शनिबार, वैशाख ८, २०८१

स्विजरल्याण्डद्वारा अमेरिकी उद्यमीको एक अर्ब डलर रोक्का

नेपाल प्लस२०७७ कार्तिक २२ गते १८:००

स्विजरल्याण्डको जेनेभास्थित सरकारी वकीलले एक अमेरिकी ब्यापारीको एक अर्ब अमेरिकी डलर रोक्का गर्ने आदेश दिएका छन् । उक्त रकमलाई अमेरिकी इतिहासको सबैभन्दा ठूलो कर चोरी मुद्दाको रूपमा जिनेभा बैंकहरूमा रोकेका हुन् ।

अमेरिकी न्याय विभागले त्यहाँका ७९ वर्षिय खरबपती माथि कर ठगीको आरोप लगाएपछि जेनेभाको बैंकमा रहेको उनको रकम रोकक गरिएको हो । ति ब्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

वकिलको कार्यालयले तोथाम सिटी नामको अनलाईन पोर्टलबाट सर्वजनिक गरे अनुसार त्यो रकम बराबरको कोष मिराबो र सिज (एस वाई जेड) बैंकमा जम्मा गरिएको थियो ।

अक्टोबर १५ मा अमेरिकी न्याय विभागले अमेरिकी सफ्टवेयर उद्यमीलाई कर चोरी, लगानीमा छली, मनी लाउन्ड्रिङ र अन्य अपराध गरेको भन्दै अभियोग दर्ता गरेको थियो । आरोपितले कर अधिकारीहरुबाट दशकौंसम्म कूल २ अर्ब डलर लुकाएको भनिएको छ ।

अभियोगमा ति व्यक्तिले पैसा लुकाउन बर्मुडा र नेविसमा रहेको अफशोर संस्थाहरूको वेभको प्रयोग गरेको उल्लेख छ । निजी इक्विटी कोषमा गरेको लगानीमा सैन्य आयबाट लुकाउन सान फ्रान्सिस्कोमा आधारित लगानी फर्मले व्यवस्थित गरेको थियो । कथित योजनाको एक हिस्साका रूपमा उनले बर्मुडा र स्विजरल्याण्डमा गोप्य बैंक खाताहरूमा अनपेक्षित पूँजीगत आम्दानीको निर्देशन दिएका थिए ।

अभियोगमा थप आरोप लगाइएको छ ‘ठगीको काम फत्ते गर्न उनले सन् १९९९ देखि २०१९ को बिचमा अन्य कथित कार्यहरूमध्ये एक सह षडयन्त्रकर्तासँग कुराकानी गर्न रेकर्ड, एन्क्रिप्टेड संचार र कोड शब्दहरू प्रयोग जस्ता उपायहरू गरेका थिए ।’

स्विस बैंकका अनुसार अभियोगमा लाखौं डलर मीराबोको खातामा जम्मा गरिएको पुष्टि भएको छ । अभियोगपत्रमा मिराबोलाइ अभियोग लगाइ एको छैन । अभियोगमा सिज बैंकको नाम भने उल्लेख छैन ।

स्विस वित्तीय बजार पर्यवेक्षण प्राधिकरणले भने आफ्नो भनाई सार्वजनिक गर्न अझै बाँकि छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक