शुक्रबार, वैशाख १४, २०८१

अमेरिकाको नयाँ राष्ट्रपतीमा जो वाइडेन निर्वाचित : ट्रम्पलाई ठूलो धक्का

किशोर सापकोटा / लुइभेल, केन्टकी२०७७ कार्तिक २२ गते १८:४३

लुइभेल, केन्टकी । अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडेन निर्वाचित भएका छन् । उनले रिपव्लिकन पार्टीका उम्मेद्वार रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ पराजित गरेका हुन् । पेन्सिलभेनिया राज्यमा उनको जित हुने सुनिश्चित भएको र २७३ इलेक्टोरल मत प्राप्त गरेपछि उनी निर्वाचित भएका हुन् ।

अमेरिकी प्रमुख सञ्चार माध्यमहरुले उनले जित हासिल गरेको समाचार व्रेकिंग न्युजको रुपमा सार्वजनिक गरिरहेका छन् । हुलाक मार्फत आएका केही मत गन्न बाँकि रहेपनि अब प्रतिश्पर्धी ट्रम्पले भेट्टाउन नसक्ने अवस्था उत्पन्न भएपछि उनको विजय सुनिश्चित भएको हो । वाइडेनले अग्रता लिइरहेका जर्जिया, एरिजोना र नेभेडामा पनि विजय हासिल गर्नेछन् तथापि त्यहाँको मत गन्न अझै केही समय लाग्नेछ ।

तपाइँको प्रतिक्रिया