर्ने देखिन्छ ।

वाईडेन हतियार नियन्त्रण, मध्यपूर्वमा बढ्दो द्वन्द, दुर्घटना रोकथाम लगायतका विषयहरुमा आफ्नै स्वार्थ भएको क्षेत्रहरु पहिचान गरेर मस्कोसित साझेदार हुन चाहन्छन् ।

रसिया: अमेरिकी गुप्तचर समूदाय र दुई पक्षीय सिनेट रिपोर्टले २०१६ को राष्ट्रपति चुनावमा रूसी हस्तक्षेपको प्रमाण भेट्टाएको चर्चा चलेपछि अमेरिका र रसियाबिचको द्वन्द आकाशियो । ट्रम्पले यो वर्षपनि त्यस्तो संलग्नता रहेको भन्दै चेतावनी दिएपछि दुई देशबिचको संवन्धमा झनै तितोपन थपिदियो ।

त्यति हुँदापनि ट्रम्पले खुलेरै रसिया र राष्ट्रपति भ्लादिमीर पुटीनको आलोचना गर्न हिचकिचाएका थिए । विश्लेषकहरूको भनाईमा ट्रम्प र वाइडेनले मस्कोसँगको सम्बन्धलाई कसरी व्यवहार गर्ने भन्नेमा ठूलो भिन्नता छ । वाईडेन हतियार नियन्त्रण, मध्यपूर्वमा बढ्दो द्वन्द, दुर्घटना रोकथाम लगायतका विषयहरुमा आफ्नै स्वार्थ भएको क्षेत्रहरु पहिचान गरेर मस्कोसित साझेदार हुन चाहन्छन् । तर उनले के भनेका छन् भने आचारसंहिता र निति, व्यवहारका मापदण्डहरुको दुबैबाट उल्लंघन गरिनुहुँदैन । रुसलाई ती कुराहरुका लागि सजाय दिनुपर्ने भनाई वाईडेनको छ । रसियाले त्यसमा सकारात्मक बाटो रोज्ने अपेक्षापनि वाईडेनले ब्यक्त गरिसकेका छन् ।

संयुक्त राज्य बेलायत : अमेरिकाको सबैभन्दा पुरानो र सबैभन्दा महत्वपूर्ण सहयोगी हो बेलायत । त्यसैले बेलायतसितको बैदेशिक नितिमा अमेरिकालाई ट्रम्प वा वाइडेन जो भएपनि खासै फरक पर्ने थिएन । धेरै मुलुकलाई गर्ने ब्यवहारमा अमेरिका र बेलायत लामो समयदेखि साथमै छन् । अझै साथमै रहने देखिन्छ । तर विज्ञहरूका अनुसार बेलायतले अमेरिकासितको एउटा व्यापार सम्झौतालाई पछ्याउने छ । त्यसले युरोपेली युनियनसितको संवन्धमा खासगरि ब्यापार संझौतामा असर पार्न सक्छ । किनभने बेलायत ईयूबाट प्रस्थान गरेकोले वाईडेन प्रशासनलाई ईयुसित डिल गर्न गाह्रो हुनसक्छ ।

बेलायत ईयुबाट बाहिरिएपछि अमेरिकी कंग्रेसका सभासद्हरु चिन्तित छन् । तथाकथित ब्रेक्सिटको कारणले गर्दा आयरल्याण्ड र उत्तरी आयरल्यान्ड बिच कडा सीमा सिर्जना गर्नेछ । यसले ईयुसितको संवन्धमा ‘डिल’ गर्न थप कठिनाई उत्पन्न गराउने छ । बेलायतको पछिल्लो निर्णयले उत्तरी आयरल्यान्डमा शान्तिको लागि समस्या उत्पन्न गराउन सक्छ । यसो हुँदा अमेरिकालाई थप जटिलता उत्पन्न गराइदिन सक्छ, ईयुसितको डिलमा ।

तपाइँको प्रतिक्रिया