शुक्रबार, वैशाख ७, २०८१

फ्रान्समा लगातार आतंककारि हमलापछि युरोपभरिका सिमा कडा पारिँदै

नेपाल प्लस२०७७ कार्तिक २४ गते ७:०१

फ्रान्समा एकपछि अर्को गर्दै आतंककारि हमला भएपछि युरोपेली मुलुकहरुले आफ्ना सिमा कडाई गर्ने भएका छन् ।

फ्रान्स र अस्ट्रियामा इस्लामी हमला भएपछि फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले युरोपेली मुलुकका सेन्जेन राष्ट्रले आफ्नो खुला सिमानाकडाई गर्नुपर्ने बताएका थिए । यस क्षेत्रका बाहिरी सीमाहरूको अझ बढी सुरक्षा संरक्षण गर्नुपर्ने उनले दोहोर्‍याउँदै आएका थिए ।

उनले गोप्य अध्यागमन रोक्न कडा नियन्त्रणको आवश्यकता परेको बताएका थिए । युरोपमा अवैध रूपले आप्रवास हुन आउनेहरु मध्ये केहिले तस्करी गर्ने, आपराधिक गिरोहसित संवन्धित रहने र प्रायः आतंककारि नेटवर्कसँग जोडिएको उनले उल्लेख गरेका थिए । उनको यो भनाई र मागपछि युरोपेली देशहरुले आआफ्नो सिमामा कडाई गर्ने भएका हुन् । स्पेन, ईटाली, बेल्जियम, फ्रान्सले लगत्तै सिमामा थप सुरक्षा बलियो पारेका छन् । अष्ट्रियामा अघिल्लो सोमबारको आतंककारि हमलापछि उसले आफ्नो सिमा सुरक्षा थप कडा पारिसकेको छ । उसले देशभरिनै थप सुरक्षाकर्मी तैनाथ गरिसकेको छ ।

माख्रोंले युरोपको सिमा क्षेत्र कडाई गर्नुपर्ने माग पटक पटक राख्दै आएका छन् । उनले फ्रान्स र स्पेनको सिमा क्षेत्रको भ्रमणका क्रममापनि यहि भनाई दोहोर्‍याएका थिए । उनले भनेका थिए “युरोपेली सिमामा उच्त सुरक्षा गर्नुपर्छ, त्यसलाई अझै सुद्रिढ पार्नुपर्छ भन्ने पक्षमा छु ।”

उनले डिसेम्बर महिनामा हुने युरोपेली युनियनका साझेदारबिचको शिखर सम्मेलनमा फ्रान्सको तर्फबाट प्रस्ताव लगिनेपनि सार्वजनिक गरेका छन् । युरोपेली युनियनबाट बेलायत बाहिरिएपछि फ्रान्स र जर्मनी युरोपेली युनियनका दुई प्रमुख बलिया राष्ट्र हुन् । तिनले आफ्ना एजेन्डाहरुलाई युनियनमा प्रभुत्व पार्दै आएका छन् ।

उनले यस्तो माग किन गरिरहेका छन् भने अष्ट्रिया र फ्रान्समा हमला गरेका आक्रमणकारिहरु आक्रमण पस्चात अन्य युरोपेली मुलुकमा स्वतन्त्रपूर्वक हिँडिरहेका थिए । त्यसैले माख्रोंको प्रस्ताव प्रभावकारि हुने आँकलन गरिएको छ । यसमा जर्मनी, अस्ट्रिया, बेल्जियम, स्पेन, ईटाली लगायतका अन्य प्रभावशाली देशलेपनि समर्थन गर्ने विश्वास गरिएको छ । किनकि आतंककारि हमलाको त्रास युरोपभरिनै छ । यस अघि जर्मनी, स्पेन, ईटाली लगायतका मुलुकमा आतंककारि हमला भैसकेकोपनि हो।

अक्टोबर २९ मा फ्रान्सको निस शहरस्थित एउटा चर्चमा एक ट्युनिसियालीले हमला गरि तीन व्यक्तिको हत्या गरे । तिनै ब्राहिम अलसाउइ पाँच हप्ता अघि उत्तरी अफ्रिका स्थित इटालेली टापु लाम्पेडुसा आइपुगेका थिए । उनलाई आफ्नो मुख्य भूमिमा पठाइसकेपछिपनि अलसाउइ आफ्नो आक्रमण सुरु गर्नुभन्दा केही घण्टा पहिले रेल चढेर फ्रान्स पुगेका थिए ।

अष्टियाको भियनामा सोमबार चार जनाको हत्या गर्ने जिहादी जुलाईमा गोला बारुद किन्ने प्रयासमा छिमेकी देश स्लोभाकिया गएको अस्ट्रियाका अधिकारीहरूले सार्वजनिक गरिसकेका छन् ।

माख्रोंले हालसालैका आक्रमणहरूको उल्लेख गर्दै सम्पूर्ण युरोपलाईनै माख्रोंले चेतावनी दिएका छन् “आतंकवादी जोखिम जताततै छ “।

अस्ट्रियाको भियनामा सोमबार चार जनाको हत्या गर्ने जिहादी जुलाईमा गोला बारुद किन्ने प्रयासमा छिमेकी देश स्लोभाकिया गएको अस्ट्रियाका अधिकारीहरूले सार्वजनिक गरिसकेका छन् ।

माख्रोंले ईयू मुलुकमा राखेका प्रस्तावहरु सैदान्तिक धरातलमा आधारित हुनेछन् जुन उनले गत वर्ष युरोपियन चुनाव भन्दा अघि नागरिकहरुलाई लेखेको पत्रमा आधारित थिए ।

त्यो चिठीमा उनले युरोपलाई साझा सीमा बल, एकल आश्रय कार्यालय, कडा सीमा नियन्त्रण दायित्व र प्रत्येक सदस्य राष्ट्रलाई आन्तरिक सुरक्षा परिषद्को अधिकार अन्तर्गत गुप्तचर पुर्‍याउन आवश्यक छ भन्ने उल्लेख गरेका थिए ।

गत विहिवार आफ्नो सिमा क्षेत्रमा अब फ्रान्सले सुरक्षा तैनाथलाई दोब्बर पार्नेपनि बताए ।

युरोस्टारको तथ्यांक अनुसार सन् २०१९ मा छ लाख २८ लाख गैर युरोपेली नागरिकहरु सेनजेन राष्ट्रमा फेला परेको उनले बताएका छन् । यो संख्या अघिल्लो वर्षको अनुपातमा १० प्रतिशतले बढि हो । त्यस्तै, सात लाख १७ हजार गैर युरोपेली नागरिकलाई त रेलमा प्रवेश गर्नबाटै निशेष गरिएको थियो । यो तथ्यांक हालसम्मकै सबैभन्दा उच्च हो ।

फ्रान्सका सीमा प्रहरी प्रमुखले राष्ट्रपती एमानुयल माख्रोंलाई फ्रान्स र स्पेनको सीमाना पार गर्ने प्रयास बसोबास र घुमफिरको अनुमति नभएका गैर युरोपीले भएको बताएका छन् । कोबिड १९ का प्रतिबन्धहरु हटाएपछि जुनमा फेरि खुलेको थियो । त्यसरि पार गर्न खोज्नेमा धेरैजसो अल्जेरिया र मोरक्कोबाट आएका एजेंटहरूले बताएका छन् ।

राष्ट्रपतिले भनेका छन् “हामीले अवैध आप्रवासन र तस्करीको बिरूद्ध हाम्रो लडाई बढाउनु आवश्यक छ, जसको प्रायः आतंकवादसित सम्बन्ध रहन्छ ।”

सेन्जेन निर्वाध भिसा क्षेत्रले युरोपेली युयिनका २२ राष्ट्र ओगट्छ । त्यसमा आइसल्याण्ड, नर्वे, स्विजरल्याण्ड र लिच्टेस्टाईनपनि पर्छन् । बेलायत र आयरल्याण्ड भने यसमा पर्दैनन् ।

(फोटो-hamodia.com)

तपाइँको प्रतिक्रिया

फेसबुक